Java/C2/Programming-features-Eclipse/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:31, 26 September 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:02 Programming Features of Eclipseस्पोकन ट्युटोरियमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी
00:10 इक्लिप्सको युजर-फ्रेन्डलि प्रोग्रमिंग बिशेषताको बारेमा जान्नेछौं
00:15 यो ट्युटोरीयलको लागि हामी Ubuntu 11.0, JDK 1.6, र Eclipse 3.7.0प्रयोग गर्दैछौं
00:23 यो ट्युटोरियल अनुसरण गर्न, तपाइको
00:26 सिस्टममा इक्लिप्स इन्स्टल भएको हुनुपर्छ
00:28 तपाईलाई इक्लिप्समा सामान्य जाबा प्रोग्राम लेख्न आउनुपर्छ
00:32 होइन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
00:40 Eclipse IDE मा धेरै युजर फ्रेन्ड्ली बिशेषताहरु छन् जस्तै
00:44 अटो कम्प्लिसन,
00:45 सिनट्याक्स हाइलाइटिंग,
00:46 एरर डायलग बक्स र
00:48 शर्टकट किज
00:49 हामी यी हरेक बिशेषताहरु बिस्तृत रुपमा हेर्नेछौं
00:59 मैले Features नामको क्लास बनाएकी छु र मेन मेठोड़ थपेकी छु
01:05 पहिले हामी इक्लिप्सको ' Auto completionबिशेषता हेर्नेछौं
01:10 main method भित्र खुल्ने ब्राकेट टाइप गरौँ र Enter थिचौं
01:17 हामी देख्न सक्छौं कि यसले स्वतः यसको बन्द हुने ब्राकेट राख्छ, र इन्डेन्टेसन सहित कर्सरको स्थान मिलाउँछ
01:25 यसले सबै जोडीमा काम गर्ने फिचरहरु पुरा गर्छ
01:29 उदाहरणको लागि प्यारेंथेसिस, खुल्ने प्यारेंथेसिसटाइप गर्नुहोस्
01:35 हामी देख्छौँ हामीलाई खुल्ने प्यारेंथेसिस मात्र टाइप गर्नुपर्छ र इक्लिप्सले स्वतः बन्द हुने प्यारेंथेसिस थप्छ
01:42 यो पनि याद गर्नुहोस् यदि हामी बन्द हुने प्यारेंथेसिस टाइप गर्छौं भने यसले थप बन्द हुने प्यारेंथेसिस थप्दैन
01:52 म बन्द हुने प्यारेंथेसिस टाइप गर्नेछैन र याद गर्नुहोस् खाली कर्सर मात्र दायाँ सर्छ र थप प्यारेंथेसिस पनि थपिएको छैन
02:02 यसले यस्तै तरिकाले दोहोरो उद्धरणमा पनि काम गर्छ
02:06 खुल्ने उद्धरण टाइप गर्नुहोस् यसले स्वतः उद्धरण बन्द गर्छ
02:12 यदि हामी बन्द हुने उद्धरण टाइप गर्छौं भने पनि यसले थप बन्द हुने उद्धरण थप्दैन
02:19 म अब उद्धरण टाइप गर्नेछैन र याद गर्नुहोस् खाली कर्सर मात्र दायाँ सर्छ र थप उद्धरण पनि थपिएको छैन
02:27 Auto-completionभर्सटाइल फिचर हो र कोडको संरचना सम्हाल्न यसले धेरै सहयोग गर्छ
02:32 र यसले टाइपिंग एररहरुबाट पनि बचाउछ, जस्तै बन्द गर्ने ब्राकेट बिर्सने, बन्द गर्ने प्यारेंथेसिस बिर्सने, बन्द गर्ने उद्धरण बिर्सने
02:44 हामीले हेर्ने अर्को प्रोग्रमिंग फिचर suggestionहो
02:48 हामीले भर्खर टाइप गरेको सबै हटाउनुहोस्
02:54 हामी “hello” शब्द प्रिन्ट गर्ने आउटपुट स्टेटमेन्ट टाइप गर्नेछौं,
 System   dot'
03:07 याद गर्नुहोस्, इक्लिप्सले एउटा ड्रप डाउन सूची देखाउछ
03:11 सूचीमा यस्ता सल्लाहहरु छन्, err, in,out,console , सबै सम्भावित पूर्तिका खोज हुन्
03:19 तल outमा स्क्रोल गर्नुहोस् र Enterथिच्नुहोस्, फेरी एउटा डट टाइप गर्नुहोस्
03:28 अब, इक्लिप्सले आउटमोड्युलबाट सल्लाह दिनेछ
03:33 तलprintln()तिर स्क्रोल गर्नुहोस र Enterथिच्नुहोस्, अब, प्यारेंथेसिस भित्र उद्धरणमाHelloटाइप गर्नुहोस्p
03:57 हामीले हेर्ने अर्को बिशेषता Syntax highlighting बिशेषता हो
04:02 ध्यान दिनुहोस्, किवोर्ड public class, public static voidभिन्न रंगमा छन्
04:09 Helloशब्द यो स्ट्रिंग हो जनाउदै निलो रंगमा भएको पनि याद गर्नुहोस्
04:16 यो सिनट्याक्स हाइलाइटिंग विशेषताले हामीलाई किवर्ड र कोडका विभिन्न भागको भिन्नता छुट्टयाउन मद्दत गर्छ
04:27 इक्लिप्सले प्रोग्रामरलाई एरर पत्ता लगाउन पनि सघाउछ
04:31 एउटा प्रोग्राममा, एररलाई बायाँमा एउटा रातो क्रस चिन्हले जनाइन्छ
04:36 यो प्रोग्राममा एउटा एरर देख्न सक्छौ र माउस यो माथि चलाउदा
04:46 हामी देख्न सक्छौं एररले अर्धविराम छुटेको भन्छ र एररको समाधान पनि देखाइएको छ
04:57 यदि हामी एरर नसुधारिकन run मा गई राइट क्लिक गरि run as जाबा एप्लिकेसन छान्यौं भने
05:12 हामी एउटा Error Dialog Box देख्छौं, जसले त्यहाँ एउटा एरर छ र अघि बढ्ने वा नबढ्ने सोध्छ
05:23 अहिलेको लागि अघि बढौं, त्यहाँ एउटा आउटपुट जसले त्यहाँ एउटा एरर छ भन्छ
05:35 जब हामी प्रोब्लम कन्सोलमा जान्छौं, सबै सम्भावित समाधानहरु सुचिकृत छन्
05:43 त्यसैले एउटा अर्धविराम थपी एरर हटाउ, सेभ गर्न Ctrl, S
05:53 इक्लिप्सको अर्को प्रोग्रामर फ्रेन्ड्ली फिचर शर्टकट किज हो
06:01 कुनै पनि प्रोग्राममा समान शर्टकट किहरु, सेभ गर्नलाई Ctrl+S र खोल्नलाई Ctrl+Oहो
06:07 इक्लिप्समा यस्तो प्राय प्रयोग गरिने फंक्सनको लागि धेरै शर्टकट किहरु छन्
06:12 कोड रन गर्नलाई Control F11
06:16 यसलाई अहिले गरौँ, Ctrl थिच्नुहोस् र F11थिच्नुहोस् र हामी देख्छौं कि कोड रन भएको छ र आउटपुटHello प्रिन्ट भएको छ
06:27 अन्य विकल्पहरुको लागि शर्टकट किहरु मेनुमा पाउन सकिन्छ Runक्लिक गर्नुहोस्
06:33 र याद गर्नुहोस् , विकल्पको दायाँ अन्त्यमा शर्टकट दिईएको छ
06:40 त्यसैले Debug को शर्टकट F11हो
06:45 यो सानो तर प्राय प्रयोग गरिने इक्लिप्सको प्रोग्रमिंग बिशेषता हो, हामी आगामी ट्युटोरियलमा थप विशेषताहरु हेर्नेछौं
06:56 यसरी यो ट्युटोरियल सकिन्छ, हामीले कसरी प्रोग्रमिंग विशेषताहरु प्रयोग गर्ने हेर्यौं जस्तै
07:04 अटो कम्प्लिसन,
07:05 सिनट्याक्स हाइलाइटिंग,
07:06 एरर डायलग बक्स र
07:07 शर्टकट किज
07:10 यो ट्युटोरियलको कार्यको रुपमा,
07:12 एउटा क्लास सहितको “Hello” प्रिन्ट गर्ने सामान्य प्रोग्राम लेख्नुहोस्
07:17 यसमा इक्लिप्सका सबै प्रोग्रमिंग विशेषताहरु प्रयोग गर्नुहोस्
07:22 यसको कार्यहरु हेर्नुहोस्
07:25 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न
07:28 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [1]
07:30 यसले प्रोजेक्ट सक्षेपिकृत गर्छ
07:33 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:37 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:39 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:42 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:45 बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
07:52 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07:56 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:02 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
08:07 म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद, नमस्कार,

Contributors and Content Editors

Mandira, PoojaMoolya