KiCad/C2/Electric-rule-checking-and-Netlist-generation/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:25, 12 December 2013 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.01 प्यारा साथीहरु,
00.03 KiCad मा इलेक्ट्रिक रुल चेक र नेटलिस्ट जेनेरेसन स्पोकन ट्युटोरियलमा स्वागत छ
00.09 यो टुटोरियलमा हामी सिक्नेछौं
00.12 कम्पोनेन्टमा मानहरु राख्न
00.14 इलेक्ट्रिक रुल चेक गर्न
00.17 बनाएको खाकाको लागि नेटलिस्ट बनाउन
00.21 हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
00.25 साथै यो टुटोरियलमा KiCad भर्सन 2011 हाइफन 05 हाइफन 25
00.33 यो टुटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान आवश्यक छ
00.38 युजरलाई KiCad मा कसरी सर्किटको खाका कोर्ने ज्ञान हुनुपर्छ
00.42 सान्दर्भिक टुटोरियलको लागि कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा हेर्नुहोला
00.49 KiCad सुरु गर्न,
00.50 उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जानुहोस्
00.56 पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
01.01 सर्च ट्याबमा KiCad लेखौं र इन्टर थिचौं
01.10 यसले मुख्य KiCad विन्डो खोल्नेछ
01.13 EEschema ट्याबमा क्लिक गरौँ
01.17 एउटा इन्फो डायलग बक्स देखापर्छ जसले खाका भेट्टाउन नसकेको बताउछ
01.21 OK मा क्लिक गरौँ
01.23 हामी पहिले बनाएको फाइल project1.sch प्रयोग गर्नेछौं
01.29 File मेनुमा जाउँ र Open मा क्लिक गरौँ
01.33 चाहेको डिरेक्टरीबाट project1.sch छानौं
01.44 अब, हामी कम्पोनेन्टहरुमा मान राख्नेछौं
01.49 R2 कम्पोनेन्टमा मान राखौं
01.54 कर्सर R माथि राख्नुहोस्, R2 रेजिस्टर सम्बन्धित
02.01 राइट क्लिक गरौँ र फिल्डको मान छानौं
02.05 यसले Edit value field विन्डो खोल्नेछ
02.11 1M टाइप गरौँ र OK मा क्लिक गरौँ
02.17 हामी देख्छौं 1M (मतलब १ मेघा ओम) मान रेजिस्टर R2 मा राखिएको छ
02.24 मैले यस्तै तरिकाले अन्य कम्पोनेन्टहरुमा पनि मानहरु राखिसकेकी छुँ
02.29 अर्को प्रक्रिया भनेको यो सर्किटको इलेक्ट्रिक रुल जाँच गर्ने हो
02.36 EEschema विन्डोको माथिको प्यानलमा जाउँ
02.39 Perform Electric Rule Check बटनमा क्लिक गरौँ
02.44 यसले EEschema Erc विन्डो खोल्नेछ
02.48 Test Erc बटनमा क्लिक गरौँ
02.52 हामी त्यहाँ दुई एररहरु भएको देख्छौं
02.56 दुवै एररहरुले टर्मिनलमा पावर स्रोत छैन भन्छ
03.00 Close बटनमा क्लिक गरौँ
03.03 schematic मा, एरर नोड़हरु एरोले देखाईएको छ
03.12 यहाँ एउटा power Flag जोडौं, त्यसैले kicad ले हामी यहाँ एउटा पावर सप्लाई जोड्न जादैछौं भन्ने थाहा पाउनेछ
03.22 यसका लागि,
03.24 दायाँ प्यानलमा, Place a power port बटनमा क्लिक गरौँ
03.29 अब, कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न EEschema विन्डोमा क्लिक गरौँ
03.34 List All बटनमा क्लिक गरौँ र तपाई पावर नोटेसनको सूची देख्न सक्नुहुन्छ
03.40 PWR_(अन्डरस्कोर)FLAG छानौं र OKमा क्लिक गरौँ
03.49 हामी पावर फ्ल्याग, Vcc टर्मिनल संगै राख्नेछौं
03.55 यसलाई राख्न EEschema मा क्लिक गरौँ
03.59 हामीलाई त्यस्ता दुई पावर फ्ल्यागहरु चाहिन्छ किनभने हामीसंग त्यो प्रकारका दुई एररहरु छन
04.05 पावर फ्ल्यागमा कर्सर राखौं र यसलाई कपि गर्न c थिचौं
04.10 यो पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनल नजिक राखौं
04.15 अब, हामी पावर फ्ल्याग तारले जोड्नेछौं, दायाँ प्यानलमा जाउँ र place a wire बटनमा क्लिक गरौँ
04.24 अब पावर फ्ल्यागलाई VCC टर्मिनलमा जोडौं
04.35 यसैगरी, पावर फ्ल्यागलाई ग्राउण्ड टर्मिनलमा जोडौं
04.44 अब, हामी Schematic ERC रन गर्नेछौं, एक चोटी पक्का गर्न जाच्नुहोस्
04.49 यसको लागि, EEschema विन्डोको माथिको प्यानलकोElectric Rules Check गरौँ
04.55 यसले EEschema Erc विन्डो खोल्नेछ
04.58 Test Erc बटनमा क्लिक गरौँ
05.01 हामी त्यहाँ कुनै एरर नभएको देख्न सक्छौं
05.04 Close मा क्लिक गरौँ
05.07 अब कसरी नेटलिस्ट बनाउने हेरौं
05.10 नेटलिस्टले कम्पोनेन्टको सूची र तिनीहरुलाई संगै जोड्ने नोड़हरुको जानकारी दिन्छ
05.16 हामी यो ट्युटोरियलमा अघि बढ्दै जादाँ नेटलिस्टको प्रयोग देख्नेछौं
05.20 नेटलिस्ट बनाउन माथिको प्यानलमा जाउँ, netlist generation बटनमा क्लिक गरौँ
05.27 यसले Netlist विन्डो खोल्नेछ
05.31 यो विन्डोमा ट्याब छ जसले तपाइलाई विभिन्न फर्म्याटमा नेटलिस्ट बनाउन दिन्छ
05.38 KiCad को लागि हामी Pcbnew ट्याब प्रयोग गर्नेछौं
05.42 Default format अप्सनमा ठिक गरौँ र Netlist बटनमा क्लिक गरौँ
05.48 ध्यान दिनुहोस्, यसले नेटलिस्ट फाइल project1.net को नाममा सेभ गर्छ
05.54 कृपया ध्यान दिनुहोस्, जब नेटलिस्ट बन्छ, फाइल .net एक्सटेन्सनमा सेभ हुन्छ
06.00 Save बटनमा क्लिक गरौँ
06.02 म विन्डो रिसाइज गर्दैछुँ
06.04 Save बटनमा क्लिक गरौँ
06.06 नेटलिस्ट फाइलमा प्रिन्टेड सर्किट बोर्ड डिजाइन गर्न चाहिने कम्पोनेन्टहरुको जानकारी रहेको छ
06.14 हामी यो नेटलिस्ट फाइलको प्रयोग अर्को टुटोरियलमा हेर्नेछौं
06.20 File मेनुमा जाउँ र यो खाका सेभ गर्न Save Whole Schematic Project मा क्लिक गरौँ
06.27 File मेनुमा जाउँ र EEschema बन्द गर्न Quit क्लिक गरौँ
06.32 KiCad मुख्य विन्डोमा
06.34 File मेनुमा जाउँ र Quit गरौँ, यसले KiCad मुख्य विन्डो बन्द गर्नेछ
06.40 यो टुटोरियलमा हामीले सिक्यौं
06.44 कम्पोनेन्टहरुमा मानहरु राख्न
06.46 सर्किटको खाकामा गल्तिहरु जाच्न र सच्च्याउन
06.50 सर्किटको नेटलिस्ट बनाउन
06.53 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
06.56 यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ
06.58 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07.02 स्पोकन टुटोरियल प्रोजेक्ट टिमले
07.04 स्पोकन टुटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
07.07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
07.10 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07.16 स्पोकन टुटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07.19 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07.25 यो मिसन सम्बन्धि थप जानकारी
07.28 स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
07.34 यो टुटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07.39 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,

सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble