Spoken-Tutorial-Technology/C2/Creation-of-a-spoken-tutorial-using-recordMyDesktop/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
---|---|
0:00 | नमस्कार र स्वागत छ यो “How to use recordMyDesktop” स्पोकन टुटोरियलमा |
0:05 | recordMyDesktop एउटा निशुल्क र खुला स्क्रिनकास्टिंग सफ्टवेयर हो जसले उबुन्टु लिनक्स अपरेटिंग सिस्टममा काम गर्छ |
0:13 | स्क्रिनकास्टिंग सफ्टवेयरको थप जानकारीको लागि कृपया यो वेबसाइटमा उपलब्ध "How To Use Camstudio" स्पोकन टुटोरियल हेर्नुहोला |
0:21 | मैले पहिले नै gtk-recordMyDesktop संस्करण 0.3.8 डाउनलोड गरेकी छुँ र यसलाई मेरो PC मा Synaptic Package Manager बाट इन्स्टल गरेकी छुँ |
0:33 | Ubuntu Linux मा सफ्टवेयर कसरी इन्स्टल गर्ने थप जानकारीको लागि कृपया यो वेबसाइटको उबुन्टु लिनक्सको स्पोकन टुटोरियलहरु हेर्नुहोला |
0:43 | एकचोटी सफलतापूर्बक recordMyDesktop इन्स्टल गरेपछि, मनिटरको माथि रहेको उबुन्टु मुख्य मेनुमा जाउँ |
0:51 | Applications मा क्लिक गरि Sound&Video छानौं |
0:55 | यसले कन्टेकस्ट मेनु खोल्नेछ जसमा तपाई gtk-recordMyDesktop एप्लिकेसन पाउनुहुनेछ, यसमा क्लिक गरौँ |
01:02 | यसले gtk-recordMyDesktop एप्लिकेसन विन्डो खोल्नेछ |
01:07 | मुख्य एप्लिकेसन विन्डोले केहि आधारभूत रेकर्डिङ प्यारामिटरहरु डिफाइन गर्नुको उद्देश्य पूरा गर्छ भने ट्रे आइकन तपाइको रेकर्डिङ रनटाइममा कन्ट्रोल गर्न प्राथमिकताका साथ प्रयोग गरिन्छ |
01:19 | तपाइको सिस्टम ट्रे आइकनमा रेकर्ड बटन जनाउने- रातो सर्कल याद गर्नुहोस् |
01:27 | सिस्टम ट्रे आइकनमा तीन अवस्थाहरु छन:
|
01:34 | जब recordMyDesktop लन्च गरिन्छ, आइकन एउटा रेकर्ड चिन्ह हुनेछ मतलब रातो सर्कल |
01:41 | जब कसैले रेकर्ड गर्न सुरु गर्छ, आइकन एउटा वर्गमा बदलिन्छ जुन स्टप चिन्ह हो |
01:46 | याद गरौँ यहाँ २ वर्गहरु छन |
01:48 | यो किनभने म यो टुटोरियल रेकर्ड गर्न प्रयोग गर्दैछु |
01:51 | रेकर्डिङ रोक्न तपाइले एउटा वर्ग चिन्हमा राइट क्लिक गर्नुपर्छ र आइकन एउटा पज चिन्हमा बदलिनेछ
-दुई मसिनो समानान्तर रेखा र ठाडो आयत |
02:03 | रेकर्डिङ रिज्युम गर्न तपाइले फेरि पज चिन्हमा क्लिक गर्नुपर्नेछ |
02:07 | रेकर्डिङ स्टप गर्न वर्गमा क्लिक गर्नुपर्छ |
02:12 | कुनै प्यारामिटर सेट गर्नुपूर्व म तपाइलाई एउटा महत्वपूर्ण जानकारी दिन चाहन्छु |
02:18 | रेड सर्कल सिस्टम ट्रे आइकनमा राइट क्लिक गरौँ, यहाँ तपाईसँग मुख्य एप्लिकेसन विन्डो देखाउने वा नदेखाउने विकल्प छ |
02:26 | जब तपाईले कुनै रेकर्डिङ सत्र सुरु गर्नुहुन्छ, डिफल्टमा मुख्य विन्डो आफै देखिनेछैन |
02:32 | यो विकल्प छानी तपाई मुख्य एप्लिकेसन विन्डो पनि देखाउन सक्नुहुन्छ |
02:37 | “Select Area on Screen”, तपाइले के रेकर्ड गर्न चाहनुभएको परिभाषित गर्ने क्षेत्र हो |
02:43 | यो विकल्प छान्नाले कर्सरलाई एउटा क्रस पेनमा बदल्नेछ जसले एउटा स्क्रिन capture कोर्न सक्छ |
02:51 | “Quit” अप्सनले मुख्य मनुको बटन जस्तै recordMyDesktop छोडिन्छ, |
02:57 | एप्लिकेसन विन्डोमा फर्कदा तपाइले एउटा सानो प्रिभ्यु विन्डो सहितको डिस्प्ले प्यानल पाउनुहुनेछ |
03:06 | यसले तपाइको डेस्कटपको ठूलो संस्करण देखाउनेछ जुन रेकर्डिङ क्षेत्र परिभाषित गर्न प्रयोग गर्न सकिन्छ |
03:13 | यो प्यानलको दायाँ, तपाईले Video Quality र Sound Quality बढाउने र घटाउने विकल्प देख्नुहुनेछ |
03:22 | डिफल्टमा दुवै Video र Sound क्वालिटी 100 मा सेट हुन्छन्, यी सेटिंगहरु दुवै प्लेब्याक भिडियो क्वालिटी र अडियो क्वालिटी दुवैको लागि धेरै राम्रो हुन्छ |
03:32 | यसले एउटा ठुलो फाइल साइज बनाउछ, स्पोकन टुटोरियल बनाउन हामीलाई भिडियो क्वालिटी १००% चाहिदैन किनकि यसले फाइल साइज बढाउछ |
03:44 | यी प्यारामिटरहरुको केहि प्रयोगले तपाइले राम्रो भिडियो क्वालिटी र साउण्ड क्वालिटी सहितको सर्वोत्तम फाइल साइज पाउनुहुनेछ |
03:53 | म भिडियो क्वालिटीलाई 50 र साउण्ड क्वालिटीलाई 100 मा बदल्दैछुँ |
4:00 | यो किनभने अडियो स्ट्रिम ले बन्ने फाइलको सानो अंश मात्र ओगट्छ |
4:08 | डिफल्टमा, recordMyDesktop ले अडियो रेकर्ड गर्दैन, अडियो लिने बनाउन Sound Quality को बायाँ बक्समा क्लिक गर्नुपर्छ |
4:20 | ADVANCED बटन याद गरौँ, यसलाई क्लिक गरौँ. यसले यहाँ देखिए जस्तै अर्को डाइलग बक्स खोल्नेछ |
4:28 | recordMyDesktop को व्यबहार अझ अनुकुल बनाउन ADVANCED विन्डोमा कम्तिमा एकचोटी जानुहोस् |
04:35 | तपाइले यो बन्द गरेपछि यो विन्डोका सबै विकल्पहरु सेभ र लागू हुन्छन, यो विन्डोको मेन मेनुमा ४ विकल्पहरु छन |
04:43 | पहिलो ट्याब Files हो, यहाँ दुई विकल्पहरु छन |
04:48 | त्यहाँ उहिँ फाइलनेम र उहिँ स्थानमा तपाईले आफ्नो रेकर्डिङको लागि छानेको संग हालको फाइल ओभरराइट गर्ने एउटा विकल्प छ, |
04:57 | डिफल्टमा यो विकल्प अफ हुन्छ, त्यसैले हालको फाइलहरु कुनै पनि चलाएको हुदैन, यसको सट्टामा नयाँलाई पछाडी नम्बर राखी सेभ गरिन्छ |
05:10 | त्यसैले यदि तपाइले रेकर्डिङलाई recording.ogv को रुपमा तपाइको होम डिरेक्टरीमा सेभ गर्न चाहनुहुन्छ भने त्यहाँ पहिले नै त्यस्तो नामको फाइल छ |
05:18 | नयाँ चाहिँ recording-1.ogv रुपमा सेभ हुन्छ, यदि recording-1.ogv छ भने नयाँ फाइल recording-2.ogv र त्यस्तै प्रकारले हुनेछ |
05:31 | म Advanced ट्याब फेरि खोल्दैछु, यदि “Overwrite Existing Files” विकल्प अन गरिएको छ भने भएका फाइलहरु कुनै प्रश्नविना नै डिलिट हुनेछ |
05:41 | त्यसैले यसमा होशियार हुनुपर्छ, रेकर्डिङको समयमा अस्थायी फाइलहरु राख्ने “Working Directory” विकल्प रहेको छ |
05:50 | यो खाली तब लागु हुन्छ जब तपाई इन्कोडिंग फ्लाईमा गर्दैहुनुहुन्न |
05:55 | अर्को ट्याब Performance हो, यहाँ ५ विकल्पहरु छन, “Frames per second” पक्का सेट गर्नुहोस् |
06:02 | यो प्यारामिटरको लागि 2 फ्रेम्स पर सेकन्ड राम्रो सेटिंग हो, तैपनि उच्च एनिमेसन भिडियोको लागि १५-२० फ्रेम्स पर सेकन्ड सेट गरौँ |
06:12 | “Encoding on the Fly” विकल्पले recordMyDesktop लाई capture गर्दा इनकोड गर्न दिन्छ |
06:19 | डिफल्टमा यो अफ हुन्छ, जब हामीलाई उच्च fps चाहिदैन वा हामी सानो क्षेत्र लिदैछौं भने यो उपयोगी हुनेछ |
06:28 | यदि तपाईलाई एउटा धेरै सानो नभएको क्षेत्रको रेकर्डिङ चाहिन्छ भने तपाइले यो अप्सन अफ गनुपर्छ |
06:34 | पहिले उल्लेख गरेजस्तै यो विकल्प प्रयोग गर्दा अडियो र भिडियो क्वालिटी दुवै 100% मा सेट हुनुपर्छ |
06:42 | “Zero Compression”ट्याबले cache को कम्प्रेसन नियन्त्रण गर्छ, “Quick Subsampling” ले कलरस्पेस ट्रान्सफरमेसन सँग काम गर्छ, हामी तिनीहरुलाई त्यसै छोड्ने छौं |
06:55 | “Full shots At Every Frame” ले पूरा क्यापच्योर गर्छ, डिफल्टमा यो अफ हुन्छ |
07:02 | तेस्रो ट्याब Sound हो, “Channels” विकल्पले बन्ने अडियो स्ट्रिमको च्यानल नम्बर सेट गर्छ |
07:10 | यो १(mono) वा २ (stereo) हुनसक्छ, एउटा माइक्रोफोनबाट रेकर्ड गर्दा एउटा भन्दा बढि च्यानल छान्नु अनावश्यक हुन्छ र आउटपुट फाइलको साइज मात्र बढाउनेछ |
07:24 | एउटा रेकर्डिङको समयमा असर पर्ने कुरो भनेको “Frequency” सेटिंग हो |
07:30 | डिफल्ट 22050 हो जुन एउटा मन्तब्यको लागि चाहिनेभन्दा बढि हो तर यदि तपाई एउटा म्युजिक रेकर्ड गर्दै हुनुहुन्छ भने तपाइले 44100 प्रयोग गर्नुपर्छ |
07:40 | “Device” लाई “plughw:0,0” मा सेट गर्नुपर्छ
यसो गर्नाले च्यानल र फ्रिक्वेन्सी मानहरुमा तपाइको पकड हुनेछ |
07:54 | त्यसपछि मात्र अडियो कुनै अड्चन विना राम्रोसँग बज्छ, सानो अक्षरमा “default” टाइप गरेमा पनि काम गर्छ |
08:05 | यदि तपाई रेकर्डिङ गर्न कुनै ज्याक जोड्दै हुनुहुन्छ भने यो बक्स चेक गरौँ |
08:11 | च्यानल, फ्रिक्वेन्सी र डिभाइस फिल्ड डिसेबल हुनेछन, यी सेटिंगहरु Jack सर्भरले प्रदान गर्नेछ |
08:19 | Jack capture इनेबल गर्दा, तपाइले एउटा Jack server चल्दै छ भनि पक्का गरौँ |
08:25 | अन्तिम ट्याब Miscellaneous हो, यहाँ विविध विकल्पहरु छन जो धेरै कम प्रयोग गरिन्छन |
08:34 | यहाँ रहेको महत्वपूर्ण विकल्प भनेको Follow Mouse हो, चेक गरेपछि क्यापच्योर एरिया कर्सर जता गयो त्यतै जान्छ |
08:43 | अनचेक गरेपछि, कर्सर चले पनि capture area अचल रहन्छ, म चाडै नै तपाईलाई यसको डेमो दिनेछु |
08:53 | म स्क्रिनमा रहेको आउटलाइन क्यापच्योर एरिया पनि जाच्दै छुँ |
08:58 | हामी अब यो विन्डो बन्द गर्नेछौं, सम्झौं सबै सेटिंग हामीले यो विन्डो बन्द गर्ने बित्तिकै सेभ हुनेछ |
09:06 | डिस्प्ले प्यानलको प्रिभ्यु विन्डोमा हाम्रो स्याम्पल रेकर्डिङको लागि एउटा क्यापच्योर एरिया बनाऊ |
09:14 | लेफ्ट माउस बटनमा क्लिक गरि तानौं, बटन छोडौं |
09:20 | तपाइले प्रिभ्यु विन्डोमा एउटा सानो आयत देख्नुहुनेछ र एउटा तपाइको स्क्रिनमा एउटा ठुलो आयत, यो वास्तविक capture area हो |
09:30 | यो आयत भित्रको सबै गतिबिधिहरु डेमो रेकर्डिङमा लिइनेछ, अब एउटा डेमो रेकर्डिङ गरौँ |
09:39 | म रेकर्ड आइकनमा क्लिक गर्नेछु, नमस्कार अनि स्वागत छ recordMyDesktop प्रयोग गरिएको डेमो रेकर्डिङमा |
09:48 | यो एउटा स्पोकन टुटोरियल बनाउन कतिको सजिलो छ भनि देखाउने एउटा डेमो रेकर्डिङ हो |
09:54 | Applications मा क्लिक गरौँ – office छानौं - wordprocessor, म यहाँ DEMO टाइप गर्नेछु र रेकर्डिङ रोक्न वर्ग आइकनमा क्लिक गर्नेछु |
10:16 | recordMyDesktop अहिले इनकोड गर्दैछ र यसले एउटा 'ogv' फर्म्याटको मुभी बनाउदैं छ |
10:24 | म ओपन अफिस राइटर बन्द गर्दैछुँ, इनकोडिंग सकिएको छ र मुभी तयार छ, यो हेरौं |
10:31 | हामी आउटपुट 'ogv' फाइल Home Folder मा पाउनेछौं, होम फोल्डरमा क्लिक गरौँ, यो हाम्रो डेमो रेकर्डिङ हो, यसलाई प्ले गरौँ |
11:14 | ल, म आशा गर्छु कि यो टुटोरियलमा दिएको जानकारीले तपाईलाई तपाइको कम्प्युटरमा recordMyDesktop प्रयोग गर्न सहयोग गर्नेछ |
11:21 | यो निशुल्क र ओपन सोर्स सफ्टवेयर इन्स्टल गरौँ र यसलाई अडियो- भिडियो टुटोरियलहरु र तपाइको आफ्नै अनलाइन भिज्युअल लर्निंग मोड्युल बनाउन प्रयोग गरौँ |
11:30 | स्पोकन टुटोरियल कार्यक्रम ‘Talk to a Teacher’ प्रोजेक्टको पहल र http://spoken-tutorial.org को संयोजनमा, IIT Bombay मा उत्पादन गरिएको हो |
11:42 | यो कार्यको लागि National Mission on Education through ICT, MHRD, भारत सरकारको अनुदान रहेको छ |
11:51 | थप जानकारीको लागि कृपया http://spoken-tutorial.org/NMEICT-Intro मा हेर्नुहोला |
12:01 | यसरी हामी टुटोरियलको अन्त्यमा आएका छौँ, म मन्दिरा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यबाद |