LibreOffice-Suite-Base/C4/Database-Design-Purpose-OrganizeTables/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:11, 4 April 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो ट्युटोरियलमा, हामी डाटाबेस डिजाइनका तलका बिषयहरु सिक्नेछौं
00:09 हाम्रो डाटाबेसको उद्देश्य पत्ता लगाउन
00:12 आवश्यक जानकारी खोज्ने र संगठित राख्न
00:15 जानकारीलाई टेबलमा विभाजित गर्न
00:19 Database Design के हो?
00:21 डाटाबेस डिजाइन एउटा डाटाबेसको बिस्तारित संस्करण उत्पादन गर्ने प्रक्रिया हो
00:28 एउटा राम्रो डिजाइन भएमा एउटा डाटाबेसले
00:32 ताजा, सहि र पूर्ण जानकारी दिन सक्छ
00:37 मतलब हामी बिभिन्न तहमा हाम्रो जानकरीको सम्पूर्णता पक्का गर्न सक्छौं
00:43 हाम्रो डाटा प्रोसेसिंग र रिपोर्टिंग आवश्यकताहरुको पूर्ति गर्न
00:48 र परिवर्तनहरु सजिलै समायोजन गर्न
00:51 डाटाबेस डिजाइन प्रक्रियामा तलका चरणहरु छन्
00:57 हाम्रो डाटाबेसको उद्देश्य पत्ता लगाउने
01:00 आवश्यक जानकारी खोज्ने र संगठित राख्ने
01:04 जानकारीलाई टेबलमा विभाजित गर्ने
01:07 कोलममा जानकारीका सामग्री राख्ने
01:11 प्राइमरी कि तोक्ने
01:14 टेबलको सम्बन्ध स्थापित गर्ने
01:17 हाम्रो डिजाइन परिष्कृत पार्ने
01:20 नर्मलाईजेसनको नियमहरु लागु गर्ने
01:23 र अन्तमा, डाटाबेस जाँच, रन र सम्भार गर्ने
01:28 ल, पहिलो कदममा जाउँ जुन
01:32 हाम्रो डाटाबेसको उद्देश्य पत्ता लगाउने हो
01:35 एउटा साधारण लाइब्रेरी एप्लोकेसन मानौं
01:38 एउटा लाइब्रेरीमा प्राय किताबहरु हुन्छन्
01:41 र ती किताबहरु दर्ता गरिएका सदस्यहरुलाई जारी गरिन्छ
01:45 त्यसैले हामीले किताब र सदस्यहरुको सूची ब्यबस्थापन गर्न र यसको सदस्यलाई किताबहरु
01:51 जारी गरेको पत्ता लगाउन एउटा लाइब्रेरी एप्लिकेसन चाहिन्छ
01:56 पहिलो कदम आवश्यक जानकरी खोजेर संगठित पार्ने हो
02:01 यहाँ हामीले डाटाबेसमा रेकर्ड गर्न चाहेको सम्पूर्ण जानकारीहरु जम्मा गरिन्छ
02:09 अब, हामीले लाइब्रेरी एप्लिकेसनको उद्देश्यहरु थाहा पायौं, यहाँ भएको सामग्रीहरु पहिचान गरौँ
02:17 त्यहाँ किताबहरु छन्
02:19 एउटा किताबको एउटा शिर्षक, लेखक, प्रकाशक र मूल्य हुन्छ
02:24 र हामी लेखकको जानकारी जस्तै जन्ममिति, सम्बन्धित देशको जानकारी पनि भण्डार गर्न सक्छौं
02:33 हामी प्रकाशकको नाम, ठेगाना र फोन पनि भण्डार गनर सक्छौं
02:38 साथै, त्यहाँ लाइब्रेरी सदस्यहरु छन् जसको नाम, फोन नम्बर र ठेगानाहरु हुन्छन्
02:45 जब एउटा सदस्यलाई एउटा किताब जारी गरिन्छ
02:49 त्यहाँ एउटा book issue date, return date, actual return date र checked in अवस्था हुन्छन्
02:56 यी प्रत्येक सामग्रीलाई attributes पनि भनिन्छ
03:01 यी प्रत्येक attributes ले एउटा टेबलको सम्भावित कोलम जनाउँछ
03:08 यो अवस्थामा, हामी यी प्रश्नहरु सुत्रबद्ध गर्न सक्छौं
03:12 हामी कसरी एउटा प्रकाशकले पठाएको नयाँ किताबहरुको सेटको जानकारी लाइब्रेरीमा थप्न सक्छौं?
03:20 हामी कसरी यो सूचीको सदस्यहरुलाई ब्यबस्थित गर्न सक्छौं?
03:25 यदि एउटा सदस्यले छोड्न चाहेमा वा उसले आफ्नो ठेगाना बदलेमा के हुन्छ?
03:32 एउटा सदस्यले किताब फिर्ता गरेपछि हामी कसरी जानकरी अपडेट गर्न सक्छौं?
03:38 हामी कस्तो रिपोर्ट बनाउन चाहन्छौँ?
03:42 पाठकहरुले सर्वाधिक पढेको किताब कुन हो?
03:46 र हामी लगेका तर फिर्ता गर्ने मिति नाघिसकेका किताबहरुको सूची कसरी निकाल्न सक्छौं?
03:55 अब, हामीसँग केहि विवरणहरु छन्, यो जानकारी कसरी टेबलमा राख्ने हेरौं
04:02 हामी हाम्रो जानकारीका सामग्री वा एट्रीब्युट्सहरु मुख्य बिषयहरुमा विभाजित गर्नेछौं
04:11 अनि हरेक बिषय एउटा टेबल बन्ने छ
04:14 ल, टेबलको प्रारम्भिक सूची स्क्रिनमा देखाएको इमेज जस्तै देखिन्छ
04:21 यहाँ देखाइएका मुख्य बिषयहरु किताब र सदस्यहरु हुन्
04:26 त्यसैले, दुई टेबलहरु सहित सुरु गर्नु उचित हुन्छ, एउटा किताबहरुको लागि र अर्को सदस्यहरुको लागि हो
04:33 अब Books टेबलमा बिस्तृत रुपमा हेरौं
04:37 यसमा हामीले पहिले नै परिभाषित गरेका १० एट्रीब्युट्स हरु छन्:
04:43 Title, Author, Publisher, PublisherAddress, PublisherCity, PublisherPhone, PublishYear, Price, AuthorBirthDate र AuthorCountry
04:58 अब यो टेबलमा डाटा कसरी देखाइएको छन् हेरौं
05:03 याद गरौँ, प्रत्येक पंक्ति वा रेकर्डहरुमा किताब, यसको लेखक र प्रकाशकहरुको जानकारी रहेको छ
05:13 अहिले यो डिजाइनमा दुई त्रुटीहरु छन्
05:17 त्यहाँ एकै लेखक वा प्रकाशकका धेरै किताबहरु हुनसक्छन्
05:23 त्यसैले, हामीले लेखक र प्रकाशकको विवरण बारम्बार दोहोरिएको देख्छौं
05:31 जसले कम्प्युटर डिस्कको ठाउँ खेर फाल्छ
05:34 र यो डिजाइनको अर्को समस्या भनेको
05:38 यसले डाटाबेसमा एनोमोली ल्याउन सक्छ
05:44 अब, एउटा एनोमोली के हो?
05:47 यो एउटा डाटाबेसमा हुने गल्ति वा बेमेल हो
05:53 त्यहाँ तीन प्रकारको बेमेल छन्:
05:57 पहिलोको नाम insertion anomaly हो
06:01 जुन एउटा नयाँ रेकर्ड इन्सर्ट गर्दा हुन्छ
06:06 वा जब अन्य एट्रीब्युट्सको उपस्थितिमा डाटाबेसमा कुनै डाटाबेस इन्सर्ट गर्न सकिदैन
06:14 उदाहरणको लागि, हामी एउटा Penguin नामक नयाँ Publisher मान्छौं
06:21 अब डिजाइनमा हामीले Penguin प्रकाशकको विवरण इन्सर्ट गर्न सक्दैनौं जबसम्म हाम्रो लाइब्रेरीमा तिनीहरुको कम्तिमा एक किताब हुदैन
06:34 दोस्रो भनेको deletion anomaly हो
06:39 जुन एउटा रेकर्ड मेट्दा हुन्छ
06:43 यहाँ, डाटाबेसमा एउटा पंक्ति वा रेकर्ड मेट्दा हामीले चाहेभन्दा बढि जानकारी मेटिन्छ
06:51 उदाहरणको लागि, हामी हाम्रो लाइब्रेरीमा Orient Publishers को एक मात्र ‘Paradise Lost’ नामक किताब देख्छौं
07:01 अब यदि हामीले पुरै रेकर्ड मेटेमा Orient Publishers को सम्पूर्ण जानकारी हराउनेछ
07:10 र लेखक John Milton को पनि सम्पूर्ण जानकारी हराउनेछ
07:16 र अन्त्यमा Update Anomaly के हो हेरौं
07:21 यो एउटा रेकर्ड अपडेट गर्दा हुन्छ
07:26 उदाहरणको लागि, Cambridge Publishers को एउटा नयाँ ठेगाना मानौं
07:32 अब, यो Publisher को Address कोलम अपडेट गर्न हामीलाई एक भन्दा बढि स्थानमा परिवर्तनहरु गर्नुपर्छ
07:40 हाम्रो सम्बन्धमा, दुई स्थानमा
07:43 र यदि Cambridge ले एक हजार किताबहरु आपूर्ति गर्छ भने हामीले त्यो हजार रेकर्डहरुमा ठेगाना बदल्नुपर्छ
07:54 र हामी एक ठाउँमा ठेगाना बदल्छौँ तर अर्कोमा बिर्सन सक्छौं
08:02 त्यसले गर्दा जानकारी सहि हुदैन र डाटा समग्रता रहदैन
08:11 हामी यो समस्या कसरी समाधान गर्छौं त?
08:14 हामीले हरेक तथ्य एकपटक मात्र रेकर्ड गर्न पुन डिजाइन गर्नुपर्छ
08:20 यदि नमुना जानकारीहरु एक भन्दा बढि स्थानमा दोहोराईएको छ भने हामीले त्यो जानकारी भिन्न टेबलमा राख्नुपर्छ
08:29 अब, कसरी हेरौं
08:31 अहिले हामीले Books टेबललाई Books, Authors र Publisher मा विभाजित गरेका छौं
08:38 हरेक टेबलको कोलमले बिषयबस्तु सम्बन्धि तथ्य मात्र भण्डार गरेको याद गरौँ
08:47 यसरि, हामी एउटा प्रकाशकको जानकारी Publisher टेबलमा एकपटक मात्र राख्न सक्छौं
08:55 यसैगरी, भिन्न Authors टेबल हुनाले लेखकको जानकारी एक मात्र रेकर्ड गर्न दिन्छ
09:04 र हामी अर्को ट्युटोरियलमा कसरी यी टेबलहरुलाई पुन Books टेबलमा जोड्ने हेर्नेछौं
09:12 यसले हामीलाई लिब्रे अफिसको Database Design ट्युटोरियलको पहिलो भागको अन्त्यमा ल्याएको छ
09:19 संक्षेपमा, हामीले डाटाबेस डिजाइन सम्बन्धि तलका बिषयहरु सिक्यौं
09:25 हाम्रो डाटाबेसको उद्देश्य पत्ता लगाउने
09:28 आवश्यक जानकारी पत्ता लगाउन र संगठित पार्न
09:32 जानकारीहरु टेबलहरुमा विभाजित गर्न
09:36 स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ!
09:48 यो प्रोजेक्टलाई spoken-tutorial.org ले संयोजन गरेको छ!
09:54 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:58 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ

र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya