Drupal/C3/People-Management/Nepali

From Script | Spoken-Tutorial
Revision as of 09:45, 25 February 2018 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Drupal People Management स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियल मा 'People Management र काम विशेष भूमिकाहरू सेट गर्न सिक्ने छौं
00:14 यो ट्युटोरियल रेकर्ड गर्न म उबुन्टु लिनक्स अपरेटिंग सिस्टम, ड्रुपल ८ फायरफक्स वेब ब्राउजर प्रयोग गर्दै छुँ, तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:29 अब, People management को बारेमा सिकौं
00:31 म पुनः ZIRCON थिममा फर्केको छु र हामी बाँकी ट्युटोरियलमा पनि यही थिम प्रयोग गर्ने छौं
00:39 People management एकदमै महत्वपूर्ण छ
00:42 यसलाई सहि बनाउन अलि जटिल पनि छ
00:46 हामीले यसलाई एक पटक मात्र गर्नुपर्छ तर सहि रूपमा
00:50 People मा क्लिक गरौं
00:53 ड्रुपलमा People लाई परमिसन भएका भूमिका हरू दिइन्छ
00:58 ड्रुपलले permission संरचना मार्फत हामीलाई के हेर्न सक्ने र के गर्न सक्ने कुराहरू नियन्त्रण गर्न दिन्छ
01:06 यहाँ केही कुराहरू याद गर्न महत्वपूर्ण छ
01:10 याद गरौं, हामी user no.1 हौँ मतलब - सुपर युजर
01:15 हाम्रो परमिसन हरू अरु कसैले परिवर्तन गर्न सक्दैन
01:18 त्यहाँ अर्को एउटा युजर छ जसलाई ADMINISTRATOR भनिन्छ
01:23 प्राय एडमिनिस्ट्रेटरहरूलाई सम्पूर्ण साइट व्यवस्थापन गर्ने परमिसन दिइन्छ
01:29 तर तिनीहरू User No.1 सरह हुदैनन्
01:33 Authenticated Users निश्चित अधिकारहरू भएका प्रयोग कर्ता हुन्
01:39 अन्तमा, Anonymous Users भनेका लगिन नगरेका आगन्तुकहरू हुन्
01:45 प्राय, Anonymous Users ले संरक्षण नगरिएका सामग्रीहरू मात्र हेर्न सक्छन् र अरू केही गर्न सक्दैनन्
01:53 अर्को महत्वपूर्ण कुरा भनेको साइट का निश्चित कार्यहरू अनुसारका भूमिकाहरू सेट गर्ने हो
02:01 मानौं हामीसँग ग्रीष्मकालमा एकजना इन्टर्न छ जसलाई Events मात्र अपडेट गर्न दिइएको छ र अन्य Articles वा Pages वा User Groups छैन
02:11 यो ग्रीष्मकालीन इन्टर्नको आफ्नै एउटा भूमिका हुनुपर्छ जसले गर्दा हामी परमिसन हरू व्यवस्थापन गर्न सकौं
02:19 हामी छिटै त्यो सेट गर्न सिक्ने छौं
02:22 अहिलेको लागि Permissions ट्याबमा क्लिक गरौं
02:26 बिस्तारै तल स्क्रोल गरौं र उपलब्ध सामग्री हेरौं
02:30 हामीले थपेको प्रत्येक Content type, प्रत्येक Module को लागि सुची अझ लामो हुन्छ
02:39 साथै हामीले बनाएको प्रत्येक View ले पनि सूची लामो बनाउँछ
02:42 People management भनेको ड्रुपलमा मानिसले के गर्न सक्छन भन्ने हो
02:46 अब हामी एउटा नयाँ भूमिका थप्ने छौं र यसमा केही परमिसन हरू दिएर यसलाई जाँच्ने छौं
02:52 Roles मा क्लिक गरौं
02:54 यहाँ "Summer Intern" नामक एउटा नयाँ भूमिका थपौं
02:59 सदा झैँ ड्रुपल ले यसलाई एउटा मसिनको नाम दिन्छ
03:03 Save क्लिक गरौं
03:05 अहिले हामीसँग Summer Intern नामक एउटा नयाँ भूमिका छ जसको अहिले सम्म कुनै परमिसनहरू छैन
03:12
म मेरा भूमिकाहरू क्षमता वा परमिसन हरूको क्रममा राख्न चाहन्छु
03:17 यसले हामीलाई भूमिकाहरू एउटा तार्किक क्रममा हेर्न दिन्छ – कोसँग के 'परमिसन
03:24 Save order क्लिक गरौं
03:27 अब हाम्रो नयाँ भूमिकालाई केही परमिसन हरू दिऊ
03:31 Permissions ट्याबमा क्लिक गरौं
03:34 यो पेजमा सबैका परमिसन हरूको संक्षिप्त जानकारीहरू रहेका छन्
03:39 अब Rolesट्याबमा क्लिक गरेर केहीबेर फर्कौं
03:44 Summer Intern मा क्लिक गरौं र Edit permissions छानौं
03:51 अब हामी Summer Intern को परमिसन हरू देख्न सक्छौं र यो अलि सजिलो पनि छ
03:58 तल स्क्रोल गरौं र Events नामक कन्टेन्ट टाइप खोजौं - यो मेरोबाट आधा जति तल छ
04:06 यहाँ मानौं Summer Intern ले नयाँ इभेन्टहरू सृजना गर्न सक्छ र तिनीहरूको आफ्नो इभेन्टहरू मात्र डिलिट र एडिट गर्न सक्छ
04:18 हामी समर इन्टर्न लाई यी कुरा गर्न दिने छैनौं – अन्य व्यक्तिहरूको सामग्रीहरु मेट्न, संशोधनहरू मेट्न, आफूले सृजना नगरेका कुनै पनि इभेन्टहरू मेट्न
04:30 हामी यिनीहरूलाई पुरानै संस्करणमा फर्कन पनि दिने छैनौं
04:37 यी अधिकारहरू पनि हाम्रा एडिटर हरूलाई दिने छौं
04:41 यो एउटा सीमित भूमिका हो
04:44 अब तल स्क्रोल गरौं र Save permissions क्लिक गरौं
04:50 र याद गरौं तिनीहरू view एडिट गर्न सक्दैनन्
04:54 तिनीहरू ले बुक्स एडिट गर्न सक्दैनन् र कसैले अनुमति नदिइकन कमेन्टहरू पनि पोस्ट गर्न सक्दैनन्
04:58 त्यसैले यो एकदमै सीमित भूमिका हो, तेस्रो चरण भनेको एउटा व्यक्ति थप्ने हो
05:06 हामीले भूमिकाहरू मिलायौं र permissions पनि थप्यौं
05:11 अब एउटा युजर थपौं र यहाँ हामी एउटा नक्कली इमेल एड्रेस दिन सक्छौं
05:18 यो सही फर्म्याटमा भने हुनुपर्छ

-

05:22 अहिले म intern@email.com प्रयोग गर्दै छुँ
05:31 Username मा "Sam" टाइप गरौं र हामी पासवर्डमा पनि 'sam' नै प्रयोग गर्ने छौं
05:38 यो एकदमै असुरक्षित पासवर्ड हो तर अहिलेलाई यसले काम गर्छ
05:47 हामीले Status लाई Active मा बदल्नु पर्छ
05:51 र उसको भूमिका Summer Intern को हुनेछ
05:53 हामी यसमा एउटा फोटो पनि राख्न सक्छौं
05:56 अहिले को लागि हामी Personal contact form बन्द गर्ने छौं किनभने समर इन्टर्नहरूलाई सम्पर्क गर्न पर्दैन
06:06 अन्त्यमा, Create new account क्लिक गरौं
06:10 यो सन्देश ले Sam को एकाउन्ट सफलतापूर्वक सृजना भएको जनाउँछ र कुनै ईमेल पठाइएको छ
06:17 अब हाम्रो सूचीमा हामी Sam देख्न सक्छौं
06:21 जब हामी यसरी नयाँ युजरहरू सेट गर्छौं, सबैभन्दा महत्वपूर्ण काम भनेको जाँच गर्नु हो
06:29 लग आउट गरौं र Sam को रुपमा लगिन गरी जाचौं
06:33 तर समस्या तब हुन्छ, जब Sam एउटा वास्तविक युजर हुने छ र उसले आफ्नो पासवर्ड बदल्न चाहन्छ
06:41 हामी अन्य व्यक्तिहरूको एकाउन्ट हरू जाच्न जथाभाबी तिनीहरूको पासवर्ड बदल्न सक्दैनौं, यो अमर्यादित हुन्छ
06:49 drupal.org/project/masquerade मा एउटा उत्कृष्ट मोड्युल छ
06:55 Masquerade module ले हामीलाई यसले भने अनुसार गर्न दिन्छ – मतलब अरु कसैको रुपमा काम गर्न
07:03 हामी Summer Intern को रूपमा तिनीहरूको permissions सहि तरिकाले मिलाइएको छ वा छैन जाच्न सक्छौं
07:10 मैले मेरो कम्प्युटरमा Masquerade module इन्स्टल गरी सकेको छुँ
07:14 कृपया तपाई पनि आफ्नो कम्प्युटरमा इन्स्टल गर्नुहोला
07:18 तपाई नयाँ मोड्युल इन्स्टल गर्नको लागि “Adding functionalities using Modules” प्रयोग गर्न सक्नुहुन्छ
07:26 तपाईको सुविधाको लागि, यो ट्युटोरियलको वेबपेजको Code Files लिंकमा Masquerade module उपलब्ध छ
07:34 कृपया यसलाई डाउनलोड गरी इन्स्टल गर्नुहोस्
07:37 यो इन्स्टल भएपछि, हामी लगिन क्षेत्रमा एउटा नयाँ लिंक Unmasquerade देख्न सक्छौं
07:43 Masquerade प्रयोग गर्न, People पेजमा जाऊ
07:48 यूजर Sam को Edit ड्रप डाउनमा क्लिक गरौं, र Masquerade as छानौं
07:55 हामीले Masquerade मा Sam राख्ने बित्तिक्कै टूलबारहरू हराउने छन्
08:01 यो किनभने युजर Sam को भूमिकाहरूमा एडमिनिस्ट्रेटर टुलबारहरू प्रयोग गर्ने पर्मिसन छैन
08:08 हामीले Add content मा क्लिक गरे पछि सृजना गर्न सक्ने एक मात्र बस्तु भनेको एउटा इभेन्ट, अहिले सम्म लाई राम्रै छ
08:17 यदि हामीले हाम्रो Our Drupal Manual मा क्लिक गरी Installing Drupal छानेमा हामी एडिट गर्न सक्दैनौं
08:23 त्यहाँ कुनै ट्याबहरू छैनन्
08:25 यदि हामी Forums मा गए पनि सोही कुरा लागु हुने छ
08:29 साथै हामी एडिट पनि गर्न सक्दैनौं
08:32 हामी एउटा कमेन्ट दिन सक्छौं तर यो स्वत: स्वीकृत हुने छैन
08:38 फेरि पनि हामी एउटा इभेन्ट क्लिक गर्न सक्छौं तर यसलाई एडिट वा मेट्न सक्दैनौं
08:45 हाम्रो परमिसन हरू सहि भएको देखिन्छ
08:47 अब Unmasquerade लिंकमा क्लिक गरी administrator role मा जाऊ
08:54 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
08:57 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले People Management को बारेमा र एउटा नया युजर थप्न सिक्यौं
09:15 यो भिडियो Acquia'OSTraining बाट साभार गरि स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो
09:25 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:29 कृपया डाउनलोड गरी हेर्नुहोस
09:32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
09:40 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ
09:52 म मन्दिरा थापा बिदा हुँदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira