LibreOffice-Suite-Draw/C3/Working-with-Objects/Nepali

From Script | Spoken-Tutorial
Revision as of 00:39, 14 February 2016 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 लिब्रे अफिस ड्र को Working with Objects स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी सिक्ने छौं:
00:08 * ग्रिडगाइडलाइनहरु प्रयोग गरी अब्जेक्टहरु राख्न
00:12 * स्न्याप फंक्सन प्रयोग गर्न
00:14 * लाइनएरोहेड हरु कस्टूमाइज गर्न
00:18 हामी यी पनि सिक्ने छौं: * अब्जेक्टहरु डुप्लिकेट गर्न
00:21 * अब्जेक्टहरु रीसाइज गर्न
00:24 *अब्जेक्टहरु डिस्ट्रिब्युट गर्न
00:25 * अब्जेक्टहरु कम्बाइन, मर्ज, सबट्रयाक्ट र इन्टरसेक्ट गर्न
00:30 हामी अपरेटिंग सिस्टम को रुपमा उबुन्टु लिनक्स संस्करण १०.०४लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00:40 ग्रिडहरु के हुन्?
00:42 ग्रिड ले अब्जेक्टहरु ड्र पेजमा
00:45 सही रुपमा मिलाउन सघाउँछ
00:48 डेस्कटप मा सेभ भएको 'RouteMap' फाइल खोलौं
00:53 अघिल्लो ट्युटोरियलहरुमा हामीले ग्रिड को थोरै प्रयोग गरेका थियौं
00:57 अब, बिस्तृत रुपमा, ग्रिड को बारेमा जानौं
01:01 Main menu बाट View छानौं र Grid मा क्लिक गरौँ
01:05 अनि Display Grid मा क्लिक गरौँ
01:08 Draw पेज भरि तेर्सो र ठाडो डटका लाइनहरु देख्न सकिन्छ, यसरी ग्रिड बन्छ
01:17 यी ग्रिड हरु देखाउनको लागि मात्र हुन्, तिनीहरु प्रिन्ट हुने छैनन्
01:22 हामी ग्रिड हरुको साइज चाहे अनुसार सानो वा ठूलो हेरफेर गर्न सक्छौं
01:30 Main menu बाट, Tools छानौं र Options छानौं
01:35 हामी Options डाइलग बक्स देख्न सक्छौं
01:38 LibreOffice Draw क्लिक गरौँ र Grid छानौं
01:42 Resolution भित्र यी मानहरु इन्टर गरौँ:
01:46 Horizontal – 7 cm
01:49 Vertical – 5 cm
01:53 Subdivision ले एउटा ग्रिड मा हुने खाली ठाउँ जनाउँछ
01:57 अब Subdivision मानहरु इन्टर गरौँ
02:00 Horizontal – 3
02:02 Vertical – 4
02:05 Synchronize axes विकल्पलाई यसै छोडौं
02:09 OK क्लिक गरौँ
02:11 अब Draw पेजमा जाऊ, ग्रिड को प्रत्येक बक्सको साइज हेरौं
02:17 अब हामीले सबडिभिजनमा उल्लेख गरेको स्पेस गनौं
02:22 त्यहाँ तेर्सो १,२,३ र ठाडो १,२,३, ४ स्पेसहरु छन्
02:33 अब, गाइड को बारेमा सिकौं
02:36 गाइडहरु के हुन्?
02:38 गाइड हरु अब्जेक्टको धारको विस्तारित लाइनहरु हुन्
02:43 जुन यसलाई हटाउँदा देखिन्छ
02:47 गाइडलाइन इनेबल गरौँ
02:50 Main menu मा जाऊ र View मा गएर Guides छानौं
02:55 अब, Display Guides विकल्प छानौं
02:59 Main menu को Tools अनि Options मा क्लिक गरौँ
03:03 Options डाइलग-बक्स देखापर्छ
03:06 बायाँ प्यानलबाट, LibreOffice Draw सँगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ र View क्लिक गरौँ
03:15 दायाँ प्यानलबाट, Guides when moving छानौं, यसरी हामीले सार्दा guides देख्न सक्छौं
03:23 OK क्लिक गरौँ
03:27 अब, पार्कलाई अलि बायाँ सारौँ
03:29 जब पार्क सारिन्छ, अब्जेक्टको धारहरुको बिस्तारित लाइनहरु देखिन्छन, तिनिहरु गाइडलाइनहरु हुन्
03:39 स्न्याप लाइन के हो?
03:41 स्न्याप लाइन ले हामीलाई एउटा निश्चित क्षेत्रमा दुई वा बढि अब्जेक्टहरु राख्न सघाउँछ
03:48 स्न्याप लाइनस्न्याप पोइन्ट युजरले सृजना गर्छ
03:53 स्न्याप लाइन ठाडो र तेर्सो हुन सक्छ र ड्याश लाइनहरु जस्तो देखिन्छ
03:59 हामीले स्न्याप लाइन सृजना गर्नु पहिले Snap Lines विकल्प इनेबल गर्नुपर्छ
04:05 Draw पेजमा जाऊ, context menu मा राइट क्लिक गरौँ र Snap Lines छानौं
04:12 अब सबै तीन विकल्पहरु हेरौं:
04:16 Snap Lines Visible,
04:18 Snap to Snap Lines,
04:20 Snap Lines to Front.
04:22 अब हामीले सृजना गरेको स्न्याप लाइन हरु देख्न सकिन्छ
04:26 अब Snap Lines प्रयोग गरी एउटा क्षेत्र परिभाषित गरौँ जसभित्र स्लाइडमा देखाए झैँ नक्सामा भएका अब्जेक्टहरु पनि परुन
04:34 mouse कर्सर भर्टिकल रुलर माथि सारौँ
04:38 लेफ्ट-माउस बटन थिचौं
04:41 हामी कर्सर अहिले दुवै तिर चुच्चो भएको एरो जस्तो देख्न सक्छौं
04:46 mouse Draw पेज तिर तानौं
04:50 हामी एउटा डट लाइन देख्न सक्छौं
04:53 माउस बटन नछोडौं
04:55 लेफ्ट-माउस बटन थिची राखी डट लाइनलाई पेज मा तानौं
05:01 अब माउस बटन छोडौं
05:04 के तपाई लाइन देख्न सक्नुहुन्छ?
05:06 यो Snap Line हो
05:07 तलको सिमा देखाउन, लाइन लाई पेजको तल तानौं
05:13 अब नक्सा पर्ने क्षेत्र देखाउन थप तीन स्न्याप लाइनहरु सृजना गरौँ
05:24 हामीले तेर्सो र ठाडो स्न्याप लाइनहरु कोरेका छौं
05:29 अब तपाई अब्जेक्टहरु यी स्न्याप लाइनहरु को आधारमा राख्न सक्नुहुन्छ
05:34 तपाई आफुले चाहे जतिको स्न्याप लाइनहरु सृजना गर्न सक्नुहुन्छ
05:40 तेर्सो र ठाडो स्न्याप लाइनहरुले एउटा ग्राफमा XY अक्षहरुको जस्तै काम गर्छ
05:48 यी दुई अक्षहरु प्रयोग गरी तपाई अब्जेक्टहरु ठिक तरिकाले राख्न सक्नुहुन्छ
05:54 तपाई अब्जेक्हरु अझ राम्रोसँग राख्न Snap function सहित ग्रिड लाइन हरु पनि प्रयोग गर्न सक्नुहुन्छ
05:59 तपाई कुनै अब्जेक्टलाई ग्रिड पोइन्टहरुमा राख्न: * Snap to Grid प्रयोग गर्न सक्नुहुन्छ
06:06 * Snap to Snap lines ले एउटा अब्जेक्टलाई ठिक एउटा स्न्याप लाइन मा राख्छ
06:11 * Snap to Page margin ले अब्जेक्टलाई ठ्याक्क पेज मार्जिनमा राख्छ
06:18 ट्युटोरियल रोकी यो कार्य गरौँ
06:21 सम्पूर्ण Grid विकल्पहरुको बारेमा जानौं
06:24 तपाईले snap to Grid, snap linespage margins विकल्पहरु प्रयोग गर्दा अब्जेक्टमा कस्तो असर पर्छ हेरौं
06:31 अब, School Campus' सँगै एउटा तालको आकारको अर्को एउटा ताल थपौं
06:38 यसो गर्न, Duplicate विकल्प प्रयोग गरौँ
06:43 Lake छानौं
06:45 Main menu' मा जाऊ र Edit छानौं र Duplicate मा क्लिक गरौँ
06:51 Duplicate डाइलग बक्स देखापर्छ
06:54 Number of copies मा मान 1 इन्टर गरौँ र OK क्लिक गरौँ
06:59 Lake डुप्लिकेट भएको छ
07:03 अब ताल तानेर यसलाई स्कूल सँगै राखौं
07:06 अब्जेक्टहरु आवश्यकता अनुसारको कुनै पनि साइजमा लान सकिन्छ
07:11 सहि नाप प्रयोग गरी House को नाप यो स्लाइडमा देखाए झैँ परिवर्तन गरौँ
07:18 यसको उचाई, चौडाई उहिँ राखौं र कुनो ढल्काएर यसलाई घुमाऊ
07:24 पहिले Home छानौं र context menu को लागि राइट क्लिक गरौँ र Position and Size छानौं
07:31 Position and Size डाइलग बक्स देखापर्छ
07:35 Position and Size ट्याब क्लिक गरौँ
07:38 Size भित्र दुवै WidthHeight फिल्डहरुमा मान 3 इन्टर गरौँ
07:43 अनि Rotation ट्याब क्लिक गरौँ
07:46 Angle फिल्डमा 10 मान इन्टर गरौँ
07:50 अन्त्यमा Slant and Corner Radius ट्याब छानौं
07:55 Slant Angle फिल्डमा 5 डिग्री इन्टर गरौँ
07:59 OK क्लिक गरौँ
08:01 हामीले घर पुन: डिजाइन गरेका छौं
08:05 ट्युटोरियल रोकी यो कार्य गरौँ
08:08 # Drawing टूलबार प्रयोग गरी बिभिन्न आकारहरु कोरौं
08:11 # तपाई सम्पूर्ण आकारहरुमा Corner radius लागू गर्न सक्नुहुन्छ कि जाचौं
08:16 अब, केहि अब्जेक्टको दायाँतिर समान रुपले स्पेस दिऊ
08:21 हामी यसो गर्न Distribution विकल्प प्रयोग गर्ने छौं
08:26 हामीले Distribution विकल्प प्रयोग गर्न कम्तिमा तीन अब्जेक्टहरु छान्नुपर्छ
08:32 पहिले Residential Complex, Parking LotCommercial Complex छानौं
08:39 Select arrow तानेर सम्पूर्ण अब्जेक्टहरु छानी तिनीहरुलाई ग्रुप गरौँ
08:45 अब राइट क्लिक गरौँ र Distribution छानौं
08:50 Horizontal मा Right छानौं र OK क्लिक गरौँ
08:56 अब्जेक्टको बायाँ धार राम्रो सँग वितरित देखिन्छ
09:01 Distribution विकल्पले अब्जेक्टहरु तेर्सो वा ठाडो बितरण गर्दैन
09:07 Horizontal Distribution विकल्पले अब्जेक्टहरु-
09:10 * दायाँ र बायाँ धारमा
09:12 * तेर्सो बिचमा र
09:14 * अब्जेक्टको स्पेसिंगहरु मा मिलाउँछ
09:17 Vertical Distribution विकल्पले -
09:21 * माथि र तलको धार
  • ठाडो बीचमा र
  • अब्जेक्टहरुको स्पेसिंग मिलाउँछ
09:26 अब, यो नक्साको लागि लाइन स्टाइल सृजना गरौँ
09:32 Main menu बाट Format छानौं र Line मा क्लिक गरौँ
09:35 Line डाइलग बक्स देखापर्छ
09:38 Line Styles ट्याबमा क्लिक गरौँ
09:41 Line Styles मा Three dashes and three dots विकल्प छानौं
09:47 Type फिल्ड यसै छोडौं
09:50 Number मा 105 अनि; Length मा 8% इन्टर गरौँ
09:57 Add क्लिक गरौँ र "My Line Style" इन्टर गरौँ र OK क्लिक गरौँ
10:06 पुन: OK मा क्लिक गरौँ
10:08 यो एरो छानौं, राइट क्लिक गरी Line छानौं र Line डाइलग बक्स देखापर्छ
10:13 Line ट्याब क्लिक गरौँ
10:16 Style ड्रप-डाउन बक्समा क्लिक गरौँ
10:19 यसले अब नयाँ सृजित स्टाइल देखाउने छ
10:22 यसलाई छानौं र OK मा क्लिक गरौँ
10:26 हामीले एउटा नयाँ स्टाइल सृजना गरेका छौं!
10:29 अब स्कूल क्याम्पसको बायाँतिर एउटा सानो रंगशाला कोरौं
10:34 Drawing toolbar बाट Basic Shapes मा क्लिक गरौँ र एउटा Circle छानौं
10:40 यसलाई Draw page मा इन्टर गरौँ
10:44 वृतको आउटलाइन My Line Style को छ
10:49 यसभित्र “Stadium” टाइप गरौँ
10:53 अब, अब्जेक्टहरु कम्बाइन, मर्ज, सबट्रयाक्ट र इन्टरसेक्ट गर्न सिकौं
10:59 अब्जेक्टहरु ग्रुप गर्नु र कम्बाइन गर्नुमा के भिन्नता छ?
11:03 अब्जेक्टहरु ग्रुप भएको बेला केहि अब्जेक्टहरु सँगै राखिएका हुन्छन्
11:09 जब अब्जेक्टहरु कम्बाइन गरिन्छ, यो नयाँ अब्जेक्ट सृजना हुन्छ
11:13 हामी तीन अब्जेक्टकोको लागि यी विकल्पहरु प्रयोग गर्ने छौं
11:18 पहिले, Draw फाइलमा एउटा नयाँ पेज थपौं
11:23 Drawing toolbar बाट एउटा वृत कोरौं, Basic Shapes मा क्लिक गरौँ र एउटा Circle छानौं
11:32 mouse लाई Draw पेजमा सारौँ र यसलाई तल तानौं
11:35 अब दोस्रो अब्जेक्ट Diamond कोरौं
11:38 Drawing toolbar बाट Basic Shapes मा क्लिक गरौँ र Diamond छानौं
11:43 कर्सर Draw पेजमा सारौँ र यसलाई तल तानौं र मेनुबारबाट Area Style / Filling ड्रप डाउन बटन छानौं र Red 3 रंग छानौं
11:55 तेस्रो अब्जेक्ट एउटा आयत कोरौं, Rectangle र Green 6 रंग छानौं
12:02 Shift कि थिची राखी प्रत्येक अब्जेक्टहरुमा क्लिक गरेर तीन अब्जेक्टहरु छानौं
12:11 Context menu को लागि राइट क्लिक गरौँ र Combine क्लिक गरौँ
12:14 एउटा नयाँ अब्जेक्ट सृजना भएको छ!
12:18 नयाँ अब्जेक्टले अन्त्यमा सृजना गरेको अन्तिम अब्जेक्टको रंग लिन्छ
12:24 CTRL+Z किहरु एकसाथ थिची यो कार्य अंडू गरौँ
12:29 पुन चित्रहरु छानौं र context menu को लागि राइट क्लिक गरौँ
12:35 Shapes छानौं र Merge मा क्लिक गरौँ
12:38 नयाँ आकार कोरिएको छ!
12:41 तपाईले यी फंक्सनहरु जति धेरै प्रयोग गर्नुहुन्छ त्यति नै धेरै सिक्नुहुन्छ
12:48 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
12:51 यो ट्युटोरियलमा, हामीले ग्रिड, गाइडस्न्याप लाइन हरु प्रयोग गरी अब्जेक्टहरु सहि रुपमा एलाइन गर्न सिक्यौं
12:59 हामीले अब्जेक्टहरु डुप्लिकेट, रिसाइजडिस्ट्रिब्युट गर्न पनि सिक्यौं
13:06 हामीले यी प्रयोग गरी नयाँ लाइन स्टाइलहरु र नयाँ अब्जेक्टहरु पनि सृजना गर्न सिक्यौं -
13:12 कम्बाइन, मर्ज, सब्सट्रयाक्ट, इन्टरसेक्ट
13:17 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
13:20 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
13:23 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
13:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
  • स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
  • अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
13:37 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
13:43 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
13:48 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
13:55 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:

Spoken-tutorial.org/ NMEICT-Intro

14:06 म मन्दिरा थापा बिदा हुदैछुँ
14:10 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya