Difference between revisions of "LaTeX-Old-Version/C2/MikTeX-Updates/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
m (Nancyvarkey moved page LaTeX/C2/MikTeX-Updates/Nepali to LaTeX-Old-Version/C2/MikTeX-Updates/Nepali without leaving a redirect)
 
Line 254: Line 254:
 
| 15:24
 
| 15:24
 
|यो सँगै हामी यो ट्युटोरियलको अन्तमा आएका छौं, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|यो सँगै हामी यो ट्युटोरियलको अन्तमा आएका छौं, सहभागिताको लागि धन्यवाद, नमस्कार
 +
|}

Latest revision as of 11:25, 25 April 2017

Time Narration
00:00 यो लेटेकको मिक्टेकमा छुटेका प्याकेजहरु कसरी अपडेट र संलग्न गर्ने स्पोकन ट्युटोरियलमा स्वागत छ
00:10 हाम्रो डेस्कटपमा हामी texnic सेन्टर देख्ने छौं, यदि तपाईलाई texnic सेन्टर इन्स्टल गर्ने ज्ञान छैन भने कृपया हाम्रो विन्डोजमा लेटेक इन्स्टल र रन गर्ने स्पोकन ट्युटोरियल हेर्नुहोस्
00:22 यसमा विन्डोजमा मिक्टेक इन्स्टल गर्ने पनि रहेको छ, मैले अहिलेसम्म सिर्जना गरेका सम्पूर्ण स्पोकन ट्युटोरियलहरुमा
00:30 रेकर्ड गरिएको ट्युटोरियलको लम्बाई र मैले कम्प्युटरमा बिताएको समय ठ्याक्क एकै छ
00:37 यो ट्युटोरियलमा भने प्रदर्शन गर्न नेटवर्क पहुँच पनि चाहिन्छ
00:43 कुनै डाउनलोडहरुले एकदमै धेरै समय लिन सक्छ अझ यदि ब्याण्डविड्थ कम छ भने
00:48 परिणामको रुपमा म आवश्यक परेमा रेकर्डिङ रोक्ने छुँ
00:55 तपाई एउटा बिमर क्लास प्रयोग गर्ने फाइल देख्न सक्नुहुन्छ, तपाई यो यहाँ देख्न सक्नुहुन्छ
01:02 यदि तपाईलाई बिमरको ज्ञान छैन भने तपाई बिमरमा बनाइएको स्पोकन ट्युटोरियल हेर्न सक्नुहुन्छ
01:09 म कन्ट्रोल र f7 कीहरु एकसाथ थिचेर यो कम्पाइल गर्ने छुँ
01:23 MikTeX ले बिमर नभएको प्रतिक्रिया दिन्छ
01:27 म यो समस्या कसरी समाधान गर्ने चर्चा गर्ने छुँ, पहिलो कुरा भनेको MikTeX अपडेट गर्ने हो
01:34 तपाई यहाँ मैले देखाए जस्तै दुई तरिकामा गर्न सक्नुहुन्छ, स्टार्ट थिचौं, Programs जाऊ
01:47 MikTeX मा दुई विकल्पहरु छन्, एउटा सिधै अपडेट गर्ने हो भने अर्को ब्राउज प्याकेजहरु मार्फत
01:57 हामी अपडेट गर्न सक्छौं, यो पनि प्रयोग गर्न सकिन्छ, उदाहरणको लागि एउटा रिमोट प्याकेज रिपोजिटरी छान्न सकिन्छ
02:12 म प्राय: inria प्रयोग गर्छु, वास्तबमा मैले यो अन्तिम पटक प्रयोग गरेको थिएँ, त्यसैले यो विकल्पको रुपमा छ
02:19 तैपनि तपाई सुरवातमा यी दुई बटनहरु मात्र देख्नुहुनेछ
02:22 सबैभन्दा नजिकैको प्याकेज रिपोजिटरी प्रयोग गरौँ र म अर्को एउटा रिमोट प्याकेज रिपोजिटरी छान्ने छुँ,
02:28 मानौं हामी यो प्रयोग गर्छौं, त्यो भन्दा पहिले हामीले कनेक्सन सेट-अप पनि गर्नुपर्छ
02:34 पहिले कनेक्सन सेटिंग मिलाउनुपर्छ, त्यसैले हामी एउटा प्रक्सी सर्भर प्रयोग गर्छौं, Address, Port
02:44 यसले आधिकारिकता खोज्छ, त्यसैले, म यहाँ क्लिक गर्छुं, यदि मैले यो छाने भने यो देखापर्छ र नाम र पासवर्ड दिऊ
02:58 ल, म यो जानकारी इन्टर गर्ने छुँ, उदाहरणको लागि म आफुलाई सहज हुने जे पनि प्रयोग गर्न सक्छु, त्यसैले यो पहिले नै छानिएको छ
03:19 त्यसैले म यो छान्ने छुँ, ल, अपडेट हुन केहि समय लाग्छ किनभने यसले सम्पूर्ण प्याकेज जानकारी डाउनलोड गर्नुपर्ने हुन्छ
03:33 यसक्रममा म रेकर्डिङ रोक्ने छुँ, पाँच मिनेट जति पछि यो पुन: सुरु हुन्छ र यसले त्यहाँ कुनै अपडेट नभएको जानकारी दिन्छ किनभने मैले भर्खर अपडेट गरेको छुँ
03:47 अन्यथा यसले एउटा प्याकेजहरु सूची दिन्थ्यो र जाच्नुपर्ने प्याकेज पनि सिफारिस गर्थ्यो
03:56 जब मैले पहिलो पटक यसो गरेको थिएँ मैले सम्पूर्ण प्याकेजहरु सुचिकृत पाएँ, अनि मैले त्यहाँ गएर सम्पूर्ण कुराहरु अपडेट गरे
04:05 तपाईले यो अपडेट प्रत्येक दिन गर्नुपर्दैन, तपाईले यो कहिलेकाहीँ एकपटक गर्दा हुन्छ
04:11 ल, अब फर्कौं, अब पुन एकपटक फर्कन सक्छु
04:22 अब हामी पक्कै एउटा एउटा CD/DVD वितरण वा हामीसँग एउटा लोकल रिपोजिटरी छ भने छिमेकी मार्फत अपडेट गर्न सक्छौं
04:34 तपाई त्यो पनि प्रयोग गर्न सक्नुहुन्छ, म यो अहिले क्यान्सल गर्दै छुँ
04:41 हामीले अझै बिमर कसरी संलग्न गर्ने चर्चा गरेका छैनौं, हामीले के गर्यौं भने MikTeX वितरणलाई हालको बनाउने हो
04:53 यहाँ यसो गर्ने दुई तरिकाहरु छन्, मैले चर्चा गर्ने दोस्रो तरिका हो, programs अनि MikTeX मा जाऊ
05:03 त्यसमा browse packages, यसले पनि अलिकति समय लिन्छ, लोड हुन केहि समय लिन्छ
05:17 यसले सम्पूर्ण परिचित प्याकेजहरुको एउटा सुची दिन्छ, यो प्याकेज बन्दा
05:23 यो कोलम एकदमै महत्वपूर्ण छ, यसले यो प्याकेज तपाईको सिस्टममा उपलब्ध छ/छैन भन्ने छ
05:31 त्यसैले खाली तल जाऊ र बिमर उपलब्ध छ/छैन हेरौं, तपाई यो कोलम खाली देख्न सक्नुहुन्छ, जसको मतलब हामीसँग बिमर छैन
05:44 ल, हामी यसमा अघि बढ्नु पहिले, पहिले ‘task’ मा जाऊ, ‘update wizard’ – हामी केहि पहिले देखे जस्तै एउटा पेज देख्छौं
06:01 तपाई सोहि कुरा गर्न सक्नुहुन्छ, तपाई कनेक्सन मिलाउन सक्नुहुन्छ, तपाईको कनेक्सन, प्रक्सी ठिक भएको पक्का गरौँ र आफुलाई मनपर्ने प्याकेज छानौं र अघि बढौं
06:13 हामी अहिले अपडेट नगर्ने भएकोले यो अनुसरण गर्ने छैनौं, तपाईले यो ध्यान दिनुपर्छ कि केहि रिमोट साइटहरुले काम नगरेका हुन सक्छन
06:26 तपाईलाई सहज नभए सम्म तपाईले यिनीहरु मध्ये केहिको प्रयोग गरि हेर्नुपर्ने हुन्छ
06:34 तपाईलाई प्रयोग गर्न सजिलो नभएसम्म, तपाई यसलाई दोहोराउन सक्नुहुन्छ, ल म यो क्यान्सल गर्दैछुँ
06:40 अहिले म यो छान्न चाहन्छु, मैले यो छान्दा यो सक्रिय भएको थियो
06:50 अब यदि मैले इन्स्टल गरे भने यो इन्स्टल गर्ने कार्य अपडेट हुन्छ, एउटा प्याकेज इन्स्टल हुनेछ
07:01 अब त्यसो गरौँ, ल, यो देखापर्छ, proxy authentication is required, यो बन्द गरौँ
07:11 यहाँ हामीले रिफ्रेस गर्नुपर्छ, यसले केहि समय लिनेछ, हामी रिपोजिटरीमा जानेछौं, प्याकेज रिपोजिटरी बदल्ने छौं
07:30 हामीले यसो एकपटक पुन: गर्नुपर्छ, कनेक्सन सेटिंग, ल, यो त्यहाँ पहिले नै छ, ल, यसलाई पासवर्ड पनि चाहिन्छ
07:42 त्यसैले यो दिऊ, त्यसैले ‘inria’ अघि नै छानिएको छ, म यो सक्दै छुँ
08:04 केहि मिनेट पछि हामी यो केहि अपडेट गर्न नसकेको मेसेज प्राप्त गर्छौं, यसले केहि असर गर्दैन
08:10 अब हामी के गर्छौं भने हामी जसरी पनि इन्स्टल गर्न सक्छौ कि हेर्नेछौं, बिमरमा जाऊ, यो यहाँ छ
08:23 यो छानौं, यो थिचौं, ल, अब इन्स्टल हुन सुरु गर्छ, यसले केहि समय लिएर बिमर डाउनलोड गरेको छ, त्यसैले यो बन्द गरौँ
08:45 अब जाँच गरौँ, उदाहरणको लागि यो पेज अहिले अपडेट भैरहेको छ
08:55 यो अपडेट हुन दिऊ, त्यसै समयमा यहाँ आऊ र यसलाई कन्ट्रोल f7 प्रयोग गरि कम्पाइल गरौँ
09:05 ल, म हामीले पहिलेको मा के गर्यौं पक्का छैन, मलाई लाग्छ हामीले यो क्यान्सल गर्नुपर्छ, यो भर्खरको कम्पाइल पछिको परिणाम हो
09:22 अब यो प्रष्ट पार्न यो बन्द गरौँ र कन्ट्रोल f7 थिचौं
09:34 पहिले हामी Beamer was not found भन्ने प्रतिक्रिया पाएका थियौं; अहिले यसले अन्य केहि नभएको भन्छ
09:41 अब यसले बिमरको प्रतिक्रिया दिदैन, यदि तपाई बिमरमा तल गएर जाँच गर्नुभयो भने
09:54 तल Beamer मा स्क्रोल गरौँ र तपाई देख्न सक्नुहुन्छ कि यो 5th November मा इन्स्टल भएको हो, ल, अब हामी यसो गर्ने छौं, यो प्रतिक्रिया मा हेरौं
10:13 र वास्तबमा यसले यो सिधै इन्स्टल गर्ने विकल्प पनि दिन्छ, त्यसैले हामीसँग यसो गर्ने दुई तरिकाहरु छन्
10:17 एउटा यहाँ इन्स्टल गर्ने हो र अर्को यसमार्फत इन्स्टल गर्ने हो, हामीले यसो गर्दा के हुन्छ हेरौं
10:24 यसले आधिकारिकता माग गर्छ
10:35 हामीले यसमा जाँदा अघिल्लो तरिका जस्तो देखिदैन, यसमा अहिले खाली पृष्ठभूमि देखिन्छ
10:45 अब केहि समयको लागि प्रतिक्षा गरौँ
10:48 ल, यो डाउनलोड भएको छ र यसले अब xcolor.sty is missing. Should it install? भन्छ
10:55 हामी अगाडी बढ्ने छौं र यो पृष्ठभूमिमा इन्स्टल हुदैछ, अब यसले ट्रांस्लेटर नभएको भन्छ, अब त्यो पनि इन्स्टल गरौँ
11:10 अब केहि मिनेट पछि पनि अन्य केहि देखापरेको छैन, यहाँ जाऊ र हालको अवस्था हेरौं
11:22 यहाँ रीसेट गरौँ, अब हामी हामीले इन्स्टल गर्न खोजेका प्याकेजहरु पहिले नै इन्स्टल छ कि जाच्ने छौं
11:29 हामी त्यहाँ बिमर पहिले नै देख्न सक्छौं, अब हामीले अन्य कुरा हेर्नुपर्ने छ, नामत:- pgfcode, xcolor र translator
11:59 तपाई pgf आज इन्स्टल भएको देख्न सक्नुहुन्छ, हामी ट्रांस्लेटर खोज्दै छौं, यो पनि इन्स्टल भएको छ
12:17 Xcolor अर्को हो, यसको पनि पुष्टि गरौँ, यो पनि इन्स्टल भएको छ, अब यहाँ सबै प्याकेजहरु छन्, कम्पाइल गरौँ, कन्ट्रोल f7 थिचौं
12:40 ल, यो भैरहेको छ, अब हामी यो बन्द गर्ने छौं, अब हामीलाई यो चाहिदैन
12:48 म मैले बनाएको फाइल खोल्ने छुँ, यो लेटेक फाइल्समा छ, र यो फाइलको नाम MikTeX update dot tex हो
13:03 त्यसैले अब म MikTeX update dot pdf खोज्दै छुँ, मैले खोजेको फाइल यो हो, म यसलाई Sumatra मा खोल्दै छुँ
13:21 ल, यो भयो, म यसलाई केहि सानो बनाउदै छुँ, यसलाई यहाँ लगौं, यसलाई ठूलो बनाउँदा के हुन्छ हेरौं
13:42 म यो बन्द गर्छु, तपाई मिति 4th November देख्न सक्नुहुन्छ, म यो हिजो पनि गर्न खोज्दै थिएँ तर यसले काम गरेन
13:54 म अब यसलाई 5th मा बदल्ने छुँ, यो सेभ गरौँ, कन्ट्रोल f7, यो अपडेट भएको छ, तल जाऊ
14:14 यहाँ स्पोकन ट्युटोरियलको धन्यवाद ज्ञापन छ, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को अनुदान रहेको छ
14:24 यो मिसनको वेबसाइट sakshat.ac.in हो, तपाई यो स्पोकन ट्युटोरियलको प्रतिक्रिया kannan@iitb.ac.in पठाउन सक्नुहुन्छ
14:35 हामी भबिष्यमा spoken tutorial. org मार्फत स्पोकन ट्युटोरियल गतिविधिको संयोजन गर्ने छौं
14:42 म धेरै अपडेट हुन र प्रत्येक प्याकेजहरु इन्स्टल गर्न धेरै समय नलिएको बताउन चाहन्छु
14:51 दुई मिनेट जति लाग्न सक्छ तर सुरुमा अपडेट गर्दा धेरै समय लाग्ने छ
14:56 उदाहरणको लागि, यहाँ म MikTeX 2.7 प्रयोग गर्दैछुँ, र यदि म यसलाई पहिलोपटक अपडेट गर्दै छुँ भने यसले २० मिनेट वा आधा घण्टा पनि लिन सक्छ
15:08 त्यसैले यो तपाईसँग भएको MikTeX को संस्करणमा भरपर्छ, यसले अपडेट गर्न केहि समय लिनेछ, सुरुमा यसलाई केहि बढि समय लाग्ने छ
15:17 त्यसपछि यदि तपाईसँग राम्रो नेटवर्क प्याकेज छ भने धेरै समय लाग्ने छैन
15:24 यो सँगै हामी यो ट्युटोरियलको अन्तमा आएका छौं, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, Nancyvarkey, PoojaMoolya