GIMP/C2/Sketching/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:30, 29 May 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.23 मीट द गिम्पमा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.41 आज तपाईलाई देखाउन, म संग केहि नयाँ छ
00.44 त्यहाँ जोसेफको एउटा नयाँ भिडियो छ र आज म स्केचको इफेक्ट उपयोग गरेर एउटा इमेज कसरी बनाउने तपाईंलाई देखाउने छु
00.55 यहाँबाट जोसेफको भिडियो सुरु हुन्छ र उनले कसरी गिम्प २.४ प्रयोग गरि स्केच इफेक्ट सिर्जना गर्ने देखाउनेछन्
01.06 स्केच इफेक्ट देखाउन, म लेयरहरू संग काम गर्ने छु
01.14 अर्को कुरा, म यी लेयरहरूको पुन: नामांकरण गर्ने छु, जसले मैले कुन लेयरमा काम गर्दैछुँ भन्ने जानकारी दिनेछ
01.23 त्यसैले, म माथिल्लो लेयर छान्छु अनि Filters, Blur, Gaussian blur मा जाउँ
01.36 प्रिभ्युको मद्दतले इमेजको वरिपरि केहि लाइनहरु भएको देख्न सक्छौं
01.45 र यहाँ Blur Radius धेरै महत्त्वपूर्ण छ
01.48 मैले यहाँ तपाईले 30 blur radius र 5 blur radius प्रयोग गर्दा हुने भिन्नताहरू देखाउन दुईवटा प्रिभ्युहरु सिर्जना गरेको छुँ
01.59 यो इमेजको लागि, म blur radius 15 राख्ने छु र Ok मा क्लिक गर्ने छु
02.08 अब हामीले माथिल्लो लेयरमा एउटा राम्रो ब्लर भेट्यौ
02.12 अब हामीले गर्न पर्ने अर्को कुरा भनेको रंगलाई उल्टाउने हो
02.18 त्यसैले colours मा जाउँ र Invert छानौं
02.21 अब हामी, हाम्रो टूलबक्समा फर्कनेछौँ, माथि लेयर छानौ र यसको ओप्यासीटि 50% मा सेट गरौ
02.28 हामी एउटा राम्रो खैरो इमेज पाउछौ
02.31 अब हामी माथिको लेयरमा राइट क्लिक गरेर यी दुई लेयरहरूलाई संगै जोड्छौं, मर्ज भिजिवल लेयर छानौ र मर्जमा क्लिक गरौ
02.40 अर्को, म इमेजमा कन्ट्रास्ट बढाउन चाहन्छु र यसो गर्न Levels Tool छानौ
02.48 तपाईं यो चित्रमा सबै जानकारी बीचमा रहको देख्न सक्नुहुन्छ
02.54 र मैले स्लाइडर्सलाई त्यो मानसम्म सार्नुपर्छ
03.01 अब, म बीचको स्लाइडरलाई बायाँ सार्छु जसले गर्दा म इमेज अलि सेतो पाउछु
03.13 र Ok मा क्लिक गरौ
03.16 अब तपाई लाइनहरु बाहिर आउन सुरु भएको देख्न सक्नुहुन्छ, तर हामी अझै पनि इमेजमा रंग भेट्छौ
03.23 त्यसैले, म colour जान्छु, Desaturate र Luminosity विकल्प छानौ र अब हामीले कालो र सेतो इमेज पायौं
03.32 अब, म फेरी Levels Tool छान्छु र इमेजमा बढि कन्ट्रास्ट पाउन स्लाइडर मिलाउँ
03.47 स्लाइडरलाई यस्तो तरिकाले मिलाऊ कि तपाई इमेजमा एउटा राम्रो कन्ट्रास्ट प्राप्त गर्नहुनेछ
03.56 मलाई लाग्छ यो राम्रो छ
04.00 ल अब, हामीले एउटा राम्रो स्केच इफेक्ट सहितको इमेज पायौं
04.07 मलाई लाग्छ, हामीले यो इमेजको बोर्डर बनाउनु पर्छ
04.11 त्यसैले, एउटा नयाँ लेयर सिर्जना गरौँ र यसको नाम white राखौं र लेयर फिल टाइप white छानौ र अस्थायी रुपमा म अप्यासिटिको मान घटाउछु जसले गर्दा हामी इमेजबाट देख्न सकौं
04.27 अब म टूलबारबाट rectangle selection tools छान्छु र त्यो छनोटबाट इमेज कोर्छु
04.38 र आयत मिलाऊ
04.42 हाम्रो आयत मिलाउन सकिएपछी, बायाँ कुनाको तल जाऊ र Toggle Quick Mask मा क्लिक गरौ र हामीले सम्पादन गर्न सकिने कालो र सेतो बोर्डर पाउछौं
04.55 हामी फिल्टर प्रयोग गरि केही रोचक इफेक्ट सिर्जना गर्न सक्छौ, त्यसैले म Filters, Distorts, Waves मा जान्छु
05.06 र यो बक्समा, हामी केही रोचक बोर्डरहरु बनाउने विविध विकल्पहरू देख्नेछौं
05.18 म स्लाइडरलाई मिलाउछु जसले गर्दा म तरंग प्राप्त गर्छु
05.30 त्यो राम्रो देखिन्छ
05.32 अब म केहि ब्लर थप्न चाहन्छु
05.34 त्यसैले फिल्टरमा जाऊ तर मलाई लाग्छ मैले केहि भिन्न इफेक्टहरु प्रयोग गर्नुपर्छ
05.41 त्यसैले, म Noise मा जान्छु र Spread छान्छु र म Horizontal लाई 22 मा सेट गर्छु
06.02 ल अब, toggle quick mask बटनमा जाऊ र यसमा क्लिक गरौ
06.09 र तपाई यहाँ मार्जिन क्षेत्र देख्नुहुन्छ, जसको मतलब यो छनोट भएको छ
06.17 अब, म त्यो लेयरमा एउटा लेयर मास्क थप्नेछु र पूर्ण ओप्यासिटीको लागि त्यसमा सेतो भर्नेछु र त्यहाँ इमेज छनोट भएको छ, हामी कालो रंगलाई त्यो छनोटमा तानेर हाम्रो क्षेत्रलाई पूर्ण पारदर्शी बनाउन सक्छौं
06.39 म Select अनि None छान्छु, हामीले अस्थायी पारदर्शी सेट गरेको लेयरमा जाऊ र ओप्यासिटि 100% मा बढाऊ
06.53 पछि, तपाई आफ्नो बोर्डरको रंग परिवर्तन गर्न चाहनुहुन्छ भने, तपाई कलर डाइलगमा जानुहोस्, एउटा रंग छान्नुहोस् र त्यो लेयरमा तानेर लानुहोस्, तपाइले एउटा भिन्न रंगको लेयर पाउनुहुनेछ
07.10 त्यो राम्रो स्केच इफेक्ट थियो र यो भिडियो लागि जोसेफ लाई धन्यवाद
07.17 त्यहाँ, के भयो, हेरौ
07.22 मैले यहाँ एउटा इमेज तयार गरेकी छुँ र म संग यहाँ कालो देखि सेतो सम्म एउटा ग्रे gradient छ र सेतो र कालोले भरेको क्षेत्र छ
07.37 र मैले पहिले नै लेयर दोब्बर गरेकी छुँ जुन पहिलो कदम हो
07.45 अब म यो इमेजलाई उल्टाउन चाहन्छु, त्यसैले colours, Invert मा जानुहोस्
07.53 तपाई यो इमेज अब ठीक विपरीत भएको देख्नुहुन्छ र म ओप्यासिटी 50 % मा घटाउछु
08.06 र पुरै इमेज ग्रे छ किनभने आधा कालो र आधा सेतोले ग्रे दिन्छ
08.19 र यहाँ आधा सेतो र आधा कालोले पनि ग्रे दिन्छ
08.28 त्यसैले, अर्को कदम यो लेयरलाई ब्लर गर्नु हो
08.33 ल अब, Filters, Blur, Gaussian Blur मा जाउँ
08.40 मैले यो चेनलाई अनब्लक गरेकी छुँ, जसले गर्दा म भर्टिकल ब्लर मात्र परिवर्तन गर्नसक्छु र हरिजन्टल ब्लर होइन किनभने इमेज धेरै अल्मल्याउने बन्नेछ
08.55 ल, यो मैले चाहेको परिणाम हो, र म Ok मा क्लिक गर्छु
09.01 अब, तपाई यहाँ गाढा ग्रे र हल्का ग्रे लाइनहरू देख्नुहुन्छ
09.06 यहाँ यी लाइनहरु अग्रभूमिको ब्लरको परिणाम हो
09.18 जब म यहाँ जूम इन गर्छु र ओप्यासिटि वृद्धि गर्छु, तपाई यहाँ कालो र सेतो देख्नुहुन्छ र बीचमा एउटा ग्रेडीएन्ट देख्नुहुन्छ
09.32 अर्को लेयरमा, हामीसंग सेतो र कालो छ र अब यो ठीक विपरीत छैन
09.44 ल अब, ओप्यासिटी घटाउनुहोस् र अब तपाई एकातिर गाढा ग्रे र अर्को तिर मध्यम ग्रे देख्न सक्नुहुन्छ
10.00 यहाँ, यो मध्यम ग्रे छ र यहाँ पनि
10.05 तर, पहिले trick of the eye मा हेरौं
10.10 यहाँ यो भन्दा यो निश्चय नै गाढा छ, त्यसैले म कलर पिकर छान्छु र हामी यहाँ रातो 128, हरियो 128 र निलो 128 र 50% ग्रे देख्छौं र यो मध्यम ग्रे छ र यहाँ यो 127.127.127 र ग्रे 50% छ
10.43 यहाँ, कम छायाँहरु छन्, जुन मूलतः सोहि रंग हो र हामीसँग यतापट्टी 127 र यतापट्टी 128 छ
10.57 यदि हामीले 225 लाई 2 ले भाग गर्यो र यदि तपाईसंग कुनै फ्लोटिंग पोइन्ट छैन भने हामी 127 वा 128 प्राप्त गर्छौं
11.15 अब, मैले यी लेयरहरुलाई जोड्नु पर्छ
11.19 त्यसैले, Layer, Merge डाउनमा जानुहोस्
11.29 ल, यहाँ जोसेफको इमेजमा भएको रंगको लेभल प्राप्त गरौ र अब, म यी स्लाइडरहरूलाई तानेर कालो गाढा र ग्रे हल्का बनाउन सक्छु
11.56 तपाई विविध मोटाईको रेखाहरु देख्न सक्नुहुन्छ र यदि मैले यी स्लाइडरहरूलाई बायाँतिर ताने भने लाइन अझ राम्रो हुदै आउँछ
12.12 ल, सम्पूर्ण इमेजमा हेरौ, Shift + Ctrl + E , तपाई मसँग भएको ग्रेडीयन्ट र रंगहरूको सट्टा लाइनहरु देख्नुहुन्छ
12.25 मलाई आशा छ तपाईले यो बुझ्नुभयो र तपाई यो गरेर हेर्न सक्नुहुन्छ
12.31 केहि इमेजहरू यो इफेक्टमा धेरै राम्रो देखिन्छन्
12.37 र जोसेफको इमेज अति हास्यास्पद थियो, मलाई यो मन पर्यो
12.44 यो हप्ता, म Meet The GIMP मा एउटा नयाँ खण्ड सुरु गर्छु
12.48 यदि तपाई होम पेजमा जानुभयो भने र त्यहाँ दाहिनेतिर तपाईले 23 HQ.com मा फोटो समूहको लागि पाथ फेला पार्नुहुन्छ
13.00 र मैले देखाउने मेरा धेरै इमेजहरू छन् र म यसमध्ये एउटा लिन्छु र यसको बारे केहि भन्छु र आज यहाँ म एउटा लिने छु
13.13 यो फायरवर्क्समा मेन्जिलम्यानले बनाएको हो र उनले यो इमेजमा व्हाइट ब्यालेन्स र इमेजका रंगहरूको बारेमा टिप्पणी मागेका छन् र यो हेर्दा, लाग्छ, यसले काम गर्छ
13.28 मैले टिप्पणी गरेकी छुँ तर त्यो जर्मनमा मात्र थियो
13.32 ठिक छ, एक पटक हेरौ
13.35 यो उनको इमेज हो जुन वेभसाइटदेखि टाढा तानेर यहाँ टूलबक्समा छोडिएको छ र GIMP ले वेबबाट इमेज खोल्छ
13.48 मलाई लाग्छ, यो आकाश अलि गाढा हुनु पर्छ
13.53 यहाँ तल भवनको इमेज राम्रो छ जुन इमेजमा हुनुपर्छ तर यहाँ आकाश लगभग कालो हुनुपर्छ, यो जस्तो कालो होइन र सायद यहाँ यो केही धुवाँ बादल बचाउन सकिन्छ
14.13 त्यसैले मैले कर्भ्स टूल छाने र हामी के गर्न सक्छौ हेरौ
14.24 तपाई यहाँ हामीसंग इमेजमा धेरै सेतो रंग भएको देख्न सक्नुहुन्छ
14.31 यो इमेज राम्रोसँग देखिएको छ र मानहरु सहि रुपमा हिस्टोग्राममा वितरित छन् र हामीसँग यहाँ कालो छ, तपाई यो वास्तविक कालो नभएको देख्नुहुनेछ
14.48 यहाँ हामी यसलाई अलि गाढा बनाउन सक्छौ
14.56 त्यसैले, म यहाँ यो कालो बिन्दु तान्न सक्छु
15.01 कालो बिन्दु कालोको परिभाषा हो र अब म यसलाई कालो भन्न सक्छु
15.12 ल अब, तपाई देख्न सक्नुहुन्छ, यसमा फायरवर्क अलि बढि छ र म हिस्टोग्रामको यो अंशलाई अलि गाढा पार्न चाहन्छु
15.26 त्यसैले, म बिन्दु यहाँ राख्छु र कर्भलाई तल तान्छु
15.33 मैले भवनको लागि अलि कति ठाउँ छोड्नुपर्छ
15.41 मलाई लाग्छ, यो भवनको महत्वपूर्ण भाग हो
15.52 त्यसैले, म यो कर्भलाई तल तान्छु र म भवन अझै पनि देख्न सक्छु
16.07 अब यहाँ यो क्षेत्र गाढा छ र यो सेतो, सायद यो अब अलि बढी सेतो छ, त्यसैले म यसलाई तल तान्छु
16.25 नौलो कुरा प्रयास गरौ
16.32 होइन, त्यसले काम गर्दैन
16.35 पोइन्टहरूलाई बाहिर तानौं
16.39 मैले पहिले यो गरेको छैन त्यसैले केहि प्रयोग गर्दैछु
16.51 मलाई लाग्छ, यसले काम गर्छ
16.54 पहिले इमेजलाई अलि हेर्नलायक मात्र बनाउन खोज्दा अहिले रंगहरु धेरै राम्रो भएका छन्
17.03 मलाई लाग्छ, यो इमेजको लागि यति नै
17.07 थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ, यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला
17.22 स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana