GIMP/C2/How-To-Fix-An-Underexposed-Image/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:10, 23 May 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.23 Meet The GIMP मा स्वागत छ
00.25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.32 मैले यो इमेज इमेल मार्फत नर्मनबाट पाएको हुँ
00.35 उनले मलाई यो सेभ गर्न भनेका छन्
00.39 यो इमेज उनले र कन्भर्टर प्रयोग गरि पाएका हुन् र यो उनको मूल इमेज थियो
00.48 इमेजहरु तुलना गर्दा नर्मन ले गरेको कार्य प्रष्ट छ
00.53 पहिले उनले इमेज रोटेट गरेका छन् अनि अग्रभूमिमा सहि रंग र चम्किलोपना पाउन कर्भ्स टूल प्रयोग गरि इमेज सम्पादन गरेका छन् र बादलहरु अलि उज्यालो बनाउने प्रयास गरेका छन्
01.09 तपाईले यो इमेजमा हेर्दा बादलहरु एकदमै राम्रो देख्नुहुन्छ
01.14 मलाई ती मनपरे र मैले उनीसँग यो इमेज देखाउने अनुमति मागेको छुँ र अब म उनको कार्य पुन गर्न चाहन्छु र म उनको इमेजमा बादल अझ राम्रो बनाउने प्रयास गरौँ
01.33 तर पहिले यो इमेजमा के गल्ति भयो भन्ने थाहा पाउन EXIF जानकारीमा हेरौं
01.43 तपाई यो एउटा Panasonic क्यामरा भएको देख्न सक्नुहुन्छ र यो क्यामरामा एकदमै सानो सेन्सर छ
01.51 तपाई यो क्यामरा आफ्नो सर्टको खल्तीमा राख्न सक्नुहुन्छ
01.57 र यहाँ हामीसँग एक्सपोजर डाटा छ
02.02 एक्सपोजर समय एक सेकन्डको हजार भाग र Aperture 5.6 छ
02.09 फ्ल्यास अन थियो र क्यामराले इमेजमा यसको इफेक्ट गणना गरेको छ
02.16 र यस्तो दृश्यको लागि त्यस्तो सानो क्यामराको फ्ल्यासले काम गर्दैन
02.24 मलाई लाग्छ, इमेजको यो भाग चहकिलो बनाउन तपाईलाई न्युक्लियर बम जस्तो केहि चाहिन्छ
02.36 यो इमेज JPEG मा सेभ भएको छ र यसले अर्को समस्या दिन्छ
02.42 यो भाग जुन इमेजको एकदमै रोचक खण्ड थियो, त्यो JPEG कम्प्रेसनको कारणले धेरै गाढा भएको छ
02.53 र जब म क्षितिजमा जूम गर्छु एउटा राम्रोसँग परिभाषित बस्तु देख्छु तर अलि तेजिलो छ र त्यहाँ क्षितिजमा एउटा जहाज पनि छ
03.08 बादलहरु बिस्तृत रुपमा छन् तर जब गाढा खण्डमा जान्छौं तपाई यहाँ एउटा रुख देख्न सक्नुहुन्छ तर केहि पनि प्रष्ट देखिदैन
03.19 यो किनभने JPEG ले इमेजको केहि खण्ड त्यतिकै छोड्छ जुन कम्प्युटरले हामीले कहिल्यै नदेख्ने ठान्छ
03.32 तर म यो सामग्री यहाँ हेर्न चाहन्छु र म JPEG कम्प्रेसनमा अलि अल्मलिए किनकि यहाँ हराएका विवरणहरु पुन कहिल्यै देखिदैन
03.45 र तपाईले यो खिच्दा यस्ता समस्याहरु हटाउन सक्नुहुन्छ र अर्को ट्युटोरियलमा म तपाईलाई UF र कन्भर्टर र गिम्पमा यसलाई कसरी प्रयोग गर्ने देखाउनेछुँ र मलाई लाग्छ त्यो अर्को ट्युटोरियलको लागि राम्रो बिषय हुनेछ
04.06 म इमेज यहाँ टूलबक्समा तानेर गिम्पमा लोड गर्नेछुँ र विन्डो ठूलो पार्नेछु
04.17 अब मेरो पहिलो कदम भनेको यो इमेजको साइज अलि मिलाउने हो किनकि यो इमेज एकदमै ठूलो छ र यसको ‘XCF’ फाइल ४० मेगाबाइट भन्दा बढि हुनेछ
04.29 साइज घटाउन टूलबारको इमेजमा क्लिक गरौँ, स्केल इमेजमा क्लिक गरौँ र विड्थ मानौं 1000 पिक्सलमा बदलौं र जब म ट्याब थिच्छु, हाइटमा 750 पिक्सल पाउनेछु र मसँग सबैभन्दा इन्टरपोलेसन छानिएको छ
05.01 यहाँ फ्रेममा पुरा इमेज पाउन shift +ctrl+ E थिचौं र अब म यो इमेज सम्पादन गर्न तयार छुँ
05.11 पहिलो कदम रोटेट हुन्छ
05.14 अघिल्लो ट्युटोरियलहरुमा मैले एउटा इमेज रोटेट गर्ने दुई तरिकाहरु देखाएको छुँ र आज तेस्रोको पालो हो
05.23 ल, म जूम गर्ने सोहि तरिका अपनाउदै छुँ जहाँ म एउटा तेर्सो लाइन देख्न सक्छु र तेर्सो लाइन क्षितिजमा देखिन्छ किनभने क्षितिजको परिभाषा तेर्सो हो
05.39 अनि म टूलबक्सबाट मापनको टूलहरु छान्छु र म इन्फो विन्डो छान्ने छैन किनभने यो इमेज फ्रेम बीच देखिने छ तर म सबै जानकारीहरु यहाँ स्टेटस बार मुनि पाउन सक्छु
06.01 अब क्षितिजको कोण पाउन धेरै सजिलो छ, क्षितिजमा कर्सर राखौं र यसलाई माउस बटन थिचेर तानौं
06.15 लाइनलाई अर्को पट्टि तानौं र एउटा लाइन क्षितिजको समानान्तर बनाऊ र बटन छोडौं
06.25 स्टेटस बारमा कोणको जानकारी हेरौं र म यहाँ कोण 1.64° देख्छु
06. 38 अब, म रोटेट टूल छान्छु, इमेजमा मात्र क्लिक गरौँ र टाइप गरौँ -1.63°, माइनस किनभने म 1.63 ° काउन्टरमा घुमाउन चाहन्छु
06.58 रोटेट मा क्लिक गरौँ र तपाई एउटा रोटेट भएको इमेज देख्नुहुनेछ
07.05 क्षितिज परिक्षण गर्न स्केल तल तानौं र यो तेर्सो छ
07.14 अर्को कदम इमेज क्रपिंग गर्ने हो तर म अहिले इमेज क्रप गर्न सक्दिनँ किनभने इमेजको यो भाग अदृश्य छ त्यसैले सामग्रीहरु छुट्याउन सकिदैन
07.31 मलाई कहाँ क्रप गर्ने थाहा छैन त्यसैले पहिले इमेजको यो भाग अलि उज्यालो बनाऊ
07.43 म कर्भ्स टूलमा काम गर्न चाहन्छु तर त्यो भन्दा पहिले म लेयरको एउटा कपि बनाउनेछु
07.50 किनभने हामीले इमेज टूल प्रयोग गरेपछि इमेजको जानकारीहरु हराउनेछन्
07.56 त्यसैले इमेजमा पुन सच्याउन नसकिने केहि पनि नगरौं
08.01 मैले रोटेट गरें तर पछिका कदमहरुमा मूल इमेजमा केहि पनि नगर्नुहोला
08.08 पहिले म जमिनको खण्ड सम्पादन गर्छु त्यसैले यो लेयरलाई Land भनौं र Land नाम भएको स्थानमा दोहोरो क्लिक गरौँ र रिटर्न थिचौं
08.22 अब लेयरको नाम Land छ
08.25 म कर्भ्स टूल छान्छु र इमेजमा क्लिक गर्छु र म इमेजमा थप कार्य गर्नेछुँ
08.34 इमेजको यो खण्ड सबैभन्दा गाढा छ, यसलाई त सजिलै मिलाउन सकिन्छ तर यहाँ घाँस पनि धेरै गाढा छ
08.46 पानी ग्रे स्केलको यो खण्डमा देखिन्छ र पक्कै यो भाग आकाश हो
09.01 ल, मैले इमेजमा जमिन उज्यालो बनाउनुपर्छ र मैले यसलाई माथि तानेर गर्छु
09.15 अब यहाँ प्रश्न के छ भने मैले यसलाई कति पर तान्नुपर्छ किनभने यदि मैले यसलाई धेरै पर ताने भने यो कृतिम देखिन्छ
09.28 र यदि मैले आकाश र जमिनलाई कर्भमा ठूलो अन्तर राखेर जोड्न चाहे भने यो वास्तविक इमेज जस्तो देखिने छैन
09.40 त्यसैले म यो अलि तल तान्छु
09.44 म यो गर्दैछुँ
09.49 यहाँ यो राम्रो देखिन्छ
09.52 समुन्द्र त्यति उज्यालो छैन र घर पनि देखिएको छ
10.00 त्यसैले म OK मा क्लिक गर्छु
10.06 मैले जमिनको भाग सम्पादन गरेपछि म आकाशमा जानेछु
10.12 त्यसैले पुन मूल लेयरको एउटा कपि बनाऊ र यसलाई माथि सारौँ र sky नाम राखौं’
10.21 लेयरमा दोहोरो क्लिक गरौँ, नाममा sky टाइप गरौँ, रिटर्न थिचौं र हामीसँग sky छ
10.28 म अन्य लेयरहरुमा कुनै असर नगरी स्काई लेयरमा सम्पादन गर्न चाहन्छु र त्यसो गर्न म एउटा लेयर मास्कमा काम गर्छु
10.37 स्काई लेयरमा राइट क्लिक गरौँ, add a layer mask मा क्लिक गरौँ र white लेयर मास्क छानौं मतलब फूल ओप्यासिटि जसको मतलब यो लेयर पूर्ण रुपमा देखिन्छ र सेतो छ
10.54 म ल्याण्ड लेयर लुकाउन चाहन्छु र म समुन्द्र र आकाशबीच तेजिलो धार पनि चाहन्नँ र त्यसको लागि म ग्रेडीएन्ट प्रयोग गर्छु
11.07 ग्रेडीएन्ट कालो र सेतो बीचको बस्तु हो
11.13 म यो तपाईलाई यहाँ एउटा स्क्र्याप लेयरमा देखाउनेछुँ
11.34 मैले ग्रेडीएन्ट टूल छानेको छुँ र मैले यो संयोगबस फेला पारे, जब तपाई टूल आइकनमा दोहोरो क्लिक गर्नुहुन्छ टूल विकल्पहरु स्वत छानिने छन्
11.50 मलाई लाग्दैन् की यो तपाईको लागि नयाँ कुरो हो तर यो मेरो लागि नयाँ हो
11.56 जानकारी राख्दा राम्रो
11.59 ग्रेडीएन्ट टूलमा फर्कौं र म यो लाइन लेफ्ट माउस बटन क्लिक गरेर तान्छु र छोड्छु
12.09 सुरुको बिन्दुको बायाँ क्षेत्र कालोले भरिएको छ र दायाँको क्षेत्र सेतोले भरिएको छ जुन ग्रेडीएन्टको अर्को पट्टि पर्छ
12.26 र सेतो र कालो बीचको क्षेत्र ग्रे को भिन्न शृंखला हो र यसलाई ग्रेडीएन्ट भनिन्छ
12.38 र म ग्रेडीएन्ट लामो वा छोटो बनाउन सक्छु
12.44 यहाँ बिभिन्न ग्रेडीएन्ट टूलहरु रहेका छन् र म यहाँ कालो र सेतो प्रयोग गर्ने छुँ
12.56 र यहाँ धेरै विकल्पहरु छन् जस्तै radial जसले तपाई वृत बनाउन सक्नुहुन्छ
13.04 त्यहाँ तपाईले प्रयोग गर्न सक्ने एकदमै धेरै विकल्पहरु छन्
13.10 यी यो टूलको विकल्पहरु खोज गर्न उपयोगी हुन्छन्
13.15 त्यसैले म सेपमा लिनियर राख्छु र यहाँ स्क्र्याप लेयर मेट्छु
13.25 अब म यहाँ स्काई लेयरमा काम गर्दैछुँ, ग्रेडीएन्ट कालोबाट सेतोमा सेट गरिएको छ, इमेजलाई पारदर्शी बनाउने देखि इमेज देखिने बनाउने र म लेयर डाइलगमा फर्कन्छु र मैले लेयर एक्टिभेट गरेको छ/छैन जाचौं किनकि म यसलाई मूल इमेजमा पेन्ट गर्न चाहन्न
13.54 म लेयर मास्कमा पेन्ट गर्न चाहन्छु
13.59 र इमेज जूम गर्न जूम टूल छानौं
14.04 यसको लागि केहि अभ्यास गर्नुपर्छ
14.14 म यहाँ यो बिन्दुबाट सुरु गर्नेछुँ र यहाँ अन्त्य गर्नेछुँ
14.20 म ग्रेडीएन्ट सिधा चाहन्छु किनकि यस्तो ग्रेडीएन्टले इमेज मैले चाहेको रुपमा दिदैन
14.32 कार्य अंडू गर्न ctrl + z गरौँ
14.37 त्यसैले म कन्ट्रोल की थिच्छु र यहाँ स्लाइडर 5 डिग्रीसम्म सार्न सकिन्छ
14.49 त्यसैले म यसलाई यहाँबाट यो बिन्दुसम्म बनाउन सुरु गर्छु
14.58 जब तपाई पुरा इमेजमा फर्कनुहुन्छ, तपाई मेरो ग्रेडीएन्ट देख्न सक्नुहुन्छ
15.06 र जब म अन्य लेयरहरुमा जान्छु, माथिल्लो लेयर सबैभन्दा माथिको लेयर मात्र देखिन्छ र अन्य पृष्ठभूमिमा देखिन्छन
15.23 तर मलाई लाग्दैन की यो त्यति स्वाभाविक देखिएको छ
15.27 यो अलि कृतिम देखिएको छ त्यसैले म आकाश अलि उज्यालो बनाउछु
15.34 त्यसो गर्न, पहिले मैले लेयर मास्क निस्क्रिय पार्नुपर्छ र लेयरमा काम गर्न यसलाई एक्टिभेट गर्नुपर्छ अथवा म लेयर मास्कमा कर्भ टूल प्रयोग गर्नसक्छु
15.48 तपाई जहिले पनि लेयरको सक्रिय खण्ड यसको वरिपरीको सेतो फ्रेमले पहिचान गर्न सक्नुहन्छ
15.56 त्यसैले यो यहाँ गरेर हेरौं
15.59 अब हामी आकाश उज्यालो बनाउन चाहन्छौं त्यसैले म यो माथि तान्दै छुँ
16.12 मलाई लाग्छ यो अलि राम्रो देखिन्छ किनकि आकाश उज्यालो छ र आकाश र समुन्द्र बीचको कृतिम सीमा हराएको छ
16.29 मलाई लाग्छ यसले काम गर्नेछ
16.32 अब स्काई लेयर र यो मुनिको लेयरहरुमा गएर इमेज तुलना गरौँ
16.42 तपाई फरक देख्न सक्नुहुन्छ
16.46 यो मूल इमेज हो
16.50 यो लेयर नयाँ स्काई हो र यो तलको नयाँ ल्याण्ड हो
16.57 जमिनमा अझ बढि कन्ट्रास्ट प्रयोग गर्न सकिन्थ्यो तर म पक्का छैन त्यसैले मैले यो गरेर हेर्नुपर्छ
17.07 त्यसैले ल्याण्ड लेयरमा दोहोरो क्लिक गरौँ र Overlay मोड छानौं जसले अलि थप कन्ट्रास्ट दिन्छ तर यो पक्कै अलि धेरै भयो, त्यसैले म ओप्यासिटि तल स्लाइड गर्छु
17.25 यो राम्रो देखिएको छ की छैन?? तर मलाई लाग्छ यो राम्रो छ
17.33 अब मसँग चार लेयरहरु छन्
17.36 ब्याकग्राउण्ड, मूल इमेज हामीलाई खासै चाहिदैन, ल्याण्ड लेयर, एउटा ल्याण्ड कपि र लेयर मास्क सहितको स्काई
17.50 र म इमेज जानकारीहरु नगुमाईकन यहाँ यी मानहरु बदल्न सक्छु
17.58 त्यो लेयर प्रयोग गर्नुको ठूलो फाइदा हो
18.03 अब, अन्तिम खण्ड क्रपिंगको लागि, नर्मनले यसलाई 7: 5 अनुपातमा क्रप गर्न चाहन्छन किनभने उनको प्रिन्टरले 7/5 इन्चको पेपर प्रयोग गर्छ
18.18 त्यसैले यसलाई 7/5 गरौँ, एउटा fixed aspect ratio
18.27 क्रप कहाँ गर्ने त?? मैले नर्मनले यो इमेज कहाँ क्रप गरेको बिर्से
18.34 त्यसैले यो पक्का गरौँ
18.36 मलाई लाग्छ रुख र सुकेको घाँस समाबेस गर्नुपर्छ
18.43 त्यसैले, मैले यो दायाँ कुनाबाट सुरु गर्नुपर्छ र क्रप टूल तानौं
18.58 यो खाली रोजाईको कुरो हो, पम्पिंगमा केहि गर्नुपर्दैन, तपाई सिक्न सक्नुहुन्छ
19.06 त्यहाँ rules of thirds छ
19.08 ल, यसलाई राखौं
19.13 यहाँ तपाई देख्न सक्नुहुन्छ की घरको अगाडीको भाग अहिले चाखलाग्दो भएको छ
19.20 यहाँ केहि कलात्मक छन्, सुनौलो खण्ड र यो उपयोगी हुन सक्छ तर मलाई लाग्छ सबैभन्दा राम्रो तपाईको हेराई हो
19.33 मलाई लाग्छ यसले काम गर्छ
19.37 म उनको इमेज एउटा JEPG इमेजको रुपमा सेभ गर्नेछुँ
19.42 र त्यो भन्दा पहिले म यसलाई अलि शार्पन गर्नुपर्छ
19.47 मैले गरेको शार्पनिंगको चिन्हहरु पहिले देखिने थिए, तर अहिले हराएका छन्
19.55 शुद्ध देखाउन सेतो लाइनहरु थिए
20.00 मलाई लाग्छ यो पटक पनि filters, enhance, sharpen मोड प्रयोग गर्छु
20.16 यो मुलत एउटा शार्पन नगरेको मास्क हो, केहि पूर्वनिर्धारित स्ट्याण्डर्ड मानहरुले शार्पन गर्ने
20.24 म शार्प नगरेको मास्क अर्को ट्युटोरियलमा चर्चा गर्नेछु
20.30 मैले त्यो कहिल्यै प्रयोग गरको छैन त्यसैले मैले यो आफै सिक्नुपर्छ
20.37 जसले गर्दा म यसको बारेमा केहि बर्णन गर्न सकूँ
20.44 मलाई लाग्छ यसले यहाँ राम्रो काम गर्छ
20.50 म इमेज सेभ गर्न सक्छु
21.02 आज म हासउठ्दो कुरा टाइप गर्दै छुँ
21.10 ल, मलाई थाहा छ jpeg मा धेरै लेयरको इमेजले गर्दा काम गर्दैन त्यसैले इमेज अब एक्सपोर्ट हुदैछ र सबै लेयर जानकारीहरु हराउनेछन
21.22 र गिम्पले एउटा चेतावनी दिन्छ
21.26 र मलाई लाग्छ 85% राम्रो गुणस्तर हो
21.31 फाइल साइज र इमेज क्वालिटीको राम्रो समिश्रण
21.39 र अब म मेरो ब्लग नोटमा राख्न मेरो शार्पनिंग र री-साइज इमेजमा फर्कन्छु
21.55 image/ scale image मा जाउँ र 600 पिक्सलको विड्थ चाहन्छु
22.08 यसलाई स्केल गरौँ
22.11 र अब म यसलाई फेरि शार्पन गर्छु, शार्पनिंग तपाईले इमेजमा गर्ने अन्तिम कार्य हुनुपर्छ
22.23 यो वास्तबमै अन्तिम कदम हो
22.33 यदि तपाईले त्यसपछि केहि बदल्नु भएन भने मात्र अल्गोरिदमले राम्रो सँग काम गर्छ
22.39 रिसाइज पनि होइन
22.41 यसमा हेरौं
22.47 मलाई लाग्छ, म अलि बढि राख्न सक्छु
22.52 मूलतः सोहि परिमाणमा टुंग्याउने
22.57 अब मलाई यो इमेज भयो, म यसलाई .600 को रुपमा सेभ गर्छु ताकी मलाई पछि ब्लकमा कुन इमेज राख्ने थाहा होस्
23.20 २ इमेजहरु तुलना गरौँ
23.23 यो नर्मनले बनाएका हुन् र यो मैले बनाएको हो
23.30 पक्कै मेरो आकाश राम्रो छ र मलाई लाग्छ Norman ले समुन्द्र र घरमा राम्रो काम गरेका छन्
23.40 र यी दुईको संयोजनले एउटा एकदमै राम्रो चित्र दिनेछ
23.47 मलाई लाग्छ मैले यहाँ उज्यालो बढि गरें
23.54 म यो सि लेयर सजिलै ठिक गर्नेछुँ
24.00 म पृष्ठभूमि लेयरमा मूल कपिको एउटा कपि गर्नेछु
24.06 लेयरलाई sea नाम दिउँ
24.10 अब म यसलाई ल्याण्ड कपि माथि र स्काई तल सार्नेछु
24.16 र तपाई यहाँ देख्न सक्नुहुन्छ स्काई लेयरमा केहि फरक भएको छैन तर ल्याण्डमा असर परेको छ
24.25 तर म त्यसलाई मास्क गर्नेछुँ
24.27 यसो गर्न एउटा लेयर मास्क थपौं
24.31 राइट क्लिक गरौँ र Add layer mask म लेयरको एउटा ग्रेस्केल कपि गर्छु
24.40 अब, तपाई यहाँको जमिन उज्यालो देख्न सक्नुहुन्छ
24.45 यो यहाँ भएको होइन तर सबैभन्दा ठूलो परिवर्तन पानीमा भएको देख्नुहुन्छ
24.54 र अब यहाँ लेयर मास्कमा अलि काम गरौँ
24.58 show the layer mask मा क्लिक गरौँ
25.01 तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ र स्काई अफ गर्नुहोस
25.05 अब, म कर्भ्स टूल छान्छु र म कर्भ्सलाई यसरी मिलाउछु की जमिन गाढा होस्
25.17 र समुन्द्र र आकाश बढि उज्यालो हुन्छन्
25.29 अब इमेजमा हेरौं
25.33 show layer mask अनक्लिक गरौँ
25.39 अब तपाई जमिनमा लगभग कुनै फरक नभएको देख्नुहुन्छ र समुन्द्र पनि राम्रो भयो
25.51 अब जब म समुन्द्र लेयर छान्छु, तपाई समुन्द्र राम्रो देख्न सक्नुहुन्छ
25.59 अब, म कर्भ्स टूल प्रयोग गरि इमेजको मानहरु बदल्ने छुँ
26.09 र मलाई लाग्छ, मैले
26.16 समुन्द्रमा अलि बढि कन्ट्रास्ट थप्नुपर्छ
26.24 यहाँ यो जस्तै
26.31 यहाँको भिरालो इमेजमा झन् कन्ट्रास्ट हुन्छ
26.37 हिस्टोग्रामको यो खण्ड समुन्द्र हो
26.41 त्यसैले मैले यहाँ धेरै कन्ट्रास्ट पाउँछु
26.49 र यो नमिले सम्म कर्भमा भरौं
26.56 मैले यो पहिले गरेको छैन त्यसैले यहाँ मैले यो प्रयोग गरेर हेर्नुपर्छ
27.10 मलाई लाग्छ यो मसँग पहिले भएको भन्दा धेरै राम्रो छ
27.17 अब यहाँ यो चट्टान र समुन्द्र बीचको सीमामा हेरौं
27.24 पहिले त्यहाँ एउटा ठूलो समस्या थियो
27.28 ल, यो पटक मैले लगभग कुनै सेतो रेखाहरु देखिन
27.34 र जब म यसमा यहाँ जूम गर्छु
27.41 तपाई सेतो रेखा जस्तै केहि देख्नुहुन्छ तर यो समुन्द्री तटमा घुम्ने मात्रै हो
27.51 त्यहाँ कुनै सेतो रेखाहरु छैन
27.56 मेरो पहिलो प्रयासमा, मैले जमिन, समुन्द्र र आकाशको भिन्नता पहिल्याउन खोजें
28.05 मैले यसमा बढि नै गरें
28.08 तर मलाई लाग्छ यसरी बढि राम्रो हुन्छ, ल त्यहाँ केहि गर्न बाँकि छ त?
28.18 थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
28.25 तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने, कृपया info@meetthegimp.org मा लेख्नुहोस्
28.35 तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु
28.41 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि मन्दिरा थापा

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana