LibreOffice-Suite-Draw/C4/Set-Draw-preferences/Nepali

From Script | Spoken-Tutorial
Revision as of 02:59, 29 February 2016 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 लिब्रे अफिस ड्र को Setting Preferences स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी कसरी यी प्रेफ्रेंसेसहरु सेट गर्ने सिक्ने छौं:
  • Properties
  • Versions सृजना गर्न
  • color/grayscale/black-and-white मा हेर्न
00:18 यहाँ हामी प्रयोग गर्दैछौं:
  • अपरेटिंग सिस्टम को रुपमा उबुन्टु लिनक्स १०.०४
  • लिब्रे अफिस सुइट संस्करण ३.३.४
00:29 हामीले पहिले सेभ गरेको '3D ObjectsChart' फाइल खोलौं र पेज 1 मा जाऊ
00:40 मानौं, हामी यो फाइलमा पछिको लागि केहि ब्याख्या थप्न चाहन्छौं
00:45 यसो गर्न, Main मेनु बाट File छानौं र Properties क्लिक गरौँ
00:50 हामी Properties डाइलग बक्स देख्न सक्छौं
00:56 General ट्याब क्लिक गरौँ, यो फाइल सम्बन्धित सम्पूर्ण जानकारीहरु यहाँ सुचिकृत छन्
01:02 यहाँ हामी विवरणहरु मात्र हेर्न सक्छौं, याद गरौँ, कुनै परिवर्तन गर्न सकिदैन
01:09 अब, Description ट्याबमा क्लिक गरौँ
01:13 यहाँ हामी हाम्रो आवश्यकता अनुसार टाइटल, सब्जेक्ट, किवर्डकमेन्ट हरु थप्न सक्छौं
01:20 यी जानकारीहरु पछि प्रयोग गर्न सकिन्छ
01:25 Title फिल्डमा टाइप गरौँ: "3D Objects Chart"
01:30 Subject फिल्डमा, टाइप गरौँ: "3D Objects Comparisons"
01:37 Keywords मा "3D and 3D Effects" टाइप गरौँ
01:42 अन्त्यमा, Comments फिल्डमा टाइप गरौँ: "Learning about File Properties"
01:48 आफ्नो ड्र फाइल सान्दर्भिक शिर्षक टाइप गर्नु राम्रो अभ्यास हो
01:54 Description ट्याबमा रहेका प्रोपर्टी हरु बाहेक हामी आफैं आफ्नै प्रोपर्टी पनि सेट गर्न सक्छौं
02:00 उदाहरणको लागि: हामी आफ्नो डकुमेन्ट सृजना गरेको मिति जान्न चाहन सक्छौं
02:05 डकुमेन्टको एडिटर,
02:07 डकुमेन्ट कसको लागि तयार गरिएको थियो आदि
02:11 Draw मा यी जानकारीहरु मिलाउन सक्ने बिशेषताहरु छन्
02:17 Properties डाइलग-बक्समा Custom Properties मा क्लिक गरौँ
02:23 यहाँ हामी तीन फिल्डहरु देख्न सक्छौं: Name, TypeValue
02:30 तल बायाँको Add बटन क्लिक गरौँ
02:33 अब हामी प्रत्येक फिल्ड भित्र ड्रप डाउन बक्सहरु देख्ने छौं
02:40 Name ड्रप डाउनमा क्लिक गरौँ र Date Completed छानौं
02:46 Type ड्रप-डाउनमा, हामी Date Time छान्नेछौं
02:51 Value फिल्डमा हामी अब मिति र समय देखाउने छौं
02:55 अहिले मिति परिवर्तन नगरौं
02:57 Time फिल्डमा 10:30:33 इन्टर गरौँ
03:05 अब हामीलाई डकुमेन्ट कहिले तयार भएको थियो थाहा हुन्छ
03:09 अर्को field थपौं, Add क्लिक गरौँ
03:14 हामी ड्रप-डाउन बक्सहरुको दोस्रो सूची देख्न सक्छौं
03:21 Name ड्रप-डाउनमा Checked by छानौं
03:25 Type फिल्डमा Text छानौं
03:29 Value मा “ABC” टेक्स्ट टाइप गरौँ
03:33 OK क्लिक गरौँ, यसरी हामी आफुले चाहेको अनुसारको प्रोपर्टिज एउटा ड्र फाइल मा थप्न सक्छौं
03:39 अब, सृजना गरेको प्रोपर्टी कसरी मेट्ने हेरौं
03:44 Main menu मा जाऊ र File मा क्लिक गरी Properties छानौं
03:51 Properties डाइलग बक्समा, Custom Properties क्लिक गरौँ
03:55 Checked by प्रोपर्टी मेटौं
04:01 दायाँको Remove Property क्लिक गरौँ, प्रोपर्टी मेटिन्छ
04:07 OK क्लिक गरौँ
04:11 हामी 'ड्र' फाइल को एकभन्दा बढि संस्करणहरु सेभ गर्न पनि सक्छौं!

यो बिशेषतालाई Versions भनिन्छ

04:17 उदाहरणको लागि, हामी पहिलो दिनमा अब्जेक्टहरु थपेर यसलाई सेभ गर्न सक्छौं
04:22 अर्को दिन हामी चित्र फेरबदल गर्न सक्छौं
04:24 हामी दुवै मूल चित्र र बदलिएको चित्रको कपि राख्न चाहन सक्छौं
04:31 फाइल Versions विकल्प प्रयोग गरी सेभ गरौँ
04:33 Main menu मा File मा गएर Versions क्लिक गरौँ
04:39 हामी Versions डाइलग बक्स देख्न सक्छौं
04:42 Save New Version बटनमा क्लिक गरौँ
04:47 तपाई Insert Version Comment डाइलग बक्स देख्न सक्नुहुन्छ
04:51 "Version One" कमेन्ट टाइप गरौँ
04:55 OK क्लिक गरौँ र Close क्लिक गरौँ
05:00 अब टाइटलको टेक्स्ट बदलौं - "Geometry in Two D Shapes and Three D Shapes"
05:07 टेक्स्टको रंग निलोमा परिवर्तन गरौँ
05:18 फाइल Versions विकल्प प्रयोग गरी सेभ गरौँ
05:22 Main menu मा File मा जाऊ र Versions मा क्लिक गरौँ
05:26 Save New Version बटनमा क्लिक गरौँ
05:30 Insert Version Comment डाइलग देखापर्छ
05:34 Version Two कमेन्ट टाइप गरौँ
05:36 OK क्लिक गरौँ
05:40 यहाँ दुई संस्करणहरु सुचिकृत छन् - Version OneVersion Two
05:46 Version One कालो रंगको फन्टमा टाइटल भएको फाइल हो
05:51 Version Two निलो फन्टमा शिर्षक भएको फाइल हो
05:54 Version One छानौं र Open मा क्लिक गरौँ
06:00 हामी कालो रंगमा फन्टको शिर्षक भएको संस्करण देख्न सक्छौं
06:05 तपाईले एउटा ड्र फाइल हरेक पटक बन्द गर्दा यसको संस्करण स्वत: सेभ हुने बनाउन सक्नुहुन्छ
06:11 यसो गर्न File मा क्लिक गरौँ अनि Versions मा क्लिक गरौँ
06:15 अब, एउटा चेकबक्स विकल्पमा "Always save a version on closing" देखिन्छ
06:23 यो बक्स ठिक गरौँ
06:24 यसले हामीले प्रत्येक पटक ड्र फाइल बन्द गर्दा एउटा नयाँ संस्करण सेभ हुने पक्का गर्छ, Close गरौँ
06:34 तपाई आफ्नो ड्र फाइल बाट पनि हेर्ने प्रेफ्रेंसेसहरु मिलाउन सक्नुहुन्छ
06:38 हामी आफ्नो चित्रहरु Color, Gray scale वा Black and White मा हेर्न सक्छौं
06:44 डिफल्टमा हामी ड्र फाइल रंगिन देख्छौं
06:48 अब भ्यु Gray Scale मा बदलौं
06:53 View मा क्लिक गरौँ अनि Color/Grayscale क्लिक गरी Gray Scale छानौं
06:59 अब हामी अब्जेक्टहरु ग्रेमा देख्न सक्छौं
07:03 अब भ्यु ब्ल्याक एण्ड व्हाइट मा बदलौं
07:08 Main Menu बाट View छानौं र Color/Grayscale क्लिक गरौँ र Black and White छानौं
07:17 अहिले हामी अब्जेक्टहरु ब्ल्याक एण्ड व्हाइटमा देख्न सक्छौं
07:25 हामी भ्यु पुन: रंगिन बनाउन सक्छौं
07:29 यसो गर्न, View मा क्लिक गरौँ अनि Color/Grayscale क्लिक गरी Color छानौं
07:36 चित्र पुन: रंगिन देखिन्छ
07:43 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07:45 यो ट्युटोरियलमा हामीले सिक्यौं:
  • एउटा ड्र फाइल को गुणहरु
  • ड्र फाइल को संस्करणहरु सृजना गर्न
  • चित्र विभिन्न रंग/ग्रेस्केल/ब्ल्याक एण्ड व्हाइट मा हेर्न
07:59 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
08:02 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:06 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
08:11 स्पोकन ट्युटोरियल टिमले:
  • स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
  • अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:21 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
08:29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
08:33 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:40 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:

spoken-tutorial.org/NMEICT-Intro

08:54 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya