PERL/C2/Overview-and-Installation-of-PERL/Nepali

From Script | Spoken-Tutorial
Revision as of 06:05, 7 March 2016 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 PERL Overview and Installation of Perl स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:10 पर्लको संक्षिप्त जानकारीको साथै उबुन्टु लिनक्स विन्डोज अपरेटिंग सिस्टम मा पर्ल इन्स्टल गर्ने तरिका
00:20 यो ट्युटोरियलको लागि:
0:21 * तपाईसँग इन्टरनेट जडान हुनुपर्छ
00:25 * तपाईसँग उबुन्टु लिनक्सविन्डोज अपरेटिंग सिस्टम हुनुपर्छ
00:30 प्रदर्शनको लागि म उबुन्टु लिनक्स १२.०४२विन्डोज 7 अपरेटिंग सिस्टम प्रयोग गर्दैछुँ
00:39 उबुन्टु लिनक्स इन्स्टल गर्न तपाईको कम्प्युटरमा सिन्याप्टिक प्याकेज म्यानेजर इन्स्टल भएको हुनुपर्छ
00:47 तपाईसँग एड्मिनिस्ट्रेटिभ अधिकार हुनुपर्छ
00:50 र तपाईसँग उबुन्टु मा टर्मिनलसिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गर्ने ज्ञान हुनुपर्छ
00:57 यदि छैन भने स्पोकन ट्युटोरियल वेबसाइटमा उपलब्ध लिनक्स शृंखला हेर्नुहोस्
01:03 म तपाईलाई PERL ल्यांग्वेजको संक्षिप्त जानकारी दिनेछुँ
01:07 PERL को मतलब Practical Extraction and Reporting Language हो
01:14 यो सामान्य प्रोग्रामिंग ल्याङ्ग्वेज हो
01:18 यो मूलतः टेक्स्ट हेरफेर को लागि विकास गरिएको हो
01:23 अहिले, यो वेब डेभलपमेन्ट, नेटवर्क प्रोग्रामिंग, GUI डेभलपमेन्ट आदिमा प्रयोग हुन्छ
01:31 यो सरल छ, बुझ्न सजिलो पनि छ
01:35 यसमा C वा JAVA मा जस्तो जटिल डेटा स्ट्रक्चर छैन
01:41 यो प्याटर्न म्याचिंग को लागि चर्चित छ
01:45 र सबैभन्दा महत्वपूर्ण कुरा भनेको पर्ल एउटा ओपन सोर्स ल्याङ्ग्वेज हो
01:49 उबुन्टु लिनक्स १२.०४ ओएस मा पर्ल पहिले नै इन्स्टल हुन्छ
01:56 इन्स्टल गर्नको लागि कुनै निश्चित प्रक्रिया छैन
02:01 उबुन्टु १२.०४ मा इन्स्टल भएको पर्ल को संस्करण हेरौं
02:07 किबोर्डको Ctrl + Alt + t कीहरु एकसाथ थिची टर्मिनल खोलौं
02:15 अनि टाइप गरौँ, perl hyphen v
02:18 Enter थिचौं
02:21 तपाई टर्मिनलमा एउटा आउटपुट देख्नुहुनेछ
02:26 यो आउटपुटले हाल इन्स्टल भएको पर्ल संस्करण देखाउँछ
02:31 मेरोमा यो PERL 5.14.2
02:36 उबुन्टु १२.०४ मा डिफल्टमा उपलब्ध हुने पर्ल प्याकेजहरु हेरौं
02:43 लन्चर बार मा जाऊ र ड्यास होम मा क्लिक गरौँ
02:48 सर्च बार मा Synaptic टाइप गरौँ
02:51 Synaptic Package Manager आइकन देखिन्छ
02:55 यसमा क्लिक गरौँ
02:57 आधिकारिकता को लागि तपाईसँग admin पासवर्ड मागिने छ
03:03 तपाईको एडमिन पासवर्ड इन्टर गरी Authenticate मा क्लिक गरौँ
03:08 Synaptic Package Manager ले तुरुन्तै प्याकेज को सूची लोड गर्छ
03:13 तपाईको इन्टरनेट र सिस्टमको गति अनुसार यसले केहि समय लिन सक्छ
03:18 लोड भएपछि, Quick Filter मा Perl टाइप गरौँ
03:22 तपाईले प्याकेजहरु को एउटा सूची प्राप्त गर्नुहुन्छ
03:25 एउटा perl package अगाडी रहेको हरियो रंगको चेकबक्सले यो पहिले नै इन्स्टल भएको जनाउँछ
03:33 भने तारा सहितको चेक्बक्सले तपाईलाई यी प्याकेजहरु पनि आवश्यक पर्ने जनाउँछ
03:41 यिनीहरुले तपाईलाई डकुमेन्ट सृजना गर्न वा एउटा पर्ल स्क्रिप्ट डीबग गर्न दिन्छ
03:47 तपाईलाई भविष्यमा पर्ल प्रयोग गर्दा आवश्यक पर्ने कुनै पनि प्याकेजहरु इन्स्टल गर्नुहोस्
03:54 अब, विन्डोज अपरेटिंग सिस्टम मा पर्ल इन्स्टल गर्ने प्रक्रिया हेरौं
04:00 पर्ल ट्युटोरियलहरु रेकर्ड गर्ने समयमा विन्डोजमा ५.१४.२ संस्करण उपलब्ध थियो
04:08 अहिले एउटा नयाँ पर्ल संस्करण उपलब्ध छ
04:12 म इन्स्टल गर्ने प्रक्रिया देखाउन नयाँ पर्ल संस्करण ५.१४.३ प्रयोग गर्नेछुँ
04:19 ट्युटोरियलमा देखाईएका सम्पूर्ण पर्ल कमाण्डहरु ले नयाँ संस्करणहरुमा पनि राम्रोसँग काम गर्छन्
04:26 विन्डोज अपरेटिंग सिस्टम मा ब्राउजर खोलौं
04:30 एड्रेस बार मा देखाएको URL टाइप गरौँ
04:35 तपाई पर्ल को डाउनलोड पेजमा पुग्नुहुनेछ
04:39 तपाईको सिस्टमको स्पेसिफिकेसन अनुसारको डाउनलोड संस्करण छान्नुहोस्
04:44 पर्ल को 32 bit संस्करण छान्ने छुँ
04:49 तपाईको कम्प्युटरमा आफुले चाहेको स्थानमा perl msi file सेभ गर्नुहोस्
04:56 मैले पहिले नै मेरो कम्प्युटरमा सेभ गरको छुँ
05:00 तपाईले perl msi फाइल डाउनलोड गरेको फोल्डर खोलौं र यसमा दोहोरो क्लिक गरौँ
05:07 अनि पप-अप विन्डोमा Run क्लिक गरौँ
05:11 Setup Wizard विन्डोमा Next मा क्लिक गरौँ
05:15 License Agreement स्वीकृत गरेपछि Next मा क्लिक गरौँ
05:21 अब, Custom Setup विन्डो देखापर्ने छ
05:25 यो विन्डोले इन्स्टल हुने सबै पर्ल का बिशेषताहरु सुचिकृत गर्छ
05:31 यिनीहरु हुन्:
05:32 * पर्ल
05:33 * PPM युटिलिटी जुन विन्डोजमा पर्ल मोड्युल डाउनलोड र इन्स्टल गर्न प्रयोग हुन्छ
05:39 * Documentation जसले पर्ल मोड्युल को डकुमेन्ट दिन्छ र
05:44 * पर्ल का उदाहरणहरु
05:47 यी सबै डिफल्ट सुबिधाहरु राखौं र Next मा क्लिक गरौँ
05:52 environmental variablefile extension सेट गर्न एउटा पपअप देखापर्छ
05:59 यहाँ देखाए झैं चेकबक्समा ठिक गरौँ
06:03 Next मा क्लिक गरौँ अनि Install मा क्लिक गरौं
06:07 यसले पर्ल इन्स्टल गर्न सुरु गर्छ
06:11 यसले तपाईको इन्टरनेट को गति अनुसार केहि समय लिन सक्छ
06:16 सकिएपछि, Display release note चेकबक्स अन्चेक गरौँ र Finish मा क्लिक गरौँ
06:23 यसरी विन्डोज मा पर्ल इन्स्टल गर्ने प्रक्रिया सकिन्छ
06:27 अब इन्स्टल भएको पुष्टि गरौँ
06:32 Start मेनुमा जाऊ र कमाण्ड प्रम्प्ट खोल्न cmd टाइप गरौँ
06:39 कमाण्ड प्रम्प्ट मा टाइप गरौँ: PERL space hyphen v
06:44 Enter थिचौं
06:46 तपाई पर्ल को इन्स्टल भएको संस्करण देख्नुहुन्छ
06:50 यदि यसरी संस्करण देखिएन भने माथिको इन्स्टल गर्ने प्रक्रिया दोहोराउनुहोस
06:57 अब एउटा सामान्य Hello PERL प्रोग्राम एक्जिक्युट गरौँ
07:02 तपाईलाई प्लेयर मूनि Code Files लिंकमा यो ट्युटोरियल सहित यो फाइल पनि दिइएको छ
07:11 कृपया यो फाइल डाउनलोड गरी प्रयोग गर्नुहोस्
07:14 मैले फाइल मेरो कम्प्युटरको users\Amol डिरेक्टरीमा सेभ गरको छुँ
07:21 त्यसैले त्यहाँ जाऊ
07:23 अनि टाइप गरौँ: PERL sampleProgram.pl
07:28 Enter थिचौं
07:30 कमाण्ड प्रम्प्ट मा देखाए झैँ Hello PERL देखापर्छ
07:35 संक्षेपमा हेरौं
07:37 यो ट्युटोरियलमा हामीले सिक्यौं:
07:40 * पर्लको संक्षिप्त जानकारी र
07:43 * उबुन्टु लिनक्स १२.०४ विन्डोज मा पर्ल इन्स्टल गर्ने प्रक्रिया
07:50 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:54 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:58 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
08:03 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
08:06 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:10 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:15 बिस्तृत जानकारीको लागि कृपया
08:18 contact@spoken- tutorial. org मा सम्पर्क गर्नुहोस्
08:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट "टक टू अ टिचर" प्रोजेक्टको एक भाग हो
08:29 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:38 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
08:50 आशा छ तपाईलाई यो पर्ल ट्युटोरियल मनपर्यो
08:53 म मन्दिरा थापा बिदा हुदैछुँ,
08:56 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya