Java-Business-Application/C2/Servlet-Methods/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:10, 8 July 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.01 Servlet Methods को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ
00.08 JSP प्रयोग गरि एउटा सामान्य लगइन फर्म सिर्जना गर्न
00.13 doGet मेथड प्रयोग गरि प्यारामिटरहरु पठाउन
00.16 doPost मेथड प्रयोग गरेर प्यारामिटरहरु पठाउन
00.20 doGet doPost मेथडहरु बीचको भिन्नता
00.25 यहाँ हामी प्रयोग गर्दै छौ
00.26 उबुन्टु संस्करण १२.०४
00.30 नेटबिंस IDE ७. ३
00.33 JDK १.७
00.36 फायरफक्स वेब- ब्रोजर २१.०
00.39 तपाई आफ्नो रोजाईको कुनै वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00.43 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग यी ज्ञान हुनुपर्छ
00.46 नेटबिंस IDE प्रयोग गरि कोर जाभा
00.49 HTML
00.51 जाभा सर्भेलेटJSP को आधारभूत ज्ञान
00.56 यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
01.00 हामी हाम्रो वेब एप्लिकेसन बनाएर सुरु गर्ने छौ - Library Management System
01.06 पहिले हामी होम पेज बनाउने छौ
01.09 होम पेज मा एउटा सरल लगइन फर्म
01.14 यसले आधिकारिक युजरहरूलाई लाईब्रेरी म्यानेजमेन्ट सिस्टम'' मा लगइन गर्न अनुमति दिनेछ
01.20 अब, नेटबिंस IDE मा जाँऊ
01.23 index डट jsp पेज मा जाउँ जुन हामीले पहिले नै संशोधन गरेका थियौं
01.30 मैले हाम्रो होम पेज सिर्जना गर्न यो पेज संशोधन गरेको छुँ
01.35 हामी टाइटल मा Home Page राख्छौं
01.38 बडी भित्र, हामीसँग बोर्डर बराबर 1 भएको एउटा टेबल
01.44 तपाई यहाँ कोडमा एक पटक हेर्न सक्नु हुन्छ
01.47 टेबल भित्र, हामीले एउटा हेडिंग Welcome to Library Management System समावेश गरेका छौ
01.54 अर्को, हामीसँग प्याराग्राफ ट्याग छ जसमा This is the home page for Library Management System
02.03 अनि, हामीसँग एउटा हाइपरलिकं छ जसले visitorHomePage डट jsp नामक पेजमा जोड्ने छ
02.11 हामी पछि यो पेज बनाउने छौ
02.13 अनि, हामी सँग एउटा एकदमै सामान्य लगइन फर्म
02.18 यो फर्मले रजिस्टर्ड युजरलाई लगइन गर्ने अनुमति दिन्छ
02.22 फर्म बनाउनु अघि, तपाईले GreetingServlet नामक एउटा सर्भेलेट सिर्जना गर्नु पर्छ
02.28 ट्यटोरियल रोकौ र अघिल्लो ट्यूटोरियलमा वर्णन गरे जस्तै एउटा नयाँ सर्भेलेट बनाऊ
02.35 याद गरौँ, सर्भलेटको नाम GreetingServlet
02.39 URL प्याटर्न GreetingServletPath हुनुपर्छ
02.44 यो फर्मको दुई इनपुट एलिमेन्टहरू छन् - युजरनेम र पासवर्ड
02.50 यसको Submit बटन पनि छ जसमा Sign In लेखिएको छ
02.55 अर्को, हामीसँग एउटा प्याराग्राफ ट्याग छ जसमा addUser.jsp को लिंक छ
03.03 यो रजिस्ट्रेसन पेज अहिले सम्म रजिस्टर नगरेका युजरहरुको लागि हो
03.09 अब, हाम्रो GreetingServlet.java मा जाँऊ
03.14 याद गरौँ, GreetingServlet.java उही 'org.spokentutorial प्याकेजमा सिर्जना गरिएको छ
03.23 अब, यो सर्भेलेटले रिक्वेस्ट अब्जेक्टबाट फर्म डाटा प्रयोग गर्न सक्छ
03.30 यो सर्भलेटले एउटा कन्ट्रोलरको काम गर्छ
03.33 तपाई सम्झनुहुन्छ, हामीले पहिले पनि कन्ट्रोलरको बारेमा चर्चा गरेका थियौं?
03.38 अब, हामी सर्भलेटले कन्ट्रोलरको रुपमा के काम गर्छ हेर्नेछौं
03.42 फर्म डाटा रिक्वेस्ट अब्जेक्ट भित्र रहने छ
03.46 पहिलो कार्य भनेको फर्म डाटा प्यारामिटरहरु पुनः प्राप्त गर्नु हो
03.51 यो रिक्वेस्ट अब्जेक्टमा getParameter method प्रयोग गरेर गरिन्छ
03.57 ल अब, नेटबिंस IDE मा जाँऊ
04.02 doGet मेथड भित्र टाइप गरौँ
04.04 PrintWriter space out equal to response dot getWriter
04.14 अर्को, हामी फर्म डाटा प्यारामिटरहरु पुनः प्राप्त गर्नेछौं
04.18 अनि अर्को लाइनमा टाइप गरौँ
04.20 String space username बराबर request dot getParameter ब्राकेट भित्र दोहोरो उद्धरणमा userNamesemicolon.
04.35 याद गरौँ, यो युजरनेम हामीले फर्म ट्याग को लागि संलग्न गरेको युजर नेम हो
04.43 त्यसैगरी, हामी पासवर्ड पनि प्राप्त गर्ने छौ
04.48 त्यसैगरी अर्को लाइनमा टाइप गरौँ, String space password equal to request dot getParameter ब्राकेट भित्र दोहोरो उद्धरणमा password सेमिकोलन
05.03 अर्को, हामी आउटपुटमा युजर नेम प्रिन्ट गर्ने छौ
05.08 त्यसैले अर्को लाइनमा टाइप गरौँ
05.10 'out dot println ब्राकेट भित्र दोहोरो उद्धरणमा Hello from GET Method plus username.
05.21 अब, यो प्रोजेक्ट रन गर्न, MyFirstProject. मा राइट क्लिक गरौँ
05.27 Clean and Build मा क्लिक गरौँ
05.29 पुन MyFirstProject मा राइट क्लिक गरौँ र Run मा क्लिक गरौँ
05.35 ल अब सर्भर माथि छ र चलिरहेको छ
05.38 यसले MyFirstProject लागु गर्छ
05.41 हामीले ब्राउजरमा हाम्रो होम पेज प्राप्त गरेका छौ
05.45 पेजको टाइटल होम पेज भएको याद गरौँ
05.50 हामी यहाँ एउटा एकदमै सामान्य लगइन फर्म देख्न सक्छौ
05.54 युजरनेमपासवर्ड इन्टर गरौँ
05.58 युजरनेम मा arya टाइप गर्ने छु
06.02 पासवोर्ड मा arya*123 टाइप गरौँ
06.06 अनि Sign In मा क्लिक गरौँ
06.09 हामी देख्न सक्छौ, हामीले आउटपुट Hello from GET Method arya प्राप्त गरेका छौ
06.15 अहिले, यहाँ युजर लगइन गर्न सक्षम भएका थिए किनकी हामीले कोड भित्र कुनै मान्यता समावेश गरेका छैनौं
06.24 हामी यो पछिको ट्यूटोरियलमा गर्ने छौ
06.28 अब, यहाँ एक पटक URL हेरौ
06.31 यो localhost कोलन 8080 स्ल्याश MyFirstProject स्ल्याश GreetingServletPath प्रश्न चिन्ह userName बराबर arya एण्ड password बराबर arya *123 छ
06.49 अब, फर्म डाटा पेज जानकारीबाट एउटा प्रश्न चिन्ह ले अलग गरिएको छ
06.56 हामीले URL मा इन्टर गरेका युजरनेमपासवर्ड पनि देख्न सक्छौं
07.05 अब, यसलाई POST Method प्रयोग गरि हेरौं
07.10 ल, अब IDE मा जाँऊ
07.12 हामीले doGet Method लागि लेखेको कोड कपी गरौँ र doPost Method मा पेस्ट गरौँ
07.20 अब, println स्टेटमेन्टलाई Hello from POST Method मा परिवर्तन गरौँ
07.27 अनि इन्डेक्सडट jsp खोलौ
07.31 यहाँ, हामीले फर्म ट्याग को मेथड एट्रीब्युट लाई POST मा परिवर्तन गर्नुपर्छ
07.37 अब तपाई एक पटक यो कोड हेर्न सक्नुहुन्छ
07.42 हामीसँग फर्म एक्सन' बराबर'GreetingServletPath मेथड'बराबर'POST
07.49 अब, हामी यो प्रोजेक्ट पुन रन गर्ने छौं
07.53 ल अब MyFirstProject मा राइट क्लिक गरौँ र Run मा क्लिक गरौँ
07.58 हामीले GET method प्रयोग गर्न प्राप्त गरेको जस्तै आउटपुट प्राप्त गरेका छौँ
08.04 त्यसैले पुन User Name Password टाइप गरौँ
08.08 अनि Sign In मा क्लिक गरौँ
08.12 ध्यान दिउँ, हामीले Hello from POST Method arya प्राप्त गरेका छौं
08.17 अब, URL मा हेरौं
08.19 यसमा localhost कोलन8080 स्ल्याश MyFirstProject स्ल्याशGreetingServletPath
08.25 यहाँ, हामीले रिक्वेस्ट को URL' मा फर्म डाटा देख्दैनौं
08.30 यो doGetdoPost मेथडहरू बीचको मुख्य भिन्नता हो
08.35 अब, GETPOST मेथडहरू कहिले प्रयोग गर्ने सिकौ
08.42 GET मेथड तब प्रयोग हुन्छ जब
08.44 फर्म सानो छ र यसैले डाटा कम हुन्छ
08.48 युजर ले डाटाको सामग्रीहरु URL मा देख्न चाहन्छन्
08.53 POST Method तब प्रयोग हुन्छ जब
08.55 फर्म ठुलो छ र त्यसैले डाटा बढी हुन्छ
09.00 युजर ले डाटाको सामग्रीहरु URL मा देख्न चाहँदैनन्
09.06 जस्तै:पासवर्ड हरु
09.08 संक्षेपमा हेरौं
09.10 यो ट्यूटोरियलमा हामीले सिक्यौ
09.12 JSP प्रयोग गरि एउटा सामान्य लगइन फर्म सिर्जना गर्न
09.16 doGet मेथड प्रयोग गरि प्यारामिटरहरु पठाउन
09.19 doPost मेथड प्रयोग गरि प्यारामिटरहरू पठाउन
09.22 doGet doPost मेथडहरु बीचको भिन्नता
09.26 कृपया अघि बढ्नु पहिले यो ट्यूटोरियल पुरा गरेको पक्का गर्नुहोस्
09.32 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09.35 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09.38 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09.42 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
09.45 स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09.48 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.52 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09.58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10.02 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10.09 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT- Intro

10.19 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
10.28 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
10.32 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble