Java/C2/Getting-started-java-Installation/Nepali

From Script | Spoken-Tutorial
Revision as of 23:36, 2 August 2017 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Getting started with Java Installation स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरि JDK इन्स्टल गर्न
00:13 जाभा नै किन? जाभाका प्रकार र उपयोगिताहरू
00:17 हामी प्रयोग गर्दैछौं
00:19 उबुन्टु संस्करण ११.१० र
00:21 जाभा डेभलपमेन्ट इन्भायरोमेन्ट JDK १.६
00:26 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग इन्टरनेट हुनुपर्छ
00:31 तपाईले आफ्नो कम्प्युटरमा सिन्याप्टिक प्याकेज म्यानेजर इन्स्टल गरेको हुनुपर्छ
00:35 तपाईसँग लिनक्समा टर्मिनल, टेक्स्ट एडिटर र सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गर्ने ज्ञान हुनुपर्छ
00:43 यदि छैन भने spoken-tutorial.org मा उपलब्ध लिनक्सका स्पोकन ट्युटोरियलहरू हेर्नुहोस्
00:51 एउटा जाभा प्रोग्राम रन गर्न हामीले JDK, मतलब Java Development Kit इन्स्टल गर्नुपर्छ
00:57 JDK को बारेमा थप जानकारीको लागि तपाई तलको लिंकमा जान सक्नुहुन्छ
01:02 अब हामी सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गरि JDK इन्स्टल गर्ने छौं
01:07 यसको लागि तपाईसँग रुट अनुमति हुनुपर्छ
01:10 तपाईसँग एउटा रिपोजिटरी कसरी छान्ने ज्ञान पनि हुनुपर्छ
01:14 यी कुराहरू लिनक्सका पुर्वाश्यक ट्युटोरियलहरु मा वर्णन गरिएको छ
01:19 अब, तपाईको डेस्कटपको बायाँ कुनामा एउटा Taskbar देख्नुहुन्छ
01:25 माथि तपाई DashHome देख्न सक्नुहुन्छ
01:28 DashHome मा क्लिक गरौं
01:31 सर्च बारमा टाइप गरौँ, Synaptic
01:35 यहाँ तपाईले Synaptic Package Manager पाउनुहुन्छ
01:38 Synaptic Package Manager मा क्लिक गरौँ
01:42 तपाईले आधिकारिकता को लागि पासवर्ड टाइप गर्नुपर्ने हुन्छ
01:47 त्यसैले तपाईको पासवर्ड टाइप गर्नुहोस् र Authenticate मा क्लिक गरौँ
01:56 यसले Synaptic Package Manager खोल्छ
02:03 अब Quick Filter बक्समा jdk टाइप गरौँ
02:08 हामी त्यहाँ एउटा openjdk-6-jdk नामक प्याकेज देख्ने छौं
02:13 यसमा राइट क्लिक गरौँ र Mark for Installation मा क्लिक गरौँ
02:17 अनि Apply मा क्लिक गरौँ
02:20 तपाईले सुचिकृत परिवर्तनहरू पक्का गर्नुपर्ने हुन्छ
02:24 त्यसैले, To be Installed मा क्लिक गरौँ र Apply मा क्लिक गरौँ
02:30 इन्स्टल हुन केहि सेकन्ड लाग्नेछ
02:38 अब, हामी openjdk-6-jdk विकल्प हरियो रंग मा देख्ने छौं
02:48 ल, हाम्रो इन्स्टलेसन प्रक्रिया पुरा भएको छ
02:52 अब, हामी इन्स्टल भएको पुष्टि गर्छौं, यसको लागि Ctrl, Alt र T किहरू एकसाथ थिची टर्मिनल खोल्नेछौं
03:03 मैले मेरो टर्मिनल पहिले नै खोलेको छुँ
03:06 कमाण्ड प्रम्प्टमा टाइप गरौँ, java स्पेस हाइफन versionEnter थिचौं
03:15 हामी 'jdk को भर्सन नम्बर देख्न सक्छौं
03:20 हामीले प्रयोग गरेको वितरणको आधारमा भर्सन नम्बर फरक हुनसक्छ
03:26 ल, हामीले सफलतापूर्वक jdk इन्स्टल गरेका छौं
03:30 अब, एउटा सामान्य जाभा प्रोग्राम रन गरेर यसले काम गर्छ वा गर्दैन हेरौं
03:35 मसँग पहिले नै मेरो फाइल TestProgram dot java मा यी कोडहरु सेभ गरिएका छन्
03:42 अब म यो कोड कम्पाइल र रन गर्छु
03:45 यो कोडले टर्मिनलमा यस्तो देखाउँछ: We have successfully run a Java Program
03:53 पुन: Terminal मा फर्कौं
03:57 मैले मेरो TestProgram dot java फाइल Home directory मा सेभ गरेको छुँ
04:03 र हाल म Home Directory मा छुँ
04:07 त्यसैले कमाण्ड प्रम्प्टमा टाइप गरौँ, javac स्पेस TestProgram डट java
04:19 यो कोड कम्पाईल गर्न हो
04:21 Enter थिचौं
04:25 अब म कोड रन गर्ने छुँ
04:27 त्यसको लागि टाइप गरौँ, java स्पेस TestProgramEnter थिचौं
04:35 हामी आउटपुट यस्तो पाउछौं: We have successfully run a java program.
04:44 त्यसैले हाम्रो इन्स्टलेसन राम्रो भयो
04:48 अब स्लाइडमा फर्कौं
04:51 अब म जाभा किन उपयोगी छ भन्ने वर्णन गर्ने छुँ
04:55 जाभा सरल छ
04:57 जाभा object oriented
04:59 यो प्ल्याटफर्ममा भर पर्दैन
05:01 यो सुरक्षित छ
05:02 यसमा कार्य प्रदर्शन उच्च छ
05:04 यो multi – threaded हो
05:07 अब हामी जाभाका केहि प्रकारहरू र उपयोगहरू हेर्ने छौं
05:11 JSP, वा Java Server Pages: यो साधारण HTML ट्याग सहितको कोडमा आधारित छ
05:18 JSP ले क्रियाशील वेबपेजहरु बनाउन मद्दत गर्छ
05:22 Java Applets: यो वेब एप्लिकेसनहरुमा अन्तरक्रियात्मक सुबिधाहरु प्रदान गर्न प्रयोग गरिन्छ
05:28 J2EE वा Java Enterprise Edition: कम्पनीहरुले J2EE प्रयोग गर्छन्
05:33 यो XML संरचनाका डकुमेन्टहरु सार्न प्रयोग गरिन्छ
05:38 JavaBeans: जाभाबिन्स एउटा पुन प्रयोग गर्न सकिने सफ्टवेयर अंग हो
05:43 यो नयाँ र एड्भान्सड एप्लिकेसनहरु बनाउन प्रयोग गर्न सकिन्छ
05:47 Mobile Java: यो विभिन्न मनोरन्जनात्मक साधनहरुमा प्रयोग गरिन्छ जस्तै मोबाइल फोन
05:53 ल, यो ट्युटोरियलमा हामीले सिक्यौं
05:56 Synaptic Package Manager प्रयोग गरी JDK इन्स्टल गर्न
05:59 एउटा जाभा प्रोग्राम कम्पाइल र रन गर्न
06:02 जाभा प्रयोगका फाइदाहरु
06:04 जाभाका प्रकार र उपयोगहरु
06:08 स्पोकन ट्युटोरियल प्रोजेक्ट सम्बन्धि थप जानकारी कृपया तल उपलब्ध लिंकमा हेर्नुहोस्
06:14 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:17 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
06:22 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
06:24 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
06:27 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:30 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
06:36 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
06:41 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:47 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
06:52 http://spoken-tutorial.org/NMEICT-Intro
06:58 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07:01 म मन्दिरा बिदा हुदै छुँ
07:04 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira