Ruby/C2/Variables-in-Ruby/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:42, 25 June 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time' Narration
00.02 रुबी को भेरिएबल्स स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.06 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ
00.09 एउटा भेरिएबल भनेको के हो ?
00.10 रुबी मा डाइनामिक टाइपिंग
00.13 एउटा भेरिएबल घोषणा गर्न
00.15 भेरिएबल टाइपहरु बदल्न
00.18 भेरिएबलको स्कोप भनेको के हो?
00.20 भेरिएबलहरूको प्रकारहरु
00.23 यहाँ, हामी उबुन्टु लिनक्स संस्करण १२.०४रुबी १. ९.३ प्रयोग गर्दै छौ
00.32 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग लिनक्स को टर्मिनल को बारेमा ज्ञान हुनु पर्छ
00.38 तपाई irb सँग पनि परिचित हुनु पर्छ
00.41 यदि छैन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00.47 अब, म भेरिएबल के हो वर्णन गर्ने छु
00.50 भेरिएबल एउटा मान भण्डार गर्न प्रयोग गरिन्छ
00.54 भेरिएबल एउटा रेफरेन्स हो
00.58 कृपया याद गरौ: रुबी भेरिएबल केस सेन्सेटिभ हुन्छ
01.04 भेरिएबलको नामहरु अर्थपूर्ण हुनुपर्दछ
01.07 भेरिएबलको नाममा लोअर केस अक्षरहरु, नम्बरहरू, अंडरस्कोर मात्र हुनसक्छ उदाहरण: first_name
01.20 अब डायनामिक टाइपिंग भनेको के हो?? हेरौं
01.23 ''रुबी एउटा डायनामिक टाइप गरिएको ल्यांग्वेज हो
01.27 यसको मतलब, तपाईले एउटा भेरिएबल सिर्जना गर्दा डाटा टाइप घोषणा गर्न आवश्यक छैन
01.34 रुबी इन्टरप्रेटर ले डाटा राख्ने समयमा डाटाको टाइप निर्धारण गर्छ
01.39 अब एउटा रुबी भेरिएबल कसरी घोषणा गरिन्छ हेरौ
01.45 Ctrl, Alt T कीहरू एकसाथ थिचेर टर्मिनल खोलौ
01.51 स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ
01.55 अब, irb टाइप गरौ
01.57 Interactive Ruby सुरु गर्न इन्टर थिचौं
02.02 अब, var1 इक्वल टू 10 टाइप गरौ र इन्टर थिचौं
02.09 यहाँ, हामीले एउटा भेरिएबल var1 घोषणा गरेका छौ र यसमा एउटा मान 10 राखेका छौं
02.15 अब इन्टरप्रेटरले निर्धारण गरेको डाटाटाइप इन्टिजर हो वा होइन जाचौं
02.21 त्यसैले टाइप गरौँ, var1 dot kind_(अन्डरस्कोर)of (?)प्रश्न चिन्ह Integerइन्टर थिचौं
02.37 हामी आउटपुट true पाउने छौ
02.39 रुबी मा, हामी डानामिकली भेरिएबल टाइप परिवर्तन गर्न सक्छौं
02.44 यसो गर्न, यसमा खाली एउटा नयाँ मान राखौं
02.47 भेरिएबल var1 मा एउटा स्ट्रिंग मान राखौं
02.53 टाइप गरौ, var1 बराबर दोहोरो उद्धरणमा hello र इन्टर थिचौं
03.02 अब यसको भेरिएबल टाइप जाँच गरौँ
03.06 टाइप गरौ, var1 डट class
03.12 क्लास मेथडले भेरिएबलको क्लासको जानकारी दिन्छ, अब इन्टर थिचौं
03.20 हामी आउटपुट स्ट्रिंग प्राप्त गर्छौ
03.23 रुबी ले स्वतः भेरिएबल टाइपलाई इन्टिजर बाट स्ट्रिंग मा परिवर्तन गरेको छ
03.29 अब हामी एउटा भेरिएबलको मानलाई भिन्नै टाइपमा कसरी परिणत गर्ने सिक्नेछौ
03.35 स्लाइडमा फर्कौं
03.38 रुबी भेरिएबलका क्लासहरु मा तिनीहरुको मान एउटा भिन्न टाइपमा परिवर्तन गर्ने तरिका छ
03.45 to_i मेथड एउटा भेरिएबललाई इन्टिजर मा परिवर्तन गर्न प्रयोग गरिन्छ
03.51 to_f मेथड एउटा भेरिएबललाई फलोट पोइन्ट मानमा परिवर्तन गर्न प्रयोग गरिन्छ
03.57 to _s मेथड एउटा भेरिएबललाई स्ट्रिंग मा परिवर्तन गर्न प्रयोग गरिन्छ
04.03 to_s मेथडले एउटा आर्गुमेन्टको रुपमा नम्बर बेस लिन्छ
04.08 परिवर्तन यो नम्बर बेसमा निर्भर गर्दछ
04.12 अब, यी मेथडहरू गरेर हेरौं
04.15 टर्मिनल मा जाँऊ, पहिले टर्मिनल सफा गरौ
04.21 irb कन्सोल सफा गर्न Ctrl L थिचौं
04.25 अब टाइप गरौँ, y बराबर 20इन्टर थिचौं
04.32 यहाँ, हामीले y नामक एउटा भेरिएबल घोषणा गरेका छौ र यसमा एउटा मान 20 राखेका छौं
04.39 हामी अब to अन्डरस्कोर f मेथड प्रयोग गरि y लाई फलोटिंग पोइन्ट मानमा परिवर्तन गर्ने छौ
04.47 टाइप गरौँ, y डट to' अन्डरस्कोर fइन्टर थिचौं
04.55 हामी फ्लोट मान प्राप्त गर्नेछौ
04.57 अब,टाइप गरौँ, y डट to अन्डरस्कोर s इन्टर थिचौं
05.06 हामीले आउटपुट दोहोरो उद्धरणमा 20 प्राप्त गर्ने छौ
05.10 भेरिएबल y लाई बाइनरीमा परिवर्तन गर्न to_s मेथडमा बेस नम्बर 2 दिउँ
05.18 अघिल्लो कमान्ड पाउन अप एरो की थिचौं
05.22 टाइप गरौँ, खुल्ने ब्राकेट 2 बन्द हुने ब्राकेट र इन्टर थिचौं
05.29 हामीले आउटपुट बाईनरी मा प्राप्त गर्छौ
05.33 त्यसैगरी, तपाई भेरिएबल y लाई अक्टल वा हेक्जाडेसिमल को रुपमा परिणत गर्न सक्नु हुन्छ
05.39 त्यसको लागि नम्बर बेस 8 वा 16 मा परिवर्तन गर्नुपर्छ
05.44 हाम्रो स्लाइडमा फर्कौं
05.47 अब हामी भेरिएबल स्कोप भनेको के हो सिक्ने छौ
05.51 स्कोप ले एउटा प्रोग्राम भित्रको एउटा भेरिएबलको पहुँच हुने स्थानहरु परिभाषित गर्दछ
05.56 रुबीमा चारवटा भेरिएबल स्कोप छन्:
06.00 Local
06.01 Global
06.02 Instance र
06.04 Class
06.06 हरेक भेरिएबल टाइप भेरिएबलको नामको शुरुमा एउटा विशेष अक्षरको प्रयोग गरि घोषणा गरिन्छ
06.14 $ ले ग्लोबल भेरिएबल जनाउँछ
06.18 लोअर केस अक्षरहरु र अन्डरस्कोरले एउटा लोकल भेरिएबल जनाउँछ
06.25 @ले एउटा इन्सट्यास् भेरिएबल जनाउँछ
06.29 दुई वटा @@ चिन्हहरूले एउटा क्लास भेरिएबल जनाउँछ
06.33 अपर केस अक्षरहरुले एउटाकन्सट्यांट लाई जनाउँछ
06.37 हामी यसको बारेमा बिस्तृत रुपमा अर्को ट्यूटोरियलमा चर्चा गर्नेछौं
06.42 यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेर्दा,
06.48 यो ट्यूटोरियलमा हामीले सिक्यौ
06.51 एउटा भेरिएबललाई घोषणा गर्न जस्तै var1=10
06.56 to_f, to_s मेथडहरू प्रयोग गरि भेरिएबल टाइप परिवर्तन गर्ने
07.04 विभिन्न भेरिएबल स्कोप
07.06 कार्यको रुपमा
07.08 एउटा भेरिएबल घोषणा गरौ र यसलाई अक्टलहेक्जाडेसिमल मा परिवर्तन गरौ
07.14 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
07.17
यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07.20 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07.24 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले :
07.27 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07.30 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07.34 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
07.41 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07.45 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07.51 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07.57 म मन्दिरा थापा बिदा हुदै छुँ, सहभागिताको लागि धन्यवाद

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble