GIMP/C2/Easy-Animation/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:37, 27 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.23 आज हामी सिम्पल एनिमेसनको बारेमा चर्चा गर्नेछौं
00.28 गिम्पमा एनिमेसनको प्याकेजलाई GAP वा GIMP एनिमेसन प्याकेज भनिन्छ जसले एकदमै धेरै एनिमेसन,फिल्म र चलचित्रहरु गर्न सक्छ
00.43 तर हामी त्यो पछि हेर्नेछौं
00.46 जर्मनीमा सबैभन्दा पुरानो एनिमेसनलाई Daumenkino वा Front Cinema भनिन्छ
00.55 र अंग्रेजीमा यसलाई फ्लिप बुक वा फ्लिक बुक भनिन्छ
01.02 यो बुकमा एकदमै धेरै इमेजहरु हुन्छन जुन लगभग उहिँ हुन्छन् तर प्रत्येक पेजमा अलि फरक हुन्छन् र यदि तपाईले त्यसलाई चलाउनुभयो भने तपाई केहि चल चित्र देख्नुहुन्छ
01.20 यहाँ भएको भिडियो पनि एनिमेसन हो र तपाई प्रति सेकन्ड २५ इमेज सहितको स्लाइड हेर्दै हुनुहुन्छ
01.36 यहाँ दुई एनिमेसन छन्, यो मेरो हो र यो Rob को हो जसले gif मा एनिमेसन देखाउँछ
01.51 म यहाँ मेरो एनिमेसन सुधार्न चाहन्छु
01.56 म मेरो बिज्ञापनमा Meet The GIMP को लोगो देखाउन चाहन्छु
02.04 अब मलाई यो इमेज मेरो डेस्कटपमा सेभ गर्नुपर्छ र मैले सफलतापुर्वक एउटा एनिमेसन बनाउनुपर्छ
02.15 ल, त्यसैले मैले आफ्नै इमेज चोरें र यसलाई डेस्कटपमा सेभ गरें
02.24 म यो इमेज गिम्पमा खोल्नेछु
02.28 यसलाई टूलबक्समा तानौं र यो यहाँ भयो
02.35 यसलाई अलि ठूलो पारौं
02.43 मूलतः त्यहाँ यो इमेजमा कुनै एनिमेसन छैन तर लेयर डाइलगमा आठ लेयरहरुको चाङ छ
02.56 र माथि तपाई यो एउटा gif इमेज भएको देख्नुहुन्छ र 80 by 80 पिक्सलको आठ लेयरहरु छन्
03.13 यो ईमेज २५६ भिन्न रंगहरुले बनेको हुन्छ
03.19 र यी रंगहरुमा हेर्न Dialog अनि ColorMap मा जाउँ
03.27 यहाँ तपाई यो इमेजमा प्रयोग गरिएको रंगहरु देख्न सक्नुहुन्छ र त्यहाँ धेरै निलो र केहि अन्य रंगहरु देख्न सक्नुहुन्छ र प्रत्येक रंगको एउटा इन्डेक्स र HTML नोटेसन छ
03.50 त्यसैले gif इमेजमा इन्डेक्स हुन्छन् र rgb इमेजहरु होइन र तिनीहरुसँग एउटा मात्र सिमित रंग छ
04.05 अब यहाँ फ्रेममा हेरौं
04.10 तपाई देख्न सक्नुहुन्छ पहिलो लेयरको नाम ब्याकग्राउण्ड छ र ब्राकेटमा यो मिलिसेकन्ड मा छ त्यो हो 5Seconds
04.25 त्यसैले इमेज ५ सेकन्डको लागि देखाइन्छ र फ्रेमहरु 2,3,4 100 मिलिसेकन्डको सम्म देखिन्छन् र त्यहाँ एउटा रिप्लेस विकल्प छ
04.42 फ्रेमहरु हेर्न म शिफ्ट की थिची राख्छु र यहाँ आँखामा क्लिक गर्छु र सबै फ्रेमहरु देखिने हुन्छन्
04.55 र अब म तिनीहरुलाई यहाँ माथि चाङ लगाउन सक्छु
05.03 इन्डेक्स रंगहरु प्रयोग गर्नुको एउटा बेफाइदा छ
05.07 यहाँ तपाई धेरै चिन्हहरु देख्न सक्नुहुन्छ किनभने यी टाइलहरुमा केवल २५६ भिन्न रंगहरु छन्
05.18 ल, यहाँ मेरो पृष्ठभूमि इमेज छ
05.23 र यो अर्को हो र मैले एनिमेसनमा प्रयोग गरेको अर्को इमेज हो र यो चित्र मानिसहरुले पाठ अनुसरण नगरिकन बनाएका थिएँ र म यो उनको अनुमतिमा प्रयोग गर्दैछुँ
05.44 र अन्य यी इमेजहरु एक देखि अर्कोमा सामान्य बनाउन खाली अन्य इमेजहरुको मिश्रण हो
05.56 यो एनिमेसन पुन रचना गर्न मैले यो चाङबाट दुई इमेजहरु निकाल्न पर्छ जुन एकदमै सजिलो छ
06.06 मात्र यहाँ थम्बनेलमा क्लिक गरौं र माउस बटन थिचौं र यसलाई टूलबक्स सम्म तानौं
06.15 र यहाँ मेरो पहिलो इमेज छ
06.18 अब यहाँ क्लिक गरौँ र यो चाहिँ मेरो दोस्रो इमेज हो
06.24 ल, मसँग यहाँ यी दुई इमेजहरु छन् र म मेरो मूल इमेज बन्द गर्न सक्छु र म यसको केहि पनि सेभ गर्न चाहन्न
06.40 अब म Meet the GIMP लोगो समाबेस गर्न चाहन्छु
06.46 यसलाई खाली टूलबक्स सम्म तानौं र यो भयो
06.53 मैले यसलाई पुन 80 by 80 पिक्सलमा स्केल गर्नुपर्छ त्यसपछि मैले सेतो रंगलाई मेरो पृष्ठभूमिको रुपमा समाबेस गर्नुपर्छ किनभने कालो यो इमेजमा एकदमै सुहाउदैन
07.12 र त्यसो गर्न एउटा नयाँ लेयर थपौं, यसलाई सेतोले भरौं र तल तानौं र अब मसँग मेरो पृष्ठभूमिमा सेतो छ
07.25 लेयर डाइलगमा राइट क्लिक गरौँ र Flatten Image छानौं
07.33 अब मसँग फ्ल्याट Meet The GIMP लोगो सेतोमा छ
07.39 अब इमेजमा जाउँ र Scale Image र म 80 पिक्सल चाहन्छु र Interpolation मा क्युबिक राम्रो हुन्छ, Scale क्लिक गरौँ
07.51 र अब इमेज पुन स्केल भएको छ तर यो अलि सफ्ट छ
07.58 रिस्केल गरेपछि तपाईले यसलाई शार्पन गरौँ
08.03 त्यसैले म Filters, Enhance, Sharpen मा जान्छु
08.09 मलाई लाग्छ मैले sharpness को मान अलि बढि राख्नुपर्छ
08.15 मलाई लाग्छ यो राम्रो छ
08.22 अब मसँग एउटा एनिमेसनको लागि ३ इमेजहरु छन्
08.29 मैले यी आधारभूत इमेजहरु सेभ गर्न लगभग बिर्सेको थिएँ
08.37 पहिलो यहाँ छ, Meet The GIMP र यसलाई mtg80.xcf को रुपमा सेभ गरौं
08.55 र यहाँ पनि छ
08.58 मेनु प्रयोग गर्ने अर्को तरिका भनेको मेनुमा राइट क्लिक गर्ने र इमेजमा जाने हो र Mode र RGB
09.11 अनि File र Save As मा जाउँ
09.21 म यो इमेज मेरो बेसको रुपमा प्रयोग गर्नेछु
09.26 त्यसैले, म यसलाई फेरि सेभ गर्नेछु र यो पटक कपिको रुपमा
09.33 र यसलाई avatar.xcf भनौं
09.41 म यसलाई मैले पहिले गरेको मा प्रतिस्थापन गर्न चाहन्छु
09.48 File, Open मा जाउँ
09.52 ल, यहाँ मेरो आधारभूत इमेज छ
09.56 र अब मैले चाहेको पहिलो काम भनेको यो इमेजलाई Meet The GIMP Logo सँग ब्लेंड गर्ने हो
10.05 र त्यसको लागि म यसको एउटा कपि बनाउछु र यसलाई लोगोसँग मिक्स गर्छु
10.14 म इमेजलाई छान्न यसमा क्लिक गरेर टूलबक्समा तान्छु र यहाँ मेरो लेयर छ र अब म लोगो छान्छु र यसलाई यो इमेजमा तान्छु र तपाइ एउटा विना शिर्षकको स्क्र्याप लेयर पाउनुहुन्छ र यो कहिल्यै सेभ हुनेछैन
10.40 अब मसँग मेरा इमेजहरुमा दुई लेयरहरु छन्
10.46 र म यी २ लेयरहरु बीच ३ कदमहरु चाहन्छु
10.51 त्यसो गर्न म लगभग 25% ट्रान्सपरेन्सी छान्छु
11.01 अब म यो इमेज फ्ल्याट बनाउछु र म यसलाई मेरो avatar.xcf इमेजमा तान्छु
11.11 म यी नामहरु पछि बदल्ने छुँ
11.18 म विना शिर्षकको इमेजमा फर्कन्छु र Edit र Undo मा जान्छु
11.27 अब म ट्रान्सपरेन्सी 50% जति छान्ने छुँ
11.36 लेयर राइट क्लिक गरौँ र Flatten Image छानौं, र यसलाई तान्नु पहिले म लेयरलाई पुन Frame X नामांकरण गर्छु र ब्राकेटमा 100 मिलि सेकन्ड टाइप गर्छु
12.02 अब म यसलाई avatar.xcf मा तानौं र मेरो इमेजमा फर्कौं
12.14 म ctrl + Z थिच्छु र माथिल्लो लेयरको ओप्यासिटि झन्डै 75% सेट गर्छौं
12.26 लेयरमा क्लिक गरौँ र Flatten Image छानौं
12.34 म लेयर यसमा तान्छु
12.39 र यो एनिमेसन कार्यको लागि यति नै
12.45 अब यो लोगो इमेजमा तानौं र मसँग मेरो पहिलो ३ लेयरहरु ब्लेंड भइरहेको छ
12.57 र यहाँ म स्क्र्याप लेयर बन्द गर्छु र यसलाई सेभ गर्दिन
13.05 अब हामी यसले कसरी काम गर्छ हेर्नेछौं
13.10 तर त्यो भन्दा पहिले म यो काम सेभ गर्छु
13.15 र अब म Filters, Animation र Playback मा जानेछु
13.26 यहाँ मेरो एनिमेसन छ
13.29 म प्ले मा क्लिक गर्छु
13.33 मैले यो प्ले गर्नु पूर्व यी लेयरहरुको नाम बदल्नुपर्छ
13.43 यसैगरी तपाई अन्य इमेजहरु वर्ड प्रोसेसिंग विकल्पले जस्तै तपाई लेयरहरुको नाम पुन दिन सक्नुहुन्छ
13.56 खाली टेक्स्टमा चिन्ह लगाउ, Ctrl + C थिचौं र अर्को लेयरमा दोहोरो क्लिक गरौँ र Ctrl + V थिचौं र आवश्यक सामग्रीहरु बदलौं
14.14 अब सबै फ्रेमहरुको सहि नामहरु छन्
14.22 त्यसैले म मेरो इमेजमा फर्कन्छु, Filter, Animation, Playback छान्छु र यहाँ यसमा हेरौं
14.34 तपाई आधारभूत इमेज देख्नुहुन्छ
14.38 र यो अन्य इमेजमा बदलिनेछ तर यो एकदमै छिटो हुन्छ
14.50 यो अलि बिस्तारै पनि हुन् सक्थ्यो
14.55 ल, म समय मानौं 200मिलि सेकन्डमा बदल्ने छुँ
15.02 र पुन Filters, Animation, Playback
15.15 मलाई लाग्छ यो अझ राम्रो छ
15.18 अन्तिम कुरो भनेको यो इमेजमा इन्डेक्स गर्ने हो र यसलाई एउटा gif इमेजको रुपमा सेभ गर्ने हो र यो सजिलै गर्न सकिन्छ
15.30 File, Save As मा जाउँ र नामको एक्सटेन्सन GIF मा बदलौं र सेभमा क्लिक गरौं
15.43 अनि म एउटा अप्सन डाइलग पाउनेछु
15.47 र gif ले यी लेयरहरु सम्हाल्न सक्दैन
15.52 र यसले खाली एनिमेसन फ्रेम सम्हाल्न सक्छ
15.57 म यसलाई Animation को रुपमा सेभ गर्छु
16.04 GIF ले खाली Grey Scale वा Index Image सम्हाल्न सक्छ
16.10 त्यसैले यसलाई इन्डेक्स रिजल्टमा परिणत गर्न चाहन्छु
16.15 यी डिफल्टका सेटिंगहरु हुन्, मलाई लाग्छ, मेरो सामग्रीको लागि पर्याप्त छन् र म यसलाई बदल्न सक्छु तर मलाई यो आवश्यक लाग्दैन
16.26 त्यसैले Export मा क्लिक गरौँ
16.29 यहाँ तपाई Created With The GIMP र Loop forever देख्न सक्नुहुन्छ
16.36 Frame डिस्पोजलमा म फ्रेम प्रतिस्थापन गर्न चाहन्छु
16.43 र यी विकल्पहरु ठिक गरिएका छैनन् म तिनीहरुलाई त्यसै छोड्छु किनभने यदि म टाइम 5000 वा 2000 मिलि सेकन्डमा बदल्न चाहे भने म त्यो गर्न सक्छु
17.01 अब सेभ मा क्लिक गरौँ र हामी परिणाम हेर्नेछौं
17.07 र त्यसको लागि हामी गिम्प प्रयोग गर्ने छैनौं तर Mozilla प्रयोग गर्नेछुँ
17.13 Mozilla मा यसले अपेक्षित रुपमा काम गर्छ
17.18 अर्को हप्तासम्मको लागि यति नै
17.22 स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana