COVID19/C2/Making-a-protective-face-cover-at-home/Nepali

From Script | Spoken-Tutorial
Revision as of 05:06, 8 May 2020 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:00 घरेलु सुरक्षात्मक फेस कभर बनाउने बारेको स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं:
00:10 सुरक्षात्मक फेस कभर किन लगाउन आवश्यक छ
00:14 स्वास्थ्यकर्मीहरू र कोभिड-१९ संक्रमितलाई महत्त्वपूर्ण जानकारीहरू
00:20 फेस कभर प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षा उपायहरू
00:25 सिलाई मेशिन सहित र विना एउटा सुरक्षात्मक फेस कभर बनाउने विधि
00:32 सुरक्षात्मक फेस कभर प्रयोग गर्नु अघि र निकाल्ने सावधानीका उपायहरू
00:38 फेस कभर किटाणु मुक्त गर्ने र भण्डार गर्ने सहि तरिका
00:44 पहिले हामीले एउटा सुरक्षात्मक फेस कभर किन लगाउने भन्ने बुझ्नुपर्छ
00:50 हामीले आफूलाई कोरोना भाइरस बाट बचाउन, फेस कभर लगाउनु महत्त्वपूर्ण हुन्छ
00:56 भारतमा बाक्लो वस्ती भएकोले फेस कभर लगाउन विशेष सिफारिस गरिएको छ
01:03 कोरोना भाइरसबाट बच्न अनि यसको नियन्त्रण गर्न विभिन्न किसिमका फेस कभरहरू प्रयोग भईरहेका छन्
01:10 ती मध्ये घरेलु फेस कभर बनाउन सजिलो छ र पुन: प्रयोग गर्न पनि सकिन्छ
01:18 अघि बढ्नु पहिले, यी कुराहरू ध्यान दिनुहोला
01:23 घरेलु फेस कभर स्वास्थ्यकर्मीहरूको लागि होइन
01:28 यो कोभिड-१९ सङ्क्रमित व्यक्तिहरूसँग काम गर्ने वा सम्पर्कमा रहने व्यक्तिहरूको लागि पनि होइन
01:37 कोभिड-१९ सङ्क्रमितले पनि घरेलु फेस कभर प्रयोग गर्नु हुँदैन
01:42 यस्ता व्यक्तिहरूले निर्दिष्ट सामग्रीहरू मात्र प्रयोग गर्नुपर्छ
01:48 साथै अन्य सुरक्षा उपायहरूमा पनि ध्यान दिनुपर्छ
01:53 घरेलु फेस कभरले पूर्ण सुरक्षा दिँदैन
01:58 तिनीहरूले सङ्क्रमितबाट बाहिर आउने छिटाहरू तपाईले सास लिँदा भित्र जानबाट मात्र रोक्छन्
02:06 फेस कभर नधोईकन प्रयोग नगरौं
02:10 आफ्नो फेस कभर अरूलाई प्रयोग गर्न नदिऊ
02:14 सबैसँग कम्तिमा पनि २ मिटरको सामाजिक दूरी सधैँ कायम राखौं
02:21 आफ्ना हातहरू नियमित ४० सेकन्डसम्म साबुनले धुनुहोस्
02:26 अब हामी एउटा पुन प्रयोग गर्न मिल्ने घरेलु फेस कभर बनाउने सरल तरिका जान्ने छौं
02:33 यो बनाउन घरमा सजिलै पाइने सुतीको कपडा प्रयोग गर्न सकिन्छ
02:38 यो बनाउँदा यसले मुख र नाक राम्ररी छोपिने पक्का गर्नुपर्छ
02:44 तपाईले यसलाई सजिलै पछाडी बाँध्न सक्नुपर्छ
02:49 घरेलु फेस कभरहरू सिलाई मेशिन प्रयोग गरेर वा नगरी पनि सजिलै बनाउन सकिन्छ
02:55 अब, सिलाई मेशिन प्रयोग गरी एउटा सुरक्षात्मक फेस कभर कसरी बनाउने हेरौं
03:02 तपाईलाई १००% सुतीको कपडा आवश्यक पर्छ
03:06 कपडाको रङ्गले केही फरक पर्दैन
03:10 बनाउनु अघि कपडा राम्ररी धुनुपर्छ
03:13 र नुन-पानीमा ५ मिनेट सम्म उमाल्नुपर्छ
03:17 अब, कपडा राम्ररी सुके पछि मात्र प्रयोग गर्न सकिन्छ
03:21 अन्य आवश्यक सामग्रीहरू:
03:23 चार टुक्रा कपडाको चिरा
03:26 कैँची

र सिलाई मेशिन

03:29 म एउटा सुरक्षात्मक फेस कभर बनाउने विधि चर्चा गर्ने छु
03:34 सुरुवातमा, फेस कभरको लागि कपडा काटौं
03:39 वयस्कको लागि यो ९ इन्च x ७ इन्च हुनुपर्छ
03:44 बच्चाको लागि यो ७ इन्च x ५ इन्च हुनुपर्छ
03:50 अब हामी चिराहरू काट्ने छौं
03:53 वयस्क फेस कभरको लागि, ४ चिराहरू बाँध्न र बिटको लागि काटौं
03:59 दुई १.५” x ५” का टुक्राहरू
04:05 साथै दुई १.५” x ४०” का टुक्राहरू
04:11 एउटा छेउमा १.५” x ५” कपडाको टुक्रा, बिटको लागि सिलाऊ
04:19 लगभग १.५” जति तलतिर पट्याएर तीन दोबरी बनाऊ
04:28 पट्याएको कपडा फर्काएर अर्को पट्टि पनि माथि झैँ तीन दोबरी पारौं
04:34 अब, पट्याएको कपडाको उचाई ९” बाट ५” मा झर्ने छ
04:42 दुवैपट्टिको खातहरुको बिट सिलाऊ
04:46 सबै खातहरू तलतिर फर्केको पक्का गर्न विशेष ध्यान दिऊ
04:51 अब, फेस कभरको तल र माथि ४०” को चिराहरू जोडौं
04:59 फेरि एकपटक यी चिराहरू तीनपटक पट्याऊ र सिलाऊ
05:05 अब तपाईको फेस कभर तयार भएको छ
05:09 फेस कभर प्रयोग गर्दा अनुहार र फेस कभर बीच खाली भाग हुनु हुँदैन
05:15 तपाईतिर फर्केको भागमा तलतिर फर्केको खातहरू हुनुपर्छ
05:21 कहिल्यै पनि फेस कभर उल्टो पारेर पुन प्रयोग गर्नु हुँदैन
05:24 र प्रत्येक प्रयोग पछि यसलाई राम्ररी धुनुपर्छ
05:28 तपाईले आफ्नो अनुहार र आँखाहरू छुनु हुँदैन
05:31 घर पुगेपछि आफ्ना हातहरू राम्ररी धुनुपर्छ
05:35 अब एउटा सिलाई मेशिन विना फेस कभर कसरी बनाउने हेरौं
05:41 यी सामग्रीहरू आवश्यक पर्छन्:

१००% सुतीको कपडा वा एउटा केटाको सुतीको रुमाल

05:47 र दुई रबर ब्याण्डहरू
05:50 अब म सुरक्षात्मक फेस कभर बनाउने विधि चर्चा गर्ने छु
05:55 रुमालको एक पट्टिबाट कपडाको बीचभन्दा अलिकति माथिसम्म पट्याऊ
06:01 अब अर्को पट्टिबाट अघिको भन्दा माथिसम्म पट्याऊ
06:07 यसलाई बीचबाट बराबर पट्याऊ
06:11 एउटा रबर ब्याण्डले कपडाको बायाँपट्टि बाँधौं
06:15 अब अर्को पट्टि अर्को रबर ब्याण्डले बाँधौं
06:20 दुई रबर ब्याण्ड बीचको भाग तपाईको मुख र नाक छोप्न पर्याप्त हुनुपर्छ
06:25 यसले तपाईको मुख र नाक छोप्न सघाउँछ
06:30 एउटा छेऊ पट्टिको कपडा रबर ब्याण्डपट्टि लगेर पट्याऊ
06:36 दुवै पट्टि यसै गरौं
06:38 अब एकापट्टिको पट्याएको भाग अर्को भित्र छिराऊ
06:43 तपाईको फेस कभर प्रयोगको लागि तयार भएको छ
06:47 यो फेस कभर लगाउन दुवै रबर ब्याण्डहरू तपाईको कानमा अड्काउनु पर्छ
06:53 पहिले उल्लेख गरे झैं फेस कभर तपाईको मुख र नाकमा राम्ररी मिलेको हुनुपर्छ
07:00 तिनीहरू बीच कुनै खाली भाग हुनु हुँदैन
07:04 घरेलु सुरक्षात्मक फेस कभर प्रयोग गर्नु पहिले सुरक्षाका सावधानीहरू अपनाउनु पर्छ
07:10 फेस कभर प्रयोग गर्नु पूर्व हात राम्ररी धुनुहोस्
07:14 फेस कभर ओसिलो वा सुक्खा भएमा, अर्को फेस कभर प्रयोग गर्नुपर्छ
07:21 फेस कभरको प्रत्येक प्रयोगपछि, अर्को पटक प्रयोग गर्न यसलाई धुनुपर्छ
07:27 परिवारका प्रत्येक सदस्यको आफ्नो छुट्टै फेस कभर हुनुपर्छ
07:32 फेस कभर निकाल्दा यसको अगाडी वा अन्य कुनै भागमा छुनु हुँदैन
07:38 यसलाई पछाडीको डोरीको प्रयोगले मात्र निकाल्नुपर्छ
07:43 डोरी भएको फेस कभर, सधैँ तलको डोरी फुकाएर मात्र माथिको फुकाउनुपर्छ
07:51 निकालेपछि तुरुन्त साबुन पानीले ४० सेकन्ड सम्म हात धुनुपर्छ
07:58 तपाई ६५% अल्कोहल रहेको ह्यान्ड स्यानिटाईजर पनि प्रयोग गर्न सक्नुहुन्छ
08:04 अब, फेस कभर कसरी राम्ररी सफा र किटाणुमुक्त बनाउने चर्चा गरौं
08:09 कृपया अनिवार्य रूपमा यो तरिका प्रयोग गर्नुहोला
08:12 साबुन र तातो पानीले फेस कभर राम्ररी धुनुपर्छ
08:17 र यसलाई कम्तीमा पनि ५ घण्टासम्म घाममा सुक्न दिनुपर्छ
08:21 वैकल्पिक रूपमा, तपाई प्रेसर कुकर प्रयोग गर्न सक्नुहुन्छ
08:25 फेस कभरलाई एउटा प्रेसर कुकरमा पानी हालेर राखौ
08:29 यसमा नुन राखी १० मिनेटसम्म उमालौं
08:33 त्यसपछि, यसलाई बाहिर निकालेर सफा ठाउँमा सुकाउनु पर्छ
08:38 तपाई फेस कभरलाई तातो पानी १५ मिनेटसम्म उमाल्न पनि सक्नुहुन्छ
08:44 यदि तपाईसँग प्रेसर कुकर वा उमालेको पानी छैन, साबुन प्रयोग गर्नुहोला
08:51 साबुनले धोएर सफा पारौं
08:54 र फेस कभरमा ५ मिनेटसम्म तापको प्रयोग गरौं
08:59 तपाई ताप दिन एउटा आइरन पनि प्रयोग गर्न सक्नुहुन्छ
09:04 तपाईले कम्तिमा पनि दुईवटा फेस कभर बनाउनु राम्रो मानिन्छ
09:09 एउटा धोएर सुकाउनु पर्दा अर्को प्रयोग गर्न मिल्छ
09:13 अब, सफा फेस कभर कसरी भण्डार गर्ने जानौं
09:18 एउटा प्लास्टिकको झोला लिऊ

यसलाई राम्ररी साबुन-पानीले सफा गरौं

09:23 यसलाई भित्र-बाहिर राम्ररी सुक्न दिऊ
09:27 थप फेस कभर सफा झोलामा राखेर यसलाई राम्ररी बन्द गरौं
09:32 अब तपाई आफ्नो फेस कभर दिनहुँ बदल्न सक्नुहुन्छ
09:38 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
09:41 यो ट्युटोरियलमा सिकेका कुराहरू सङ्क्षेपमा हेरौं
09:45 हामीले कोरोना भाइरस को कारणले फेस कभर लगाउन आवश्यक भएको जान्यौं
09:51 हामीले केही महत्त्वपूर्ण चेतावनीहरू पनि bujhyaun
09:54 स्वास्थ्यकर्मीले घरेलु फेस कभर प्रयोग गर्नु हुँदैन
09:59 कोभिड-१९ सङ्क्रमितको सम्पर्कमा रहने व्यक्तिहरूले पनि यो प्रयोग गर्नु हुँदैन
10:05 कोभिड-१९ सङ्क्रमितले पनि यी फेस कभरहरू प्रयोग गर्नु हुँदैन
10:10 तिनीहरू सबैले अनिवार्य रूपमा निर्दिष्ट सामग्रीहरू प्रयोग गर्नुपर्छ
10:15 हामीले सुरक्षा सावधानीको जानकारी पनि लियौं
10:19 घरेलु फेस कभरले पूर्ण सुरक्षा प्रदान गर्दैन
10:23 एउटा फेस कभर नधोईकन प्रयोग गर्न हुँदैन र अन्य कसैलाई पनि प्रयोग गर्न दिनु हुँदैन
10:29 अनिवार्य रूपमा कम्तिमा पनि २ मिटरको सामाजिक दूरी कायम राख्नुपर्छ
10:34 नियमित रूपमा ४० सेकेन्ड सम्म साबुनले हात धुनुपर्छ
10:39 हामीले सिलाई मेशिनको प्रयोग र प्रयोग विना फेस कभर बनाउने विधि पनि सिक्यौं
10:45 फेस कभर लगाउनु अघि र निकाल्दा जान्नुपर्ने सावधानीका उपायहरू
10:51 र फेस कभर कसरी किटाणु मुक्त गर्ने र भण्डार गर्ने जान्यौं

Contributors and Content Editors

Mandira