KiCad/C2/Designing-circuit-schematic-in-KiCad/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:29, 12 December 2013 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.01 “Designing circuit schematic in Kicad” को स्पोकन टुटोरियलमा स्वागत छ
00.08 PCB डिजाइन गर्न लाग्ने प्रक्रियाहरु हेरौं
00.12 पहिलो प्रक्रिया भनेको चाहेको सर्किटको खाका बनाउने हो
00.16 दोस्रो प्रक्रिया netlist बनाउने हो
00.19 तेस्रो सामग्रीलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्ने हो
00.22 र चौथो प्रक्रिया सर्किटको लागि बोर्ड लेआउट बनाउने हो
00.27 यो टुटोरियलमा हामी पहिलो प्रक्रिया सिक्नेछौं मतलब
00.32 चाहेको सर्किटको लागि एउटा खाका रचना गर्ने
00.35 हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
00.40 साथै यो ट्युटोरियलको लागि KiCad संस्करण 2011 हाइफन 05 हाइफन 25
00.49 यो ट्युटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ
00.56 हामी यो ट्युटोरियलमा एउटा उदाहरण सर्किटको रुपमा Astable multivibrator प्रयोग गर्नेछौं
01.04 KiCad सुरु गर्न,
01.05 उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
01.08 पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
01.12 सर्च बारमा 'KiCad' टाइप गरौँ, र इन्टर थिचौं
01.19 स्क्रिनमा KiCad को मुख्य विन्डो देखापर्छ
01.22 ध्यान दिनुस्, उबुन्टु १२.०४ मा KiCad को मेनुबार उबुन्टु डेस्कटपको टप प्यानलमा देखापर्छ
01.30 नयाँ प्रोजेक्ट सुरु गर्न, फाइल अनि न्यू मा क्लिक गर्नुहोस्
01.35 तपाइको प्रोजेक्टलाई नाम दिनुहोस्, उदाहरणको लागि project1
01.42 ध्यान दिनुहोस, प्रोजेक्ट .pro एक्सटेन्सन सहित सेभ हुदैछ
01.47 म राम्रोसंग हेर्नलाई यो विन्डो रिसाइज गर्दैछुँ
01.52 तपाइको प्रोजेक्ट कहाँ सेभ हुदैछ सम्झौं र चाहिएको खण्डमा डीरेक्टरी पनि बदलौं
01.58 Save मा क्लिक गरौँ
02.01 KiCad मा EESchema प्रयोग गरि सर्किटको खाका बनाइएको छ
02.06 म तपाइलाई KiCad मा कसरी EESchema सुरु गर्ने देखाउदै छुँ
02.10 KiCad मुख्य विन्डोको पहिलो ट्याब EESchema वा schematic एडिटर भनिन्छ
02.19 EESchema ट्याबमा क्लिक गर्नाले schematic एडिटर खुल्छ
02.23 एउटा इन्फो डायलग बक्स खुल्छ, यसले schematic भेट्टाउन नसकेको बताउछ
02.28 Ok मा क्लिक गरौँ
02.32 हामी यहाँ सर्किट schematics बनाउनेछौं
02.35 EESchema विन्डोको दायाँ प्यानल तिर जाउँ
02.38 Place a component बटनमा क्लिक गरौँ
02.42 अब, EESchema विन्डोमा क्लिक गर्नुहोस्
02.46 कम्पोनेन्ट सेलेक्सन विन्डो खुल्नेछ
02.49 अब, हामी EESchema विन्डोमा 555 timer IC schematic राख्नेछौं
02.56 कम्पोनेन्ट सेलेक्सन विन्डोको Name फिल्डमा 555 टाइप गरौँ र Ok मा क्लिक गरौँ
03.05 यसले सर्चको नातिजा LM555N देखाउनेछ
03.11 यो नतिजा छानौ र OK मा क्लिक गरौँ
03.14 कम्पोनेन्टको schematic , EESchema विन्डोमा देखापर्नेछ
03.19 यसमा कर्सर रहनेछ
03.22 कम्पोनेन्टलाई एउटा क्लिकले स्क्रिनको बीचमा राख्नुहोस्
03.27 जूम इन् र जुम आउट गरि राम्रोसंग हेर्न, तपाईको माउसको स्क्रोल बटन प्रयोग गर्नुहोस्
03.35 तपाइले जूम इन् र जूम आउट गर्न चाहनुभएको कम्पोनेन्टमा कर्सर राख्नुहोस्
03.39 तपाई जूम इन् र जूम आउट गर्न क्रमश F1 र F2 किहरु प्रयोग गर्न सक्नुहुन्छ
03.46 तपाई VCC र GND ग्राउण्ड टर्मिनल 555 IC मा देख्न वा नदेख्न सक्नुहुन्छ
03.56 यदि तपाईले यसलाई देख्नसक्नुभएन भने EESchema विन्डोको बायाँ प्यानलमा जानुहोस्
04.00 Show hidden pins बटनमा क्लिक गर्नुहोस्
04.04 अब हामी EESchema विन्डोमा एउटा रेजिस्टर राख्दैछौं
04.09 हामीले पहिले नै प्लेस ए कम्पोनेन्ट अप्सन छानेको छौं
04.13 त्यसैले, खाली EESchema मा क्लिक गर्नुहोस् र तपाईले कम्पोनेन्ट सेलेक्सन विन्डो देख्नुहुनेछ
04.21 नेम फिल्डमा टाइप गरौँ, r र OK मा क्लिक गरौँ
04.26 EESchemaमा Resistor schematic देखापर्नेछ जसमा कर्सर रहनेछ
04.32 एउटा क्लिक गरि रेजीस्टरलाई EESchema मा कतै राखौं
04.37 हामीलाई थप दुई रेजिस्टरहरु चाहिन्छ
04.39 हामी प्लेस ए कम्पोनेन्ट बटन प्रयोग गरि दुई रेसिस्टर पाउन सक्छौं
04.42 तर हामीसंग पहिले नै एउटा रेजिस्टर भएको हुनाले, कसरी एउटा कम्पोनेन्ट कपि गर्ने हेरौं
04.48 एउटा कम्पोनेन्ट कपि गर्न, कम्पोनेन्टमा राइट क्लिक गर्नुहोस् र कपि कम्पोनेन्ट छानौं
05.01 कम्पोनेन्टको कपिमा तपाइको कर्सर रहेको देखिन्छ
05.05 एउटा क्लिक गरि यो रेजिस्टरलाई EESchema मा कतै राखौं
05.11 यो किबोर्ड शर्टकट C प्रयोग गरि अझ छिटो गर्न सकिन्छ
05.16 यसको लागि, कर्सर कम्पोनेन्टमा राखौं अनि C थिचौं
05.22 फेरि यसमा तपाइको कर्सर बस्नेछ
05.27 यसलाई राख्नलाई एकचोटी क्लिक गर्नुहोस्
05.30 शिफ्ट र ? प्रश्न चिन्ह , कि प्रयोग गरि एउटा शर्टकटको सूची पाउन सकिन्छ
05.36 यहाँ किबोर्ड शर्टकटहरुको सूची छ
05.40 यो विन्डो बन्द गरौँ
05.43 कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न EESchema विन्डोमा क्लिक गरौँ
05.49 अर्को हामीलाई दुई capacitors चाहिन्छ, electrolytic र ceramic
05.53 electrolytic capacitor थप्न, cp1 टाइप गरौँ र OK मा क्लिक गरौँ
06.00 ceramic capacitor थप्न, c टाइप गरौँ र OK मा क्लिक गरौँ
06.06 हामीलाई एउटा Light Emitting Diode, LED पनि चाहिन्छ
06.10 कम्पोनेन्ट सेलेक्सन विन्डोमा, led टाइप गरौँ र OK क्लिक गरौँ
06.17 अब, हामीलाई एउटा पावर सप्लाई मतलब Vcc र ग्राउण्ड टर्मिनल चाहिन्छ
06.22 EESchema को दायाँ प्यानलमा, Place a power port बटनमा क्लिक गरौँ
06.29 कम्पोनेन्ट सेलेक्सन विन्डो खोल्न एकचोटी EESchema मा क्लिक गरौँ
06.34 List All बटनमा क्लिक गर्नुहोस् र तपाईले बिभिन्न power notations हरु देख्नुहुनेछ
06.40 +5V (प्लस 5 भोल्ट) छानौं र OK मा क्लिक गर्नुहोस्
06.48 EESchema विन्डोमा एउटा क्लिक गरि कम्पोनेन्ट राखौं
06.52 त्यसैगरी, ग्राउण्ड टर्मिनल पाउन,
06.54 सूचीबाट ग्राउण्ड छानौं र OK मा क्लिक गरौँ
07.01 म ग्राउण्ड टर्मिनल छान्दैछुँ
07.08 हामीलाई बाहिरको पावर सप्लाई जोड्न एउटा कनेक्टर पनि चाहिन्छ
07.14 EESchema मा क्लिक गरि कम्पोनेन्ट सेलेक्सन विन्डो खोलौं
07.19 List All बटनमा क्लिक गरौँ र तपाईले एउटा सूची देख्नुहुनेछ
07.24 conn अप्सन छानौं र OK मा क्लिक गरौँ
07.31 तल स्क्रोल गरौँ र सूची बाट CONN_2 छानौं र OK मा क्लिक गरौँ
07.41 एउटा दुई टर्मिनल कनेक्टर देखापर्नेछ, यसमा तपाइको माउस पोइन्टर रहनेछ
07.48 यसलाई प्लेस गर्न एकचोटी क्लिक गरौँ
07.56 अब, हामी कम्पोनेन्टहरुलाई सहि ठाउँमा सारी मिलाउने छौं
08.01 हामी कम्पोनेन्टहरु सार्न शर्टकट कि m प्रयोग गर्नेछौं
08.04 एउटा कम्पोनेन्ट सार्न, कम्पोनेन्ट माथि माउस पोइन्टर राखौं, मानौं रेजिस्टर अनि m थिचौं
08.15 हामी यो रेजिस्टरलाई EESchema मा एकचोटी क्लिक गरि IC 555 को दायाँ राख्छौं
08.28 हामी LED घुमाउन र यसलाई ठाडो मिलाउन किबोर्ड शर्टकट r प्रयोग गर्नेछौं
08.40 अब, हामी कसरी हाम्रो सर्किटको चित्र अनुसार कम्पोनेन्टहरु जोड्ने हेर्नेछौं
08.45 अब, कम्पोनेन्टहरु जोडेर सुरु गरौँ
08.48 EESchema को दायाँ प्यानलमा, Place a wire बटनमा क्लिक गरौँ
08.56 अब, हामी दुई रेजिस्टरहरु जोड्नेछौं
08.58 हामी रेजिस्टरको दुवै टर्मिनलमा क्लिक गरि तार जोड्नेछौं
09.11 अब, हामी IC 555 को सातौं पिन दुई रेजिस्टर जोड्ने तारमा जोड्ने छौं
09.18 IC 555 को सातौं पिनमा क्लिक गरौँ अनि दुई रेजिस्टर जोड्ने तारमा क्लिक गरौँ
09.30 ध्यान दिनुहोस् यसले स्वतः एउटा नोड़को रुपमा देखापर्ने जन्क्सन बनाउनेछ
09.35 मैले पहिले कम्पोनेन्टहरु जोडेर यसलाई सेभ गरेकी छुँ
09.39 अब, म यो खोल्ने छुँ र समय बचाउन यो प्रयोग गर्नेछुँ
09.44 म फाइलमा जानेछुँ र ओपनमा क्लिक गर्नेछौं
09.53 एउटा कन्फरमेसन विन्डो देखापर्छ, Yes क्लिक गरौँ
10.04 म चाहेको डिरेक्टरीबाट project1.sch छान्नेछुँ
10.18 पहिले म यो रिसाइज गर्नेछुँ
10.22 अनि खोल्नलाई ओपनमा क्लिक गर्नेछौं
10.33 यहाँ पहिले बनाएको schematic छ
10.36 हामी अब कसरी कम्पोनेन्टको ब्याख्या गर्ने हेर्नेछौं
10.39 एनोटेसनले हरेक कम्पोनेन्टलाई एउटा भिन्न परिचय दिन्छ
10.43 एनोटेटिंगले कम्पोनेन्टको प्रश्न चिन्ह हटाई त्यसलाई बिशेष नम्बरले बदल्छ
10.50 EESchema को माथिल्लो प्यानलमा “Annotate schematic” बटनमा क्लिक गरौँ
10.58 यसले Annotate Schematic विन्डो खोल्नेछ
11.02 यो विन्डोमा डिफल्ट कन्फिगुरेसन राख्नुहोस्
11.05 Annotation बटनमा क्लिक गरौँ
11.09 यसले तपाईलाई यसले खाली एनोटेट नभएका कम्पोनेन्ट मात्र एनोटेट गर्छ भनि चेतावनी दिन्छ
11.13 OK मा क्लिक गरौँ
11.15 Annotate schematic विन्डोको Close बटनमा क्लिक गरौँ
11.20 याद गर्नुहोस्, कम्पोनेन्टका प्रश्न चिन्हहरु बिशेष नम्बरले बदलिन्छ
11.30 फाइलमा क्लिक गरौँ
11.37 र यो schematic सेभ गर्न Save whole schematic project छानौं
11.43 File मा क्लिक गरौँ र Quit छानौं
11.48 यसले EESchema विन्डो बन्द गर्नेछ
11.50 अब, KiCad मुख्य विन्डोमा जाउँ
11.53 File मा क्लिक गरि Quit छानौं
11.56 यसले KiCad मा सर्किटको खाका बनाउने यो ट्युटोरियलको उद्देश्य पूरा गर्छ
12.01 यो ट्युटोरियलमा हामीले के सिक्यौं सारांशमा हेरौं
12.05 यो ट्युटोरियलमा हामीले सिक्यौं,
12.07 सर्किटको खाका बनाउन KiCad मा EESchema प्रयोग गर्न
12.11 सर्किट schematic को एनोटेसन
12.15 तलको कार्य गर्नुहोस्
12.17 कम्पोनेन्ट सेलेक्सन विन्डो प्रयोग गरि EESchema मा Inductor कम्पोनेन्ट राख्नुहोस्
12.24 शर्टकट कीहरु a, x र y को बारेमा जानकारी लिनुहोस्
12.31 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
12.35 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
12.37 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12.43 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
12.45 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
12.48 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
12.52 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
12.59 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
13.03 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
13.09 यो मिसन सम्बन्धि थप जानकारी
13.13 स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
13.20 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
13.25 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,

सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble