LibreOffice-Suite-Math/C2/Introduction/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:02 | लिब्रे अफिस म्याथको स्पोकन टिउटोरियलमा स्वागत छ |
00:06 | यो टिउटोरियलमा हामी लिब्रे अफिस म्याथको परिचय र फर्मुला एडिटरको बारेमा सिक्नेछौं |
00:12 | हामीले निम्न विषयहरू बारे सिक्नेछौं |
00:15 | लिब्रे अफिस म्याथ के हो ? |
00:18 | म्याथ प्रयोग गर्नलाई सिस्टमका आवश्यकताहरु, फर्मुला एडिटर प्रयोग गर्न |
00:23 | एउटा सरल फर्मुला लेख्न |
00:26 | लिब्रे अफिस म्याथ के हो ? |
00:29 | लिब्रे अफिस म्याथ गणितीय सुत्रहरु सिर्जना गर्न र सम्पादन गर्न बनाएको एउटा सफ्टवेयर एप्लिकेसन हो |
00:38 | यो लिब्रे अफिस सूट भित्र रहेको हुन्छ, त्यसैले यो खुला स्रोत हो र निशुल्क वितरण हुन्छ |
00:47 | म्याथ उपयोग गरी रचना गरिएका सुत्र र समीकरणहरु एक्लै रहन सक्छन |
00:53 | अथवा यिनीहरु लिब्रे अफिस सुइटको अन्य डकुमेन्टमा प्रयोग गर्न सकिन्छ |
00:58 | फर्मुलालाई राइटर वा क्याल्कमा राख्न सकिन्छ |
01:05 | फर्मुलाको केहि उदाहरणहरू फ्र्याक्सन, इन्टीग्रल, इक्वेसन र म्याटरिक्सहरु हुन् |
01:13 | म्याथ प्रयोग गर्नको लागि सिस्टमका आवश्यकताहरु हेरौ |
01:17 | विन्डोज् को लागि हामीलाई Microsoft Windows 2000 (Service Pack 4 वा माथि), XP, Vista, वा Windows 7 आवश्यक पर्छ |
01:28 | Pentium-compatible PC 256 Mb RAM (512 Mb RAM भए राम्रो); |
01:36 | उबुन्टु लिनक्सको लागि सिस्टमको आवश्यकताहरू: लिनक्स कर्नेल भर्सन 2.6.18 वा माथि; Pentium-compatible PC 512Mb RAM भए राम्रो |
01:51 | सिस्टम आवश्यकताहरुको पूर्ण जानकारीको लागि, लिब्रेअफिस वेबसाइट हेरौ |
01:58 | यदि तपाईले पहिले नै लिब्रे अफिस सुइट इन्स्टल गर्नु भएको छ भने तपाई लिब्रे अफिस सुइटमा म्याथ पाउनु हुनेछ |
02:06 | यदि तपाईले लिब्रे अफिस सूइट इन्स्टल गर्नु भएको छैन भने यसलाई आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ |
02:14 | लिनक्समा तपाई यसलाई सिन्याप्टिक प्याकेज म्यानेजरबाट इन्स्टल गर्न सक्नु हुन्छ |
02:18 | मैले लिब्रेअफिस संस्करण ३.३.३ इन्स्टल गरेकी छु |
02:24 | ल, सुरु गरौँ र म्याथ एप्लिकेसन खोलौ |
02:28 | विन्डोज् को स्टार्ट मेनुमा जाउँ, All Programs>> LibreOffice Suite>> LibreOffice Math मा क्लिक गरौ |
02:39 | अथवा हामीले लिब्रे अफिस राइटर डकुमेन्ट भित्रबाट खोल्न सक्छौ |
02:46 | एउटा नयां टेक्स्ट डकुमेन्ट खोल्न लिब्रे राइटरमा क्लिक गरौ |
02:53 | अब राइटर विन्डोमा म्याथ खोलौं |
02:57 | मेन मेनु बार भित्रको इन्सर्ट मेनुमा क्लिक गरौ र त्यसपछि तलतिर भएको अब्जेक्ट र त्यसपछि फर्मुलामा क्लिक गरौ |
03:09 | अब हामी राइटर विन्डोमा तीन क्षेत्रहरु देख्न सक्छौं |
03:14 | पहिलो माथि रहेको राइटरको क्षेत्र हो |
03:18 | यहाँ सानो ग्रे बक्स याद गरौँ |
03:22 | यहाँ हामीले लेखेको समिकरणहरु वा सुत्रहरु गणितीय रुपमा देखिनेछन् |
03:30 | दोस्रो तलको इक्वेसन वा फर्मुला एडिटर क्षेत्र हो |
03:37 | यहाँ हामी गणितीय सुत्रहरु विशेष मार्कअप भाषामा टाईप गर्न सक्छौ |
03:44 | र तेस्रो दायाँ रहेको Elements विंडो हो |
03:50 | यदि तपाईले एलिमेंट्स विंडो देख्नुभएन भने, हामी भ्यु मेनुमा क्लिक गरेर Elements छानी प्रयोग गर्न सक्छौं |
04:01 | यो विन्डोले हामीलाई विभिन्न गणितीय चिन्ह र अभिव्यक्तिहरु देखाउछ |
04:08 | यदि हामीले एक पटक राइटर क्षेत्रको ग्रे बक्स बाहिर क्लिक गर्यौ भने म्याथ विन्डो हराउनेछ |
04:17 | म्याथ फर्मुला एडिटर र एलिमेन्टस् विन्डो पुन ल्याउन ग्रे बक्समा दोहोरो क्लिक गरौ, ल, अब हामी सरल गुणन सुत्र लेखौं, 4 गुणा 3 बराबर 12 |
04:37 | अब एलिमेन्ट विन्डोको माथि चिन्हहरुको वर्ग र तल चिन्हहरु रहेका छन् |
04:46 | एक पटक माथि बायाँ आइकनमा क्लिक गरौ, यहाँ टूल टिपले यूनरी वा बाइनरी अपरेटर्स देखाउँछ |
04:57 | र तल, हामी आधारभूत गणितीय अपरेटरहरु देख्छौं जस्तै जोड, घटाऊ, गुणा र भाग |
05:08 | दोश्रो पंक्तिमा गुणन बुझाउने ‘a गुणा b’ मा क्लिक गरौ |
05:17 | अब फर्मुला एडिटर विन्डो याद गरौ |
05:20 | यसले ‘Times’ शब्दले विभाजित दुई प्लेस होल्डरहरु देखाउँछ |
05:27 | साथै, माथिको राइटर ग्रे बक्स क्षेत्रमा पनि, गुणन चिन्हले दुई वर्गहरु विभाजित भएको याद गरौ |
05:37 | फर्मुला एडिटरको पहिलो प्लेस होल्डरलाई दोहोरो क्लिक गरेर यसलाई हाइलाइट गरौ अनि 4 टाइप गरौ |
05:46 | अर्को दोस्रो प्लेस होल्डरलाई हाइलाइट गरौ र फर्मुला एडिटर विन्डोमा 3 टाइप गरौ |
05:54 | याद गरौ, राइटर ग्रे बक्स स्वतः रिफ्रेश हुन्छ र यसले ‘4 गुणा 3’ देखाउँछ |
06:03 | हामीले माथिको भ्यु मेनुमा पनि क्लिक गर्न सक्छौ र अपडेट छान्न सक्छौं |
06:10 | वा हामी विन्डो रिफ्रेस गर्न कीबोर्ड शर्टकट F9 प्रयोग गर्न सक्छौ |
06:16 | अब, सुत्र पुरा गरौ, यसमा ‘बराबर 12’ थपौ |
06:24 | यसको लागि एलिमेन्टस् विन्डोको वर्गहरूको खण्डको ‘Relations’ नामक दोस्रो आइकनमा क्लिक गरौ |
06:35 | यहाँ विभिन्न सम्बन्धहरु याद गरौ |
06:38 | पहिलो छानौं: ‘a बराबर b’ |
06:44 | र हामी पहिलो प्लेस होल्डर मेट्नेछौँ र दोस्रो प्लेस होल्डरमा 12 टाइप गर्छौ |
06:53 | र त्यहाँ राइटर क्षेत्रमा हाम्रो पहिलो सरल फर्मुला छ, ‘4 गुणा 3 बराबर 12’ |
07:02 | हामीले कसरी सजिलो तरिकाले एलिमेन्टस् विन्डो प्रयोग गरि एउटा सुत्र लेख्ने सिक्यौं |
07:09 | हामी फर्मुला एडिटरमा राइट क्लिक गरि यहाँ चिन्हहरू छानेर पनि एउटा सुत्र लेख्न सक्छौ |
07:19 | कनटेक्स्ट मेनुले एलिमेंट्स विन्डोमा जस्तै सोहि चिन्हको वर्गहरूको देखाउँछ |
07:26 | कुनै पनि वर्ग चयन गर्दा वर्गमा उपलब्ध चिन्हहरू देखाउँछ |
07:33 | एउटा फर्मुला लेख्ने तेस्रो तरिका छ |
07:37 | हामी सिधै फर्मुला एडिटर विन्डोमा फर्मुला लेख्न सक्छौं |
07:42 | यहाँ हामी म्याथ एप्लिकेसनले बुझ्ने एउटा विशेष मार्कअप भाषाको प्रयोग गर्नेछौ |
07:50 | हामी पहिले देखि नै मार्क अप भाषा को एउटा साधारण उदाहरण हेर्यौं |
07:56 | 4 times 3 बराबर 12 |
07:59 | यहाँ times शब्द याद गरौँ |
08:03 | त्यसैगरी 4 भाग 4 बराबर 1 लेख्न, मार्कअप 4 ओभर 4 बराबर 1 हुन्छ |
08:15 | अब हामी अन्तमा छौ, यहाँ तपाई को लागि एक कार्य छ |
08:20 | राइटर विन्डोमा निम्न सुत्रहरु लेखौ |
08:24 | 4 भाग 4 बराबर 1 |
08:29 | तपाइको सुत्र बीचमा एउटा खाली लाइन इन्टर गर्न ‘newline’ मार्कअप प्रयोग गरौ |
08:36 | A Boolean AND b |
08:40 | 4 ग्रेटर द्यान 3 |
08:43 | x लगभग y बराबर छ |
08:47 | र 4 बराबर 3 छैन |
08:51 | यसले हामीलाई यो लिब्रे अफिस म्याथको परिचय र फर्मुला एडिटर ट्युटोरियलको अन्त्यमा ल्याउछ |
08:59 | संक्षेपमा, हामीले निम्न विषय सिक्यौं |
09:03 | लिब्रे अफिस म्याथ के हो? |
09:06 | म्याथको प्रयोग गर्न सिस्टमका आवश्यकताहरु |
09:10 | फर्मुला एडिटर प्रयोग गर्न |
09:12 | एउटा सरल सुत्र लेख्न |
09:16 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:28 | यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ |
09:33 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:39 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यबाद, नमस्कार |