LibreOffice-Suite-Math/C2/Using-Greek-characters-Brackets-Steps-to-Solve-Quadratic-Equation/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:57, 26 April 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस म्याथको स्पोकन टुटोरियलमा स्वागत छ
00:04 यो टूटोरियलमा हामीले निम्न विषयहरू हेर्नेछौं
00:08 फर्मुला लेख्न मार्क-अप भाषा र फर्मुला फर्म्याटिंग: फन्ट, एलाइनमेन्ट र स्पेसिंग
00:18 पछिल्लो टुटोरियलमा, हामीले म्याथको लागि मार्कअप भाषाको परिचय दिएका थियौं
00:24 अब मार्कअप भाषाबारे थप सिकौ
00:28 पहिले एउटा राइटर डकुमेन्ट खोलौ र त्यसपछि राइटर भित्र म्याथ एप्लिकेसन कल गरौ
00:35 यदि राइटर पहिले नै खुला छ भने माथिको इन्सर्ट मेनुमा क्लिक गरौ र त्यसपछि अब्जेक्टमा क्लिक गरौ र फर्मुला छानौ
00:46 यदि राइटर खुला छैन भने हामी विन्डोज स्टार्ट मेनुबाट कल गर्न सक्छौ
00:55 एउटा फर्मुला लेख्न एलिमेन्टस् विन्डो प्रयोग गर्नु धेरै सजिलो तरिका हो
01:01 तर फर्मुला लेखनमा सिधै फर्मुला एडिटरमा मार्कअप भाषा लेख्नु एउटा छिटो तरिका हो
01:10 किनभने मार्क अप भाषामा फर्मुलालाई हामीले अंग्रेजीमा जस्तै पढ्न सक्छौ
01:18 उदाहरणको लागि ‘4 into 3’ लेख्न, हामीले फर्मुला एडिटर विन्डोमा ‘4 times 3’ टाइप गर्नुपर्छ
01:28 हामी अर्को उदाहरणमा जानुअघि, यहाँ एउटा खाली लाइन इन्सर्ट गरौ
01:36 खाली मार्कअप ‘newline’ टाइप गर्नुहोस, याद गरौ राइटर ग्रे बक्स क्षेत्रमा एउटा नयाँ लाइन इन्सर्ट भएको छ
01:46 ‘Some more example formulae: newline’ टाइप गरौ
01:52 पठनीय बनाउन हामी एक पटक इन्टर की थिच्छौँ
01:57 र ‘x ग्रेटर द्यान इक्वल टु y’ लेखौं
02:03 यहाँ हामी फर्मुला लाई पनि नम्बर दिन्छौं
02:07 त्यसैले, ‘1. x ग्रेटर द्यान इक्वल टु y new line’ टाइप गरौँ, इन्टर थिचौं
02:18 याद गरौ, राइटर ग्रे बक्स रेफ्रेश भएको छ र सामग्रीहरु बीचमा छन्
02:25 अर्को ‘a को पावर 10’ लेखौ
02:30 र ‘2. 'a' माथि देखाउने एरो 10’ new line’ मार्क अप हो र इन्टर थिचौं
02:42 राइटर ग्रे बक्समा गणितीय चिन्हहरु याद गरौ
02:48 अब ‘16 को स्क्वार रुट बराबर 4’ लेखौ
02:55 ‘3. sqrt कर्ली ब्राकेट भित्र ‘16’, बराबर 4 new line’ टाइप गरौ, इन्टर थिचौं
03:06 राइटर ग्रे बक्समा यो फर्मुला याद गरौ
03:10 ल, अब a1 + a2 + a3 इत्यादि + ‘an’ ‘जनाउन ‘a suffix n’, को लागि एउटा समेसन चिन्ह राखौं
03:28 र मार्कअप हो, ‘4. sum a underscore n new line’, इन्टर थिचौं
03:37 अब एउटा फंक्सन सहितको इंटीग्रल हेरौं, f x d x इंटीग्रल लेख्न, ‘5. int fx dx newline’ मार्क अप हो
03:54 र राइटर क्षेत्रको इंटीग्रल चिन्ह याद गरौ
04:00 अब हाम्रो काम सेभ गरौं, माथिको फाइल मेनुमा जाऊ, सेभमा क्लिक गरौ
04:09 डकुमेन्टको नाम MathExample1 राखौ
04:15 अब हामीले लेखेको फर्मुलाहरूलाई कसरी फर्म्याट गर्ने सिकौ
04:21 याद राखौ, तिनीहरू सबै बीचमा छन् र तिनीहरुको बीचमा धेरै ठाउँ छैन
04:28 हामी विभिन्न फर्म्याट परिवर्तनहरु गर्न माथिको फर्म्याट मेनु प्रयोग गर्न सक्छौ
04:35 पहिले सबै फर्मुलाहरूलाई बायाँ राखौं
04:40 यसको लागि, फर्म्याट मेनुमा क्लिक गरौ र एलाइनमेन्ट छानौ
04:46 नयाँ विन्डोमा Left विकल्प छानौ र ओके बटनमा क्लिक गरौ
04:54 याद गरौ, अब फर्मुलाहरू बायाँतिर रहेका छन्
04:58 हामी फर्म्याट मेनुको ‘Fonts’ छानेर फन्ट स्टाइल परिवर्तन गरौ
05:06 यहाँ विभिन्न वर्गहरू ध्यान दिनुहोस्
05:10 हामी भयारिएबलहरूको लागि फन्टको एक प्रकार, फंक्सनहरूको लागि अर्को प्रकार, नम्बरहरू र टेक्स्टको लागि अर्को प्रकार सेट गर्न सक्छौ
05:23 फन्ट स्टाइल बदल्न Modify बटनमा क्लिक गरौ र क्याटेगोरी Variables छानौ
05:34 सुची बक्समा Arial Black छानौ र ओके बटनमा क्लिक गरौ
05:43 र ओके बटनमा क्लिक गरेर फन्ट सेभ गरौ
05:50 ध्यान दिनुहोस, अब राइटर ग्रे बक्समा फन्ट परिवर्तन हुन्छ
05:56 फर्मुलाको फन्ट साइज बढाउन, फर्म्याट मेनुमा जाउँ र फन्ट साइजमा क्लिक गरौ
06:06 Base साइजलाई ‘18 point’ मा बढाउँ, ओकेमा क्लिक गरौ
06:16 हामी अन्य वर्गहरू जस्तै टेक्स्ट वा इन्डेक्स वा अपरेटरहरुको सम्बन्धित साइजहरु परिवर्तन गर्न सक्छौ
06:25 हामीले गरेको फन्ट साइज परिवर्तनहरु अंडू गर्न डिफल्ट बटन पनि प्रयोग गर्न सक्छौं
06:32 ध्यान दिनुहोस, फर्मुलामा फन्ट साइज परिवर्तन हुन्छ
06:37 अर्को, फर्मुलाको स्पेसिंगमा परिवर्तन गरौं
06:42 फर्म्याट मेनुमा क्लिक गरौ र स्पेसिंग छानौ
06:48 स्पेसिंग, लाइन स्पेसिंग र रुट स्पेसिंगलाई २० प्रतिशतसम्म परिवर्तन गरौ
06:56 हामीले प्रत्येक स्पेसिंग टाइपमा क्लिक गर्दा, बीचमा भएको इमेजले स्पेसिंग टाइपको स्थान देखाउँछ
07:05 हामी विभिन्न वर्गहरूबाट स्पेसिंग टाइप छान्न सक्छौं, यसो गर्न, Category बटनमा क्लिक गरौं
07:16 वा हामीले गरेको परिवर्तनहरू अंडू गर्न डिफल्ट बटन प्रयोग गरौ
07:22 अब ओके बटनमा क्लिक गरौ
07:25 र ध्यान दिनुहोस, राइटर ग्रे बक्समा स्पेसिंग परिवर्तन हुन्छ
07:30 थप फर्म्याटिंग एलिमेंट्स विन्डोमा उपलब्ध छ
07:35 भ्यु मेनुबाट एलिमेंट्स विन्डो ल्याउँ
07:40 यहाँ वर्गहरूको दोश्रो पंक्तिको अन्तिम आइकनमा क्लिक गरौं
07:47 यहाँ टूलटिपले ‘Formats’ भन्छ
07:51 यहाँ हामी सबस्क्रिप्ट र सुपरस्क्रिप्ट, एलाइनमेन्ट, म्याट्रिक्स, न्यू लाइन र ग्यापको स्थान छान्न सक्छौं
08:03 नम्बर 5 पछि पाँचौं उदाहरणमा एउटा लामो ग्याप राखौं, ‘5’ पछि क्लिक गरौ
08:13 त्यसपछि एलिमेन्टस् विन्डोबाट Formats> Long Gap मा क्लिक गरौ
08:20 लामो ग्यापको लागि मार्क अप ‘tilde’ क्यारेक्टर हो, र छोटो ग्यापको लागि यो ‘Tiray’ क्यारेक्टर हो
08:29 नम्बर 5 पछिको नयाँ ग्याप याद गरौँ
08:33 त्यसैले यी तरिकाहरुले हामी हाम्रो फर्मुला फर्म्याट गर्न सक्छौं
08:38 म्याथमा उपलब्ध सबै फर्म्याटिंग विकल्पहरूको बारेमा खोज गरौँ
08:44 ल, यहाँ तपाईको लागि एक कार्य छ
08:47 राइटर विन्डोमा मार्क अप प्रयोग गरेर निम्न फर्मुलाहरू लेखौ
08:53 आवश्यक परेमा एलिमेंट्स विन्डो प्रयोग गर्नुहोस
08:57 समेसन x को पावर 2
09:02 sin x को पावर 2 प्लस cos x को पावर 2 बराबर 1 (एलिमेंट्स विन्डोमा रहेको फंक्संस क्याटेगोरी प्रयोग गर्नुहोस्)
09:15 अघिल्लो स्लाइड देखि जारी समेसन x, 1 देखि n सम्म लेखौ
09:23 (समेसनको सिमा तोक्न Operators क्याटेगोरी प्रयोग गरौँ)
09:29 फन्टलाई Arial मा बदलौं र साइजलाई १८ मा बदलौं
09:35 र चिन्हहरु बीच बढि स्पेसिंग दिनुहोस्
09:40 यसले हामीलाई यो लिब्रे अफिस म्याथको मार्कअप ल्याङ्ग्वेज र फर्मुला फर्म्याटिंग ट्युटोरियलको अन्त्यमा ल्याउछ
09:49 संक्षेपमा, हामीले निम्न विषयहरू सिक्यौं
09:52 फर्मुला लेख्न मार्कअप भाषा र फर्मुला फर्म्याटिंग: फन्ट, एलाइनमेन्ट र स्पेसिंग
10:01 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो

यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ

10:14 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
10:19 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:23 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble