Advance-C/C2/Command-line-arguments-in-C/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:37, 26 April 2017 by PoojaMoolya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार, Command Line Arguments स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी आर्गुमेंटहरु सहितको main फंक्सन उदाहरण सहित सिक्ने छौं
00:15 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ, उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१० gcc कम्पाईलर ४.६.१
00:27 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग C ट्युटोरियलको ज्ञान हुनुपर्छ
00:33 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:39 अब हाम्रो प्रोग्राम सहित सुरु गरौँ, मसँग एउटा कोड फाइल छ, यो खोलौं
00:45 फाइलको नाम main hyphen with hyphen args.c
00:50 म प्रोग्राम वर्णन गर्ने छुँ
00:53 यी header फाइलहरु हुन्, stdio.h ले मुख्य इन्पुटआउटपुट फंक्सनहरु परिभाषित गर्छ
01:01 stdlib.h हेडर फाइल ले यी परिभाषित गर्छ-

Numeric conversion function Pseudo-random numbers Generation function Memory allocation Process control functions

01:16 यो हाम्रो main function हो, यस भित्र हामीले दुई आर्गुमेंटहरु पठाएका छौं-

int argc, char asterisk asterisk argv (**argv)

01:28 “argc” ले प्रोग्राममा पठाईएका कमाण्ड लाइन आर्गुमेंटहरु को नम्बर जनाउँछ
01:34 यसमा प्रोग्रामको वास्तविक नाम पनि संलग्न हुन्छ
01:38 argv मा index 0 बाट सुरु हुने वास्तविक आर्गुमेंटहरु रहन्छन
01:44 Index 0 प्रोग्रामको नाम हो
01:48 Index 1 प्रोग्राममा पठाईएको पहिलो आर्गुमेंट हुनेछ
01:53 Index 2 प्रोग्राममा पठाईएको दोस्रो आर्गुमेंट र त्यस्तै
01:59 यो स्टेटमेन्टले प्रोग्राममा पठाईएका आर्गुमेंटहरु को जम्मा संख्या दिन्छ
02:05 यसले प्रोग्राममा पठाईएको पहिलो आर्गुमेंट देखाउने छ
02:09 1 ले index 1 को आर्गुमेंट जनाउँछ
02:13 While कन्डिसन ले आर्गुमेंटहरु को नम्बर घटाउने छ
02:18 यो स्टेटमेन्टले प्रोग्राममा पठाईएका सम्पूर्ण आर्गुमेंटहरु प्रिन्ट गर्ने छ
02:23 अन्त्यमा, return 0 स्टेटमेन्ट छ
02:27 तपाईको किबोर्डको Ctrl+Alt+T कीहरु एकसाथ थिची टर्मिनल खोलौं
02:35 टाइप गरौँ: gcc space main hyphen with hyphen args.c space hyphen o space args, इन्टर थिचौं
02:49 टाइप गरौँ: dot slash args, इन्टर थिचौं
02:54 तपाई यस्तो आउटपुट देख्न सक्नुहुन्छ:

Total number of arguments are 1 The first argument is null arguments are ./args

03:06 Command line arguments एक्जिक्युट गर्ने समयमा दिइन्छ
03:11 zeroth argument आफैं एक्जिक्युट हुने फाइलनेम भएकोले Total number of arguments are 1
03:19 हामीले प्रोग्राममा आर्गुमेंट नपठाएको हुनाले The first argument is (null) हुन्छ
03:26 आर्गुमेंट एकै मात्र छ, dot slash args
03:31 अब पुन: एक्जिक्युट गरौँ
03:34 अप एरो कि थिचौं, स्पेस टाइप गरौँ, Sunday space Monday space Tuesday, इन्टर थिचौं
03:47 अब हामी यस्तो आउटपुट देख्छौं:

Total number of arguments are 4 The first argument is Sunday Argument are ./args Sunday Monday and Tuesday .

04:04 म आउटपुट ब्याख्या गर्छुं
04:06 Total number of arguments are 4 छ ./args, Sunday, MondayTuesday
04:14 पहिलो आर्गुमेंट Sunday
04:17 zeroeth argument ले सधैं एउटा एक्जिक्युट हुने फाइलनेम दिन्छ
04:22 Sunday पहिलो आर्गुमेंट मा राखिएको छ
04:25 Monday दोस्रो आर्गुमेंट मा राखिएको छ
04:28 Tuesday तेस्रो आर्गुमेंट मा राखिएको छ
04:31 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
04:37 यो ट्युटोरियलमा हामीले सिक्यौं,

Command line arguments argc argv

04:45 कार्यको रुपमा, भिन्नै आर्गुमेंटहरु सहितको प्रोग्राम एक्जिक्युट गर्नुहोस्
04:51 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
04:54 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
04:57 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नसक्नुहुन्छ
05:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
05:08 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
05:18 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
05:22 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
05:30 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro
05:36 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya