GIMP/C2/Two-Minutes-Edit/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:33, 19 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.23 Meet The GIMP मा स्वागत छ
00.25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.31 यहाँ, यो इमेजमा के समस्या छ त?
00.35 यो बोर्डमा के छ भनेर केहि प्रष्ट छैन
00.39 त्यसैले म यो लेखन यहाँ देखाउन चाहन्छु
00.44 म आकाश जस्ताको तस्तै राख्न चाहन्छु त्यसैले म यो लेयर दोब्बर बनाउछु र म कर्भ्स टूल छान्छु
00.56 र इमेजको यो भागमा हेरौं
01.02 म कर्भलाई हल्का बनाउन माथि तान्छु
01.10 यो अलि राम्रो देखिन्छ र म यहाँ अलि गाढा पाउन यो पछाडीको बिन्दुलाई अझ तान्दै छुँ
01.19 मलाई लाग्छ यसले काम गर्नुपर्छ
01.25 अब म यो साइन बोर्डको लेखन इमेजको तल चाहन्छु
01.32 त्यसैले म एउटा लेयर मास्क छान्छु र लेयर मास्कलाई कालोले भर्छु
01.43 अब म मेरो पुरानो इमेजमा फर्कन्छु र एउटा सेतो बोर्डर भएको लेयर मास्कमा काम गरौँ
01.54 अब म यहाँ पेन्ट टूल छान्नेछुँ
02.00 र म अग्रभूमि रंग सेतो छान्छु
02.05 म एउटा ब्रस छान्छु र यसलाई ठूलो पार्छु
02.12 र अब म लेयर मास्कमा पेन्ट गर्दैछुँ
02.18 र सायद मैले इमेजमा जुम गर्नुपर्छ
02.25 यो राम्रो देखिन्छ
02.27 त्यो राम्रो छ
02.31 तपाइ मेरो इन्डिकेटर मा थिचेको कीहरु देख्न सक्नुहुन्छ
02.37 यो अलि राम्रो देखिन्छ
02.40 अब, म यो लेयर पुन दोब्बर गर्छु र ओभरले मोड छान्छु र पृष्ठभूमि थप राम्रो देखाउन ओप्यासिटि अलि तल सारौँ
03.03 मलाई लाग्छ यो राम्रो देखिन्छ
03.07 अब, म यो इमेज सेभ गर्न सक्छु
03.12 म यहाँ कपिहरुमा काम गर्दैछुँ त्यसैले म सेभ मा क्लिक मात्र गर्न सक्छु वा Ctrl + S थिच्न सक्छु र म यी सबै लेयरहरु सेभ गर्न पनि चाहन्न र म यसलाई Jpeg इमेजको रुपमा सेभ गर्दै छुँ
03.32 यो इमेजलाई वेबमा अपलोड गर्न यसलाई रिसाइज गर्नुपर्छ, त्यसैले Image मा जाउँ, Scale Image र म यसको चौडाई 600 मा घटाउदै छुँ
03.58 अब मैले यसलाई अलि तेजिलो पार्नुपर्छ, त्यसैले Filters, Enhance, Sharpen मा जाउँ
04.20 म इमेजमा कलात्मक इफेक्टहरु चाहन्छु र यहाँ तपाई केहि प्रकाश पनि देख्न सक्नुहुन्छ
04.38 अब म यसलाई एउटा कपि को रुपमा सेभ गर्दैछुँ
04.44 म यसलाई small नाम दिन्छु र सेभ गर्छु
04.50 र मैले यो इमेजमा काम सकेँ
04.53 तपाईले सम्पादन गर्दा जहिले दुई कुराको याद गर्नुपर्छ
04.58 पहिलो भनेको इमेजको एउटा खण्डमा परिवर्तन गर्ने र बाँकी यथावत राख्ने हो, अनि त्यो लेयरको कपि बनाउने र त्यसमा परिवर्तनहरु गर्ने र त्यसमा लेयर मास्क राख्ने हो
05.15 कालोले त्यहाँको सामग्रीहरु छोप्छ भने सेतोले देखाउँछ
05.22 दोस्रो कुरो, यदि तपाईले यसमा ओभरले मोडमा यसमा दोस्रो लेयर राख्नुभयो भने इमेजमा कन्ट्रास्ट र रंगहरु अझ राम्रो हुनेछन्
05.33 यी छिटो सम्पादन गर्ने दुई उपायहरु हुन्
05.41 यो इमेजमा तपाईले कम्तिमा दुई समस्याहरु पाउनुहुनेछ
05.46 पहिलो मैले यी मानिसहरुको खुट्टा काटेछुँ, त्यो भएको भए राम्रो हुन्थ्यो
05.55 र दोस्रो समस्या भनेको यी भवनहरु इमेजमा ढल्न लागेको जस्तो देखिन्छन् किनकि मैले क्यामरा माथि फर्काएको थिएँ
06.08 म पर्सपेक्टिभ टूल छान्छु
06.15 म डिरेक्सन डाइलगमा corrective backward छान्छु र म प्रिभ्युमा ग्रिड छान्छु
06.23 म एउटा आउटलाइन वा इमेज छान्न सक्छु तर म ग्रिड छान्छु
06.30 र जब म इमेजमा क्लिक गर्छु, म त्यति उपयोगी नहुने जानकारी सहितको एउटा इन्फो विन्डो पाउँछु
06.38 त्यसैले, म यसलाई यहाँबाट हटाउछु र अब मसँग यहाँ ग्रिड छ र मैले गर्नपर्ने भनेको यो ग्रिड लाइनहरु इमेजको यी भर्टिकलहरुमा एलाइन गर्ने हो
06.52 यी ग्रिडलाइनहरु आउटपुट इमेजमा ठाडो वा तेर्सो हुन्छन् र यो माथिको लाइन इमेजमा माथि हुनेछ
07.02 त्यसैले म यसलाई यहाँ माथि तान्दैछुँ
07.07 इमेजको वरिपरी हेर्दा मलाई यो इमेज ठिकै लाग्छ
07.41 र अब म transform थिच्छु
07.45 र हामीले यो ट्रांस्फर्म नभएसम्म कुर्नुपर्छ
07.51 र यो यहाँ छ
07.55 अब तपाई यहाँ दोस्रो समस्या देख्नुहुन्छ
08.00 यी जमिनहरु त्यति राम्रो देखिदैनन्
08.03 त्यसैले मैले यो इमेज क्रप गर्नुपर्छ
08.16 म मेरो क्रप टूलमा जान्छु
08.19 र म क्रपमा छेऊको भवन हटाउन चाहन्छु र त्यहाँ यो मात्र राख्न चाहन्छु
08.28 यो एउटा वर्ग जस्तो देखिन्छ त्यसैले म fixed aspect ratio मा क्लिक गर्छु र यसलाई 1 by 1 बनाउछु
08.40 अब मसँग वर्ग क्रप छ
08.45 जसमा मानिसहरु छन्
08.51 मलाई लाग्छ यो क्रपले काम गर्नुपर्छ
08.56 यसमा क्लिक गरौँ, र यो यहाँ छ
09.00 अब म Curves Tool छान्छु
09.04 त्यसमा अझ कन्ट्रास्ट बढाउन उच्च लाइनहरु अलि माथि तानौं
09.19 अब यो इमेज पनि तयार भयो
09.24 यो अर्को इमेज हो
09.27 अब यो इमेजमा के गर्ने त?
09.37 म रोटेट टूल छान्छु र 1 थिचेर इमेजमा जुम गर्छु
09.49 यहाँ, म इमेजको बीचमा रामो ठाडो खण्ड खोज्दैछुँ र डिरेक्सनमा म करेक्टिभ ब्याकवार्ड रोटेसन छान्छु
10.04 म cubic interpolation छान्छु र प्रिभ्युमा म ग्रिड छान्छु
10.12 अब म ग्रिडलाइन पाउन इमेजमा क्लिक गर्छु र अब म यी ग्रिडलाइनहरुलाई घरको ठाडो संरचनासँग एलाइन गर्छु
10.24 र यो भएजस्तो लाग्छ
10.28 यहाँ मेरो सानो झ्याल खुला छ जसले 2.90 डिग्री देखाउँछ र अन्तिम नतिजाको लागि कुरौं
10.40 ल भयो
10.44 यो राम्रो देखिन्छ
10.48 यहाँ तपाई धेरै विकृतिहरु देख्न सक्नुहुन्छ र मैले तिनीहरु सच्याउनुपर्छ तर म यो इमेज क्रप गर्दैछुँ
11.07 यो ठिक भयो जस्तो लाग्छ
11.13 मलाई लाग्छ मैले इमेज सहि तरिकाले रोटेट गरिन
11.23 अँ, मैले पर्याप्त रोटेट गरेको छैन र मैले सहि ठाउँ छानेको छैन
11.34 यसलाई फेरि गरौँ
11.39 म कार्यहरु Ctrl + Z ले अंडू गर्छु
12.00 म पुन रोटेट टूल छान्छु
12.10 म पहिले छानेको सेटिंगहरु परिवर्तन गर्दिनँ, र अब म इमेजको केन्द्र यहाँ टिभी टावर मा राख्दै छुँ
12.34 र अब यसलाई एउटा TV टावरमा एलाइन गरौँ
12.41 इमेजमा TV टावर मुख्य भाग हो र यदि यो सिधा भएन भने इमेज पनि बांगो देखिन्छ
12.59 यो राम्रो देखिन्छ
13.01 र अब म क्रप टूल छान्छु र यसमा थप ठाउँ नराखिकन एउटा क्रप छान्छु
13.26 अब अन्त्यमा इमेजमा थप कन्ट्रास्ट थप्न कर्भमा काम गरौँ
13.44 यो भयो, अब मेरो यो इमेजमा काम सकियो
13.50 यो इमेज पोट्रेट मोडमा हुनुपर्छ त्यसैले मैले यो बदल्नुपर्छ
13.59 म Image मा जान्छु, Transform, र Rotate 90 degree anti clockwise छानौं
14.08 अब मेरो इमेज रोटेट भएको छ
14.11 जब म मेरो इमेज ९० डिग्री रोटेट गर्छु, यसमा गुणस्तरमा सम्झौता गरिएको छैन जुन jpeg इमेजहरुको लागि महत्वपूर्ण छ
14.28 अब यो इमेजमा अलि कन्ट्रास्ट थपौं र यसो गर्न म कर्भ टूल थप्छु
14.37 तपाई levels tool वा अन्य पनि प्रयोग गर्न सक्नुहुन्छ तर मलाई कर्भ्स टूल नै सजिलो लाग्छ
14.44 एउटा ‘S’ कर्भ यसमा राखौं र मलाई लाग्छ यो सकियो, त्यसैले म यो इमेज सेभ गर्छु
14.59 अब, अर्को इमेज
15.01 यो सबै एकैपटक तान्न, केहि छिटो सम्पादन गर्न, तपाईलाई आधारभूत टूलहरु चाहिन्छ
15.10 पहिलो रोटेट टूल
15.13 करेक्टिभ मोड प्रयोग गरौँ र प्रिभ्युमा ग्रिड र ग्रिडलाई ठाडो वा तेर्सोसँग एलाइन गरौँ
15.24 अनि लाइनहरु ढल्काउन हामीलाई पर्स्पेक्टिभ टूल छान्नुपर्छ
15.31 पुन करेक्टिभ मोड प्रयोग गरौँ र ग्रिडलाई यो ठाडो र तेर्सो लाइनहरुसँग एलाइन गरौँ
15.48 इमेजको कन्ट्रास्ट र चम्किलोपना सहि बनाउन, कर्भ्स टूल छानौं र एउटा ‘S’ कर्भ एप्लाई गरौँ, प्राय अवस्थाहरुमा यो उपयोगी हुन्छ, कुनै अवस्थाहरुमा यदि तपाई अझ सफ्ट इमेज चाहनुनुहुन्छ भने उल्टो ‘S’ कर्भ र तपाई यहाँ बाहिर वास्तविक तुवाँलो देख्न सक्नुहुन्छ
16.23 र Image, अनि Transform मेनुमा जाउँ जहाँ तपाई इमेज रोटेट गर्न र आउटपुट साइज स्केल गर्न सक्नुहुन्छ
16.37 अन्तमा, छिटो सम्पादन गर्न filters महत्वपूर्ण हुन्छ
16.43 Enhance मा जाउँ र Sharpen मा जाउँ
16.47 धेरै टूलहरु लागु गरेपछि, उदाहरणको लागि rotating वा transformation tool, perspective tool

वा resizing, इमेज राम्रो हुनेछ

17.02 र sharpening ले तपाई यो पुन गर्न सक्नुहुन्छ
17.08 तपाई लेयरहरु सँग परिचित हुनुपर्छ
17.15 पहिले लेयर दोब्बर गरौँ र उदाहरणको लागि ओभरले मोड र अन्य मोडमा के हुन्छ हेरौं
17.26 त्यहाँ हेर्नुपर्ने धेरै छन्, म तिनीहरुको पछि चर्चा गर्नेछु
17.33 तपाई मैले प्रत्येक पटक लेयर मोड बदल्दा पूर्ण रुपमा भिन्न इमेज पाउनुहुन्छ
17.41 र यदि तपाई इमेजको एक भाग मात्र बदल्न चाहनुहुन्छ भने एउटा लेयर मास्क थप्नुहोस र तपाईले देख्न चाहेको इमेजको खण्डलाई सेतोले भरौं
17.58 र तपाईले देख्न नचाहेको खण्डमा कालो भरौं
18.05 ग्रे आंशिक रुपमा देखिन्छ र पारदर्शी हुन्छ
18.12 मलाई लाग्छ यो ट्युटोरियलको लागि यति नै
18.17 र म तपाईलाई अर्को साता भेट्ने आशा गर्छु,
18.25 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana