Difference between revisions of "LaTeX-Old-Version/C2/Installing-MikTeX/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
m (Nancyvarkey moved page LaTeX/C2/Installing-MikTeX/Nepali to LaTeX-Old-Version/C2/Installing-MikTeX/Nepali without leaving a redirect)
 
Line 1: Line 1:
{| border=1
+
{| border=1
 
|'''Time'''
 
|'''Time'''
 
|'''Narration'''
 
|'''Narration'''
Line 344: Line 344:
 
| 27:12
 
| 27:12
 
|कृपया हामीलाई तपाईको प्रतिक्रिया पठाउनुहोस्, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|कृपया हामीलाई तपाईको प्रतिक्रिया पठाउनुहोस्, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 +
|}

Latest revision as of 11:22, 25 April 2017

Time Narration
00:00 इन्स्टलिंग लेटेक अन विन्डोज ट्युटोरियलमा स्वागत छ
00:08 यो उत्कृष्ट डकुमेन्ट बनाउन प्रयोग गर्न सकिन्छ, यदि तपाईलाई धेरै डकुमेन्ट सिर्जना गर्नुपर्ने छ भने तपाईले लेटेक सिक्नु राम्रो हुन्छ
00:19 यदि तपाईलाई त्यहाँ धेरै गणित समाबेस गर्नुपर्छ भने त्यहाँ लेटेक बाहेक अर्को विकल्प छैन
00:27 एउटा अपरेटिंग सिस्टममा सिर्जना गरिएको लेटेक डकुमेन्ट कुनै परिवर्तन नगरी अन्य अपरेटिंग सिस्टमहरुमा चल्छ, जस्तै विन्डोजमा बनाएको डकुमेन्ट लिनक्स र म्याकमा चल्छ, लेटेक निशुल्क र ओपन सोर्स हो
00:44 त्यस बाहेक यसमा उत्कृष्ट युजर कम्युनिटी छ जसले तपाईका समस्याहरु समाधान गर्छ, उदाहरणको लागि tug India मा जानुहोस्
00:52 लेटेकका तलका स्पोकन ट्युटोरियलहरु moudgalya.org मा उपलब्ध छन्
00:58 यो ट्युटोरियल सुरु गर्नु पहिले माथिको सुचीको पहिलो नामत: what is compilation ट्युटोरियल हेर्नुहोस्
01:06 अन्तमा जानकरीको लागि वेब सर्च गर्नु सबैभन्दा उत्तम हुन्छ, भविष्यमा लेटेक सम्बन्धि सहयोगहरु http fosse dot in मा उपलब्ध हुनेछन – दुई ‘s’ हरु र दुई ‘e’ हरु याद गरौँ
01:22 FOSSEE को मतलब free and open source software in science and engineering education हो, अब म विन्डोज अपरेटिंग सिस्टममा लेटेक कसरी प्रयोग गर्ने वर्णन गर्ने छुँ
01:37 अब म लेटेकको निशुल्क वितरण Miktex इन्स्टल गर्न सुरु गर्छु, अनि texnic-center जुन मिक्टेकको निशुल्क फ्रन्ट एण्ड हो
01:49 म Texnic –सेन्टर प्रयोग गरि कसरी कम्पाइल गर्ने देखाउने छुँ र हामी यो Adobe Reader मार्फत हेर्नेछौं, हामी एउटा वैकल्पिक पिडिएफ रिडर Sumatra मा टुंग्याउने छौं जुन निशुल्क र ओपन सोर्स हो
02:04 मिक्टेक विन्डोजमा लेटेकको चर्चित इन्स्टलेसन हो, miktex dot org मा २.७ संस्करण खोजौं
02:18 ल, त्यहाँ जाऊ, यो यहाँ छ, ल, तपाई यो डाउनलोड गर्न सक्नुहुन्छ
02:40 यो डाउनलोड गरेपछि सेभ गरौँ, किनभने यदि तपाई सिकारु हुनुहुन्छ भने तपाईलाई यो पछि पनि प्रयोग गर्नुपर्छ, यहाँ फाइलको नाम दिइएको छ, यो एउटा ठूलो फाइल हो लगभग ८३ मेगाबाइट
02:57 मिक्टेकको पुरा संस्करण अझ ठूलो छ, झन्डै ९०० मेगाबाइट जति, त्यसैले हामी त्यो सिफारिस गर्दैनौं
03:04 यदि तपाईसँग राम्रो कनेक्सन छैन भने fossee dot in मा भविष्यमा उपलब्ध हुने CD प्रयोग गर्नुहोस्
03:12 मैले यो इन्स्टलेसन आफ्नो downloads डिरेक्टरीमा सेभ गरेको छुँ, म अब यो खोल्ने छुँ
03:21 मैले यो यहाँ पहिले नै डाउनलोड गरेको छुँ, म त्यो आइकनमा क्लिक गरेर इन्स्टल गर्न सुरु गर्छु
03:32 सम्पूर्ण डिफल्ट उत्तरहरु दिनुहोस्, इन्स्टल हुन लगभग २० मिनेट जति लाग्छ, त्यसैले म त्यो यहाँ देखाउने छैन
03:41 मैले यो पहिले नै इन्स्टल गरेको छुँ, यो यहाँ इन्स्टल भएको छ
03:47 अर्को एडोबी रिडर, यो एउटा पिडिएफ फाइलहरु देखाउन प्रयोग गरिने निशुल्क रिडर हो
03:56 तपाईको सिस्टममा यो पहिले नै हुन सक्छ, त्यसो भए तपाई बाँकी स्लाइड छोड्न सक्नुहुन्छ
04:03 यदि तपाईसँग यो छैन भने adobe डट com मा जाऊ, निशुल्क एडोबी रिडर डाउनलोड गरौँ
04:11 मैले यो मेरो downloads डिरेक्टरीमा डाउनलोड गरेको छुँ, यो यहाँ छ
04:21 यसमा दोहोरो क्लिक गरौँ र इन्स्टल गरौँ, डिफल्ट उत्तरहरु स्वीकार्य छन्, मैले त्यो पहिले नै गरेको छुँ
04:29 अर्को हामी विन्डोजमा texnic-center इन्स्टल गर्ने छौं, texnic center डट org मा जाऊ, texnic सेन्टरको दुई c याद गरौँ
04:43 ल, मसँग यो यहाँ छ/छैन हेरौं, यो यहाँ छ, ल मसँग texnic center डाउनलोड डिरेक्टरी छ
05:01 र यदि तपाई यहाँ तल जानुभयो भने, म हेर्छु, हामी texnic center dot org मा फर्कदै छौं
05:10 अब त्यहाँ जाऊ, ल, हामी त्यो गर्दै छौं, फर्केर हेरौं, ल, यो यहाँ छ, यो texnic सेन्टर वेबपेज हो
05:28 तपाई यसमा टेक्निक सेन्टरको जानकारी रहेको देख्न सक्नुहुन्छ, तपाईको लेटेक संसारको सेन्टर आदि
05:36 तपाईले डाउनलोड क्लिक गर्नुपर्छ, यो हामीसँग भएको अघिल्लो पेज हो
05:45 तपाई त्यहाँ गएपछि गर्ने काम भनेको डाउनलोड पेजमा क्लिक गरी डाउनलोड गर्ने हो, मैले त्यो पहिले नै डाउनलोड गरेको छुँ
06:00 तपाई यो मैले डाउनलोड गरेको downloads डिरेक्टरी भएको देख्न सक्नुहुन्छ, अब हामी के गर्छौं भने डाउनलोड बटनमा क्लिक गरौँ
06:19 अब यसले पहिले उल्लेख गरे अनुसार डाउनलोडहरुको सूचीमा लानेछ, हामीलाई टेक्निक सेन्टर इन्स्टलर चाहिन्छ, जुन सूचीमा पहिलो छ
06:27 यसमा क्लिक गरौँ, तपाईले डाउनलोड गर्न एउटा मिरर छान्नुपर्ने हुनसक्छ, यो डाउनलोड पछि प्रयोग गर्न यसलाई सेभ गरौँ
06:38 मैले पहिले भने यो मेरो downloads फोल्डरमा छ, अब यसमा दोहोरो क्लिक गरि डिफल्ट उत्तरहरु दिएर यसलाई इन्स्टल गरौँ
06:47 अब म त्यहाँ जान्छु, downloads मा जाऊ, यसको बारेमा हेरौं, यो gpl एग्रिमन्ट एक्सेप्ट गरौँ, नेक्स्ट, अघि बढौं र यो इन्स्टल गरौँ, ल यो इन्स्टल हुदैछ
07:29 अनि टेक्निक सेन्टर डेस्कटपमा एउटा सर्टकट सहित इन्स्टल हुनेछ, डेस्कटपको टेक्निक सेन्टर आइकनमा दोहोरो क्लिक गरौँ र खोलौं
07:45 ल, यहाँ डेस्कटप छ, म यो खोल्छु, यो बन्द गर्छु, यसले टेक रहेको स्थान इन्टर गर्न भन्छ
08:15 मलाई यसको स्थान थाहा छ, त्यसैले म यो इन्टर गर्छु,: c कोलन, program files, miktex 2.7, miktex, bin, यसको लागि तपाई ब्राउज गरि डिरेक्टरी पत्ता लगाउन सक्नुहुन्छ
08:41 ल, म अर्को पेजमा आएको छुँ, यो पोस्ट स्क्रिप्ट भ्युअर हो, हामी यो एक्सेप्ट गर्नेछौं, हामी केहि पनि इन्टर गर्ने छैनौं
08:49 यहाँ म ब्राउज गर्ने छुँ र मेरो एडोबी डिरेक्टरी भएको स्थानमा यो इन्स्टल गर्ने छुँ
09:06 ल, यो program files, adobe, reader 9.0, reader मा छ, त्यसैले म त्यो मात्र क्लिक गर्ने छुँ, अब यो छानिएको छ, नेक्स्ट अब Finish
09:33 ल, अब टेक्निक सेन्टर कन्फिगर गरिएको छ, अब म यो सबै देखिने बनाउन यसलाई अलि सानो बनाउने छुँ
09:46 यो यहाँ देखापरेको छ, म यसलाई वास्तबमा अलि ठूलो बनाउने छुँ ल, अब हामी यो प्रयोग गर्न तयार छौं, अब यहाँ फर्कौं
10:07 यसले एउटा टिप् दिनेछ, यो बन्द गरौँ, यसले एउटा कन्फिगरेसन मेनु खोल्ने छ, र लेटेक इन्स्टल गर्न भन्ने छ, मिक्टेक सिफारिस पनि गर्ने छ
10:16 हामीले यो एक्सेप्ट गरिसकेका छौं, हामीले नेक्स्ट बटन थिच्यौ, हामीसँग मिक्टेकको बाइनरी फाइलहरु रहेको फोल्डर एड्रेस मागिन्छ
10:27 हामीले त्यो पनि इन्टर गर्यौं, मेरो डिरेक्टरीमा यो यहाँ छ, मैले यो आफैं इन्टर गरें, PS file मा हामीले केहि इन्टर गर्नुपर्दैन, र हामीले ब्राउज गर्यौं र यसको लागि एक्रोब्याट पिडिएफ रिडरको स्थान दियौं
10:48 अब हामी टेक्निक सेन्टर प्रयोग गर्न तयार छौं, त्यसैले यदि तपाईले पहिले moudgalya dot org मा उपलब्ध ‘what is compilation’ स्पोकन ट्युटोरियल हेर्नुभएको छैन भने कृपया हेर्नुहोस्
11:00 बाँकी स्पोकन ट्युटोरियलमा यो मानिन्छ कि तपाईले यो हेरिसक्नुभएको छ, त्यसैले टेक्निक सेन्टरमा जाऊ र फाइल मेनु क्लिक गरौँ, अनि हामी के गर्छौं त?
11:15 यदि तपाई एउटा फाइल सिर्जना गर्न चाहनुहुन्छ भने new क्लिक गरौँ र टाइप गरि सेभ गरौँ, मसँग पहिले नै ‘hello.tex’ फाइल छ, यो लोड गरौँ, ल, हामी यसो गर्ने छौं
11:24 ल, यहाँ जाऊ, File, Open, यो यहाँ लेटेक फाइलमा छ, hello dot tex, म यो ओपन गर्ने छुँ, अब यहाँ फर्कौं
11:50 टेक्निक सेन्टरको लागि राम्रो सहयोगहरु यसमै आउछन, अर्को उत्कृष्ट स्रोत भनेको texnic center dot org हो जुन हामीले पहिले नै हेरिसकेका छौं
12:00 अहिलेको लागि Contents क्लिक गरौँ, यहाँ texnic center र लेटेकमा सहयोग प्राप्त गर्न सकिन्छ, मैले भन्न खोजेको यहाँ आऊ, यहाँ Help, Contents छन्
12:16 ल, हामी देख्न सक्छौं हामी दुई कुरामा सहायता प्राप्त गर्न सक्छौं नामत: टेक्निक सेन्टर र लेटेक हेल्प ई-बुक
12:28 यदि मैले यो क्लिक गरे भने हामी बिभिन्न कुराहरु देख्ने छौं, तपाई यो पनि क्लिक गर्न सक्नुहुन्छ, उदाहरणको लागि हामी लेटेक म्याथ्स र ग्राफिक्स देख्न सक्छौं
12:42 Maths- तपाई बिभिन्न कुराहरु प्राप्त गर्न सक्छौं, फ्र्याक्सन, म्याट्रिक्स आदि इत्यादी, यो बन्द गरौँ
12:52 एडभान्सड लेटेक, इन्भायरोमेन्टहरु, हामीसँग एलाइनमन्ट, इन्भायरोमन्ट, एरे, पिक्चर्स, म्याथ्स आदि इत्यादी छन्
13:02 यो पनि बन्द गरौँ, ल, यहाँ आऊ, टेक्निक सेन्टर को हेल्प, पहिलोले फन्टको रुपरंग र टेक्निक सेन्टरमा सहायता गर्छ
13:25 यसले तपाईलाई कसरी टेक्निक सेन्टर कन्फिगर गर्ने सघाउँछ, कहिलेकाहीँ त्यहाँ मेनुअल र वास्तविक कुरामा भिन्नता देखिएमा हामी वेब सर्च गरि उत्तर पत्ता लगाउन सक्छौं
13:37 वास्तबमा यो प्राय ओपन सोर्स सफ्टवेयर सिस्टमको स्ट्याण्डर्ड तरिका हो, कसैलाई सोध्नुहोला, उनीहरुले उत्तर दिनेछन
13:45 दोस्रो चाहिँ लेटेक सम्बन्धित हेल्प हो, हाम्रो रिपोर्टको संरचना कसरी मिलाउने, गणित कसरी संलग्न गर्ने, सूचीमा रहेका इन्भायरोमेन्टहरु कसरी संलग्न गर्ने? आदि
13:52 वास्तबमा वेबसर्च एउटा उत्कृष्ट विकल्प पनि हो, अब यहाँ फर्कौं र फन्ट अलि ठूलो पारौं, ल यो यहाँ छ, tools, options, text format
14:19 म यो साइज 12 छान्छु, ल, तपाई साइज ठूलो भएको देख्न सक्नुहुन्छ, मैले फन्ट अलि ठूलो पारें, हामीले यो गर्यौं, अब यदि तपाई चाहनुहुन्छ भने तपाई लाइन नम्बर पनि संलग्न गर्न सक्नुहुन्छ
14:44 ल, यहाँ फर्कौं, tools, options, editor, show line numbers, ल, अब तपाई लाइन नम्बरहरु देख्न सक्नुहुन्छ
15:03 अब हाम्रो डकुमेन्ट कम्पाइल गरौँ, latex to pdf विकल्प छानौं, अनि CTRL SHIFT र F5 कीहरु एकसाथ थिचौं
15:27 म यो गर्दैछुँ, यदि मैले एकैचोटी ctrl, shift, f5 किहरु थिचे भने के हुनेछ? यसले कम्पाइल गर्ने छ र एउटा पिडिएफ फाइल देखिने छ, मसँग एउटा लाइन हुनुपर्छ, त्यो गरौँ, ctrl shift, f5
15:48 तपाई यो कम्पाइल भैरहेको देख्नुहुन्छ, र यसले पिडिएफ रिडर खोलेको छ, म यसलाई यहाँ ल्याउने छुँ, तपाई यहाँ एउटा मात्र लाइन देख्न सक्नुहुन्छ
16:06 तपाई यो फाइल परिमार्जन, कम्पाइल गर्न र नतिजा हेर्न सक्नुहुन्छ, म hello dot tex र hello dot pdf बन्द गर्दै छुँ, हामी यो पछि पनि गर्न सक्छौं
16:19 अब हामी एडोबी रिडरमा भएको एउटा बेफाइदाको चर्चा गर्ने छौं, report dot tex फाइल लोड गरौँ जुन ‘report writing’ स्पोकन ट्युटोरियल सिर्जना गर्न प्रयोग गरिएको थियो र moudgalya dot org मा पनि उपलब्ध छ
16:32 म यो गर्छु, अब म यो बन्द गर्ने छुँ तर report dot tex खोल्ने छुँ, ल म यो यहाँ लाने छुँ, म यसमा थप केहि देख्न सकूँ, पहिले हामी ctrl, shift f5 थिची कम्पाइल गर्ने छौं
17:06 यसले कम्पाइल गर्छ, १ पेज रिपोर्ट देखिन्छ, यसलाई यहाँ लगौं, यसलाई अलि ठूलो पारौं, ल के हुन्छ?
17:31 ल, हामीले यो गर्यौं, अब हामी डकुमेन्टको क्लास report मा बदल्ने छौं, यो यहाँ article छ, म यो मेट्छु र यसलाई report मा बदल्छु
17:46 यसलाई सेभ गरौँ अनि कम्पाई गरौँ – ctrl shift f5 – ल, अब यो दुई पेजमा देखिएको छ, यसलाई पुन फर्काउँ र अलि ठूलो पारौं, दोस्रो पेजमा जाऊ, ल यो दोस्रो पेजमा छ
18:14 हामी देख्न सक्छौं यो दोस्रो पेजमा जान्छ र हामी यसलाई दोस्रो पेजमा खोज्दै थियौं, ल पुन: कम्पाइल गरौँ, यहाँ फर्कौं, हामी यो बन्द गर्न सक्छौं, हामीलाई यो चाहिदैन
18:36 यो report dot pdf मा जाऊ, म अहिले दोस्रो पेज हेर्दै छुँ, तपाई यो यहाँ देख्न सक्नुहुन्छ, यो दोस्रो पेज हो
18:51 हामी दोस्रो पेजमा हेर्दै छौं, म यहाँ फर्कंछु, म पुन: कम्पाइल गर्छुCtrl, shift, f5 – र यो पुन पहिलो पेजमा गएको देखिन्छ
19:03 यो पुन: खुल्छ तर पहिलो पेज देखाउँछ, त्यहि कुरा मैले यहाँ उल्लेख गरें, पहिलो पेज खुल्छ, हामी दोस्रो पेज हेर्दै छौं, कम्पाइल गर्दा यो पहिलो पेजमा जान्छ
19:19 यो एउटा समस्या हो, एडोबी रिडरले हेरिरहेको पेज सम्झदैन, ठूला डकुमेन्टहरुमा एउटा ठूलो समस्या हुन सक्छ
19:27 यदि तपाई एडोबी रिडर प्रयोग गर्नुहुन्छ भने फाइल सधै पहिलो पेजमा खुल्छ, यो ठूलो डकुमेन्टहरुको लागि समस्या हो
19:37 पिडिएफ रिडर Sumatra ले यो समस्या समाधान गर्छ, साथै Sumatra ले स्वत: पिडिएफ फाइलहरु पनि रिफ्रेस गर्छ, साथै यसले अन्तिम पटक हेरेको पेज पनि याद गर्छ
19:51 र Sumatra निशुल्क र ओपन सोर्स हो, यो रिडर सर्च गर्दा तपाईले यो पेज प्राप्त गर्नुहुन्छ, म छोटकरीमा पेज देखाउने छुँ
20:01 ल, यो यहाँ छ, र यो डाउनलोड पेजमा जाऊ, यसले तपाईलाई इन्स्टल गर्नुपर्ने फाइल देखाउँछ यो 1.5 mb जतिको छ जुन मैले पहिले नै डाउनलोड गरेको छुँ
20:17 त्यसैले म अहिले यो बन्द गर्छ्, यहाँ जाऊ, अर्को पेजमा जाऊ, आइकनमा दोहोरो क्लिक गरौँ र डिफल्ट उत्तरहरु दिएर यो इन्स्टल गरौँ
20:35 म यो अहिले गर्दै छुँ, downloads मा जाऊ, मैले Sumatra डाउनलोड गरिसकेको छुँ, म यो इन्स्टल गर्छुं, ल, इन्स्टल यो भयो
20:54 बन्द गरौँ, Sumatra अब इन्स्टल भएको छ, अर्को पेजमा जाऊ, मेरो सिस्टममा यो program files, Sumatra dot pdf मा इन्स्टल हुन्छ
21:11 पहिले हामीले टेक्निक सेन्टरलाई यसले Sumatra प्रयोग गर्नुपर्ने भन्नुपर्छ, त्यसैले build मा जाऊ अनि define output profile
21:22 अनि viewer मा, यो यहाँ छ, वास्तबमा हामीलाई यो पनि चाहिदैन, म यो बन्द गर्छु, यो texnic सेन्टर हो, build, define output profile, viewer मा जाऊ
21:43 यसले Adobe देखाईरहेको छ, मानौं हामी यो बदल्न चाहन्छौं, यहाँ फर्कौं, यहाँ जाऊ
21:54 यहाँ फर्कौं, program files मा हामी Sumatra मा हेर्छौं, यो यहाँ छ, र हामीले यसलाई जनाउनु पर्छ, ल हामीले काम सक्यौं
22:11 ल, अबबाट यो Sumatra प्रयोग गरि कम्पाइल हुनेछ, ल हामीले ब्राउज गर्यौं, स्थान खोज्यौं, अब हामी Sumatra प्रयोग गर्न तयार छौं
22:25 ल, हामी एडोबी रिडर बन्द गर्छौं, कन्ट्रोल f7 कीहरु एकसाथ थिची report डट tex फाइल कम्पाइल गरौँ
22:34 अब हामी पहिले गरेको जस्तो नगरी ctrl र f7 थिच्ने छौं, तपाई यो कम्पाइल भएको देख्नुहुन्छ
22:47 अब के गर्ने? report dot pdf फाइलको स्थान हेरौं, यसलाई Sumatra प्रयोग गरि खोलौं, लेटेक फाइलमा जाऊ, ल, report dot pdf यहाँ छ, म यसलाई ‘open with’ Sumatra गर्ने छुँ
23:08 ल, यो Sumatra हो, म यसलाई अलि माथि लानेछु, अर्को पेजमा जाऊ, यो पहिलो पेज हो, दोस्रो पेजमा हामी यहाँबाट जाने छौं, ल, यो दोस्रो पेज हो
23:42 अब हामी के गर्छौं भने हामी दोस्रो पेजमा जाने छौं र टेक्स्टमा एउटा लाइन थप्ने छौं, अब टेक्स्टमा एउटा लाइन थपौं, “Added Line”, यो सेभ गरौँ, अनि Ctrl F7
24:03 र तपाई report dot pdf हेर्न सक्नुहुन्छ, तपाई पेज नम्बर अझै उहीं भएको देख्नसक्नुहुन्छ, वास्तबमा, मसँग यो पहिले नै थियो त्यसैले सबैभन्दा सजिलो तरिका भने म यसलाई सानो बनाउने छुँ जसले गर्दा हामी दुवै एकसाथ देख्न सकौं
24:23 अब म के गर्ने छुँ भने यो मेट्ने छुँ, यो सेभ गरौँ, control f7, कम्पाइल भएको छ, यो खोलौं, तपाई यो हराएको देख्न सक्नुहुन्छ
24:38 वास्तबमा, म के गर्न सक्छु भने मानौं म ‘chapter- new” मा जान सक्छु, यो बन्द गरौँ, सेभ गरौँ र ctrl f7
24:59 अब यहाँ जाऊ, अब हामी त्यहाँ तीन पेजहरु देख्न सक्छौं तर हामी दोस्रो पेजमा छौं किनभने हामीले दोस्रो पेजबाट सुरु गरेका थियौं
25:05 अब हामी तेस्रो पेजमा जान्छौं, यदि मैले यसलाई पुन: कम्पाइल गरे भने यहाँ फर्कौं, यसमा केहि परिवर्तन हुदैन, यो Sumatra को मुख्य कुरा हो
25:18 ल, हामीले यो सबै गर्यौं, अब एकपटक सबै हेरौं, पिडिएफ फाइल स्वत: बदलिन्छ, तपाईले यसलाई बदल्नु पर्दैन
25:25 अझ महत्वपूर्ण भनेको यसले सोहि पेज देखाउँछ, एउटा एपेन्डिक्स थपौं र ctrl f7 प्रयोग गरि कम्पाइल गरौँ, यसमा तीन पेजहरु छन्, त्यसैले हामी पेज तीनमा जान सक्छौं, पुन: कम्पाइल गरौँ, यो पेज तीनमै हुन्छ
25:38 अब के? हामीले खाली Miktex, लेटेकको उपलब्ध आधारभूत संस्करण मात्र इन्स्टल गर्यौं, तपाई यसमा धेरै कुराहरु गर्न सक्नुहुन्छ
25:48 यहाँ बिभिन्न प्याकेजहरु उपलब्ध छैनन्, यहाँ केहि सुचिकृत छन्, साथै उपयोगी प्याकेजहरु पनि जस्तै बिमर
25:57 त्यस्ता छुटेका प्याकेजहरु संलग्न गर्ने तरिका अर्को स्लाइडमा चर्चा गरिएको छ, बेसिक मिक्टेक इन्स्टल गर्ने बित्तिकै यसलाई अपडेट गरौँ
26:06 विन्डो स्क्रिनको तल्लो बायाँ कुनाको टास्कबारमा रहेको स्टार्ट बटनमा क्लिक गरौँ
26:12 programs अनि miktex 2.7 मा क्लिक गरौँ, update क्लिक गरौँ, आवश्यकता अनुसार अपडेट गर्न mirror, proxy आदि छानौं
26:22 अनि यो ट्युटोरियलमा चर्चा गरे जस्तै Texnic सेन्टरको प्रयोग गरौँ, जब एउटा प्याकेज छुट्छ, मिक्टेकको प्याकेज इन्स्टल हुँदा मिक्टेकले यसलाई इन्स्टल गर्न भन्ने छ
26:32 तपाई यो इन्टरनेटबाट वा एउटा CD बाट इन्स्टल गर्न सक्नुहुन्छ, पहिले तपाईले सम्पूर्ण सामग्रीहरु हार्डडिस्कमा कपि गर्नुपर्छ अनि तपाईले त्यहाँबाट इन्स्टल गर्नुपर्छ
26:45 यसलाई CD बाट इन्स्टल गर्दा केहि समस्याहरु हुन सक्छ, यसले लगभग 1 GB हार्डडिस्क स्पेस लिन्छ
26:55 यदि तपाईसँग प्रश्नहरु छन् भने कृपया हाम्रो युजर कम्युनिटीमा सम्पर्क गर्नुहोस्, उदाहरणको लागि TUG India मा सम्पर्क गर्नुहोस्
27:01 हामी fosee डट in मार्फत पनि केहि सहायता गर्ने अपेक्षा गर्छौं, हामी भबिष्यमा लेटेकमा थप स्पोकन ट्युटोरियलहरु सिर्जना गर्ने आशा गर्छौं
27:12 कृपया हामीलाई तपाईको प्रतिक्रिया पठाउनुहोस्, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, Nancyvarkey, PoojaMoolya