Drupal/C3/Adding-Functionalities-using-Modules/Nepali

From Script | Spoken-Tutorial
Revision as of 20:10, 8 August 2017 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Adding Functionalities using Modules स्पोकन ट्युटोरियल मा स्वागत छ
00:08 यो ट्युटोरियलमा, हामी मोड्युल हरूको जानकारी लिने छौं

हामी Book ModuleForum Module को बारेमा सिक्ने छौं

00:19 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ:

उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ

00:35 एउटा ड्रुपल वेबसाइटमा विशेषताहरू विस्तार गर्न वा थप्न मोड्युलथिम हरू प्रयोग गरिन्छ
00:42 ड्रुपल मा एउटा पूर्ण कन्टेन्ट म्यानेजमेन्ट सिस्टम उपलब्ध हुन्छ, तर कहिलेकाहीँ त्यो भन्दा पनि धेरै चाहिन्छ जसको लागि मोड्युल हरू प्रयोग गरिन्छ
00:53 मोड्युल ले हाम्रो ड्रुपल वेबसाइटमा विशेषताहरू थप्छ, ड्रुपलमा तीन प्रकारका मोड्युलहरू रहेका छन्
00:59 त्यहाँ Core मोड्युल हरू छन्, तिनीहरू ड्रुपलमा डिफल्टमा उपलब्ध हुने मोड्युल हरू हुन्
01:06 तिनीहरूलाई निष्क्रिय बनाउन सकिन्छ तर कहिल्यै पनि एउटा वेबसाइटको भित्री क्षेत्र जान ftp प्रयोग गरी यी मोड्युल हरू हटाउने काम नगरौं
01:15 हामीले हरेक पटक ड्रुपल अपडेट गर्दा तिनीहरू पुन: इन्स्टल हुने छन्
01:22 यी Core मोड्युल हरू ड्रुपलको आधारभूत कार्यक्षमताको लागि बनाईएको हो
01:28 त्यहाँ, Contributed मोड्युलहरू' पनि छन्, हामीले पहिले नै एउटा इन्स्टल गरेका छौं, हामीले पहिले Devel पनि इन्स्टल गर्यौ
01:38 एउटा Contributed Module समुदायको कसैले योगदान गरेको मोड्युल हो

र यो drupal.org मा उपलब्ध छ

01:49 Custom Module अन्तिम मोड्युलको प्रकार हो
01:52 यहाँ हाम्रो प्रोजेक्टमा आवश्यक पर्ने विशेष कार्य क्षमताहरू हुन्छन्, यो मोड्युल उपलब्ध छैन र यो भन्दा पहिले कसैले पनि यसको बारेमा सोचेको थिएन
02:07 तर, यो पक्का हो कि हामीले यसलाई आफैँ सृजना गर्नुपर्छ वा अरू कसैलाई गर्न लगाउनु पर्छ
02:15 ड्रुपलमा धेरै भिन्न मोड्युलहरू उपलब्ध छन्
02:20 यहाँ drupal.org मा हामी अहिले अनि ३२,४५८ मोड्युलहरू देख्न सक्छौं
02:30 मोड्युलहरूले विभिन्न प्रकारका कार्य गर्छन्
02:33 एउटा मोड्युलले एउटा कन्टेन्ट टाइप मा फिल्ड थप्न सक्छ, साथै अर्को मोड्युलले हाम्रो सम्पूर्ण वेबसाइटमा एउटा भोटिंग सिस्टम थप्न सक्छ
02:45 तर हामी हाम्रो ड्रुपलको संस्करणसँग काम गर्ने मोड्युल मात्र प्रयोग गर्न सक्छौं
02:51 त्यसैले हामीले हाम्रो मोड्युलहरू यहाँ drupal.org/project/modules मा फिल्टर गर्नुपर्छ
03:03 हामीले तिनीहरूलाई फिल्टर गर्दा तिनीहरू सधैँ चर्चाको आधारमा सुचिकृत हुने छन्
03:09 पहिलो तीन वा चार पेजमा सबैभन्दा बढि चर्चित मोड्युलहरू हुने छन्, जसको मतलब तिनीहरू सबैभन्दा धेरै प्रयोग भएका र प्राय सबैभन्दा धेरै उपयोगी पनि हुन्छन्
03:21 संक्षेपमा भन्दा, मोड्युलहरू ले विशेषताहरू थप्छन् र drupal.org मा निकै मोड्युलहरू नि:शुल्क उपलब्ध छन्
03:30 हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं, Extend क्लिक गरी तल स्क्रोल गरौं
03:38 यहाँ ड्रुपलमा डिफल्टमै उपलब्ध हुने केही मोड्युलहरू रहेका छन्, तर तिनीहरू पहिले नै सक्रिय छैनन्
03:48 'Book' मोड्युल सक्रिय बनाऊ
03:53 केही तल स्क्रोल गर्दा हामी 'Forum' मोड्युल भेट्ने छौं, यसलाई पनि ON गरौं
04:01 हामी दुई भिन्न मोड्युलहरू सक्रिय बनाउन सक्छौं
04:07 तल डाउनलोड गरौं र Install क्लिक गरौं
04:12 Book मोड्युल Forum मोड्युल दुई भिन्न प्रकारका मोड्युलहरू हुन्
04:19 तर तिनीहरू दुवैले नयाँ कन्टेन्ट टाइप हरू सृजना गर्ने छन् र तिनीहरूले ड्रुपल विस्तार गरी यसमा कार्यक्षमता थप्ने छन्
04:29 ड्रुपल मोड्युलहरूले मोड्युलहरू मात्र भए नि धेरै भिन्न कार्यहरू गर्छन्
04:35 हामी साइटमा एउटा नयाँ विशेषता थप्न चाहन्छौं जुन पूर्ण रूपमा एउटा नयाँ कार्य क्षमता होस् वा एउटा नयाँ

फिल्ड टाइप मात्र किन नहोस्

04:45 हामी ड्रुपल कोर विस्तार गर्न एउटा मोड्युल थपिरहेका हुन्छौं
04:50 अब, Structure अनि Content types मा क्लिक गरौं, यहाँ हामी दुई नयाँ Content Types देख्ने छौं – एउटा Book page र एउटा Forum topic
05:03 Content अनि Add content क्लिक गरी Book page Content type ठीक गरौं
05:11 Book page ले हाम्रो साइट मा खण्डहरू, नेभिगेसन र हामीले चाहेको स्थानमा जान सक्ने एउटा ब्लक सहितको एउटा बुक सृजना गर्ने छ
05:24 Book page मा क्लिक गरौं, अब Title मा "Our Drupal Manual" टाइप गरौं
05:30 Body मा टाइप गरौं: "This is the beginning of our Drupal manual".
05:36 हाम्रो Publication settings मा एउटा नयाँ setting रहेको छ
05:41 BOOK OUTLINE मा क्लिक गरौं र None लाई Create a new book मा बदलौं

अनि Save and publish क्लिक गरौं

05:55 यहाँ एउटा नयाँ Add child page लिंक रहेको याद गरौं, drupal.org मा Documentation क्लिक गरौं
06:06 Understanding Drupal क्लिक गरौं अनि हामी Book मोड्युल देख्न सक्छौं
06:12 यहाँ दायाँपट्टि, नेभिगेसन छ, पेजको अन्त्यमा केही थप नेभिगेसन छन् जुन स्वत: सृजना भएका हुन्
06:24 बायाँतिर लिंकहरू छन्
06:29 Drupal concept क्लिक गरौं, यहाँ नेभिगेसन रहेको याद गरौं
06:34 र हाम्रो दायाँतिरको नेभिगेसन विस्तार भई अर्को के हुने छ भन्ने जानकारी देखाउने छ
06:42 हामी Book मोड्युल प्रयोग गरी पूर्ण र जटिल युजर गाइडका साथै कुनै पनि प्रकारका किताबहरू सृजना गर्न सक्छौं
06:51 हाम्रो वेबसाइटमा फर्केर Add child page मा क्लिक गरौं
06:57 Title मा "Installing drupal" टाइप गरौं र Body मा यस्तो टाइप गरौं- "This is where we explain how to install Drupal".
07:08 याद गरौं, यो स्वत: हामीले सृजना गर्दै गरेको ड्रुपल मेनुअल मा थपिने छ

यो हामीले Create Book page क्लिक गरेको हुनाले भएको हो

07:20 Save and publish क्लिक गरौं
07:23 हामी हाम्रो नेभिगेसन स्वत सृजना भएको देख्न सक्छौं
07:29 Up क्लिक गरौं, अब हामी मुख्य तहमा पुग्ने छौं, मैले अगाडी यो सँगै एउटा ब्लक उपलब्ध रहेको उल्लेख गरेको सम्झौं
07:41 Structure Block layout क्लिक गरौं
07:45 Sidebar first मा ब्लक राखौं

Place block क्लिक गरौं र यहाँ हामीसँग Book navigation मेनु रहेको देख्न सक्छौं

07:56 Place block क्लिक गरौं अनि Save block क्लिक गरौं
08:01 Save blocks क्लिक गरौं र हाम्रो साइटमा फर्कौं, यहाँ हाम्रो Book navigation, Our Drupal Manual Installing drupal रहेका छन्
08:14 यो हाम्रो आवश्यकता अनुसार नयाँ child पेज हरू विस्तार हुने छ
08:21 पुन: म दोहोराउँदै छुँ – यसो गर्न drupal.org मा जाऊ, Book मोड्युल प्रयोग गर्ने युजर मेनुअल वा डकुमेन्टेसन ब्राउज गरौं
08:35 यदि तपाईलाई आफ्नो साइटमा यस्तो सामग्री चाहिएमा यो एकदमै सशक्त हुन्छ, यहाँ हामी title body मा सीमित हुदैनौं
08:47 हामी Book मोड्युल मा रहने कन्टेन्ट टाइप मा फिल्ड हरू थप्न सक्छौं
08:53 यदि कुनै वेबसाइटलाई फोरम बाट फाईदा मिल्छ भने Forum मोड्युल एकदमै उपयोगी हुनेछ
09:01 Content अनि Add content क्लिक गरौं
09:07 Forum मोड्युलले Forum topic नामक एउटा नयाँ कन्टेन्ट टाइप सृजना गर्ने छ
09:13 यिनीहरू field able हुन् जसको मतलब हामी title body मा मात्रै सीमित छैनौं
09:21 Forum topic क्लिक गरौं, एउटा नयाँ forum topic मानौं, "Learning drupal" इन्टर गरौं, Forums मा यसलाई General discussion मा राखौं
09:35 अनि body मा इन्टर गरौं – "Hi, I’m just learning Drupal. Can someone help me?".
09:42 Save and publish क्लिक गरौं
09:45 अब, यो Forum Content type मा भएको ले यसमा कमेन्ट हरू दिएर प्रतिक्रिया दिन सकिन्छ
09:53 एउटा कमेन्ट थपौं -"Sure I can help". "You should just read everything at Drupalville!" अनि Save क्लिक गरौं
10:07 हामी सुपर युजर को रुपमा लगिन गरेकोले यिनीहरू स्वत: मान्य हुने छन्
10:14 यदि हामीले General discussion मा क्लिक गरेमा हामीसँग एउटा
10:21 कमेन्ट सहितको "Learning drupal" नामक एउटा साधारण छलफलको फोरम टपिक देख्ने छौं
10:25 हामीले comment मा क्लिक गरेमा हामी प्रतिक्रियाहरू थप्न सक्छौं, यसरी हामी सबै प्रकारको फोरम हरू सृजना गर्न सक्छौं
10:37 Forums शब्दमा क्लिक गरौं
10:41 यहाँ क्लिक गरेर साधारण छलफलमा एउटा नयाँ फोरम टपिक थप्न सकिन्छ, तर एड्मिनिस्ट्रेटरको रुपमा तपाई यो बाहेक धेरै फोरम हरू चाहनुहुन्छ होला
10:55 त्यसैले, अब त्यसो गरौं, Structure मा अनि Forums मा क्लिक गरौं, यहाँ हामी नयाँ फोरम र नयाँ कन्टेनर हरू थप्न सक्छौं
11:07 यदि म एउटा फोरम थप्न चाहन्छु भने म त्यसो गर्न सक्छु र म तिनीहरूलाई चाहे अनुसार क्रममा राख्न सक्छु
11:18 Content मा जाऊ अनि Add content Forum topic क्लिक गरौं

अब, म तिनीहरूलाई अन्य फोरम हरूमा थप्न सक्छु

11:31 यसरी हामी हाम्रो ड्रुपल वेबसाइटमा एउटा राम्रो फोरम बनाउन सक्छौं
11:38 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं

यो ट्युटोरियलमा हामीले सिक्यौं: मोड्युलहरू को परिचय Book मोड्युल र Forum मोड्युल

12:05 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे संशोधन गरेको हो
12:16 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
12:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
12:35 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ
12:49 म मन्दिरा थापा बिदा हुदैँ छुँ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira