Difference between revisions of "GIMP/C2/An-Image-For-The-Web/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.23 | Meet the GIMP मा स्वागत छ |- | 00.25 |यो ट्युटोरियल मुलत: नोर्…')
 
Line 356: Line 356:
 
|-
 
|-
 
| 11.41
 
| 11.41
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ
+
|स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Revision as of 16:02, 6 May 2014

Time Narration
00.23 Meet the GIMP मा स्वागत छ
00.25 यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.31 GIMP एउटा एकदमै सशक्त इमेज मेनुपुलेसन प्रोग्राम हो
00.35 यो पहिलो टुटोरियलमा म तपाइलाई GIMP र यसको बिशेषताहरुको सानो यात्रा गराउने छु
00.39 म कसरी एउटा वेबको लागि इमेज तयार पार्ने छोटो जानकारी दिनेछु
00.43 बिस्तृत रुपमा म पछिका टुटोरियलहरुमा वर्णन गर्नेछु
00.48 एउटा इमेज खोल्न, म इमेज तानेर टूल बक्समा छोड्छु
00.53 र यो भयो
00.55 यो इमेजमा हेरौं
00.57 म यो इमेज वेबको लागि तयार पार्न चाहन्छु
01.02 म यसमा के गर्न सक्छु हेरौं
01.04 पहिले इमेज ढल्केको हुनाले मैले यसलाई थोरै रोटेट गर्नुपर्छ
01.09 त्यसपछि मैले यो भाग हटाउन म यसलाई क्रप गर्न चाहन्छु – एउटा मान्छेको पछाडी
01.16 मैले गर्न चाहेको तेस्रो कुरो भनेको केहि थप रंगहरु र कनट्रास्ट थप्ने हो
01.22 म इमेज रिसाइज पनि गर्न चाहन्छु किनभने यो लगभग ४००० पिक्सल छ जुन एकदमै धेरै हो
01.31 अनि म यसलाई चहकिलो बनाएर एउटा JPEG इमेजको रुपमा सेभ गर्न चाहन्छु
01.38 रोटेटबाट सुरु गरौ
01.40 म इमेजको सबैभन्दा ढल्केका भागहरुमा जूम गर्नेछु, तपाई यो यहाँ देख्न सक्नुहुन्छ
01.49 तपाई स्पेस थिची खाली कर्सर मात्र सारेर इमेजको वरिपरि घुम्न सक्नुहुन्छ
01.56 र अब म यहाँ क्लिक गरेर रोटेट टूल छान्दैछुँ
02.00 रोटेट टूलमा ग्राफिकल कार्यको लागि सुहाउदा केहि विकल्पहरु छन र तर फोटोग्राफीको कार्यको लागि होइन
02.09 यहाँ Direction लाई Normal(Forward) मा सेट गरिएको छ तर म यसलाई Corrective(Backward) मा सेट गर्छु
02.14 मसँग सबैभन्दा राम्रो Interpolation छ/छैन जाच्नेछु, ल, यो ठिक छ
02.17 र प्रिभ्युमा मैले इमेजको सट्टामा ग्रिड छाने
02.22 म स्लाइडर सारेर ग्रिडको नं बढाउने छुँ, तपाइले यो चाडै देख्नुहुनेछ
02.30 अब म इमेजमा क्लिक गर्नेछु र इमेज माथि एउटा ग्रिड पाउनेछु
02.36 यो ग्रिड सिधा छ
02.38 र म यसलाई घुमाउन सक्छु र GIMP ले त्यहि दिशामा इमेज Corrective मोडमा घुमाउने छ जसले गर्दा ग्रिड पुनः सिधा हुनेछ
02.51 म यो देखाउदै छुँ, म ग्रिड यसरी घुमाउने छुँ
02.56 म पक्का गर्न इमेजको अन्य भाग जाच्नेछु
03.00 मलाई त राम्रो लाग्यो
03.02 अब म रोटेट बटनमा क्लिक गर्नेछु
03.06 इमेज करिब १० मेगापिक्सलको भएकोले यसले केहि समय लिनेछ
03.13 र यो भयो
03.14 इमेज रोटेट भएको छ
03.16 पुरै चित्रमा हेरौं Shift + Ctrl + E ले इमेज फर्काउछ
03.22 अर्को कदम भनेको Cropping हो
03.25 म यहाँ क्लिक गरेर क्रपिंग टूल छान्छु
03.28 म इमेजको aspect ratio 3:2 राख्न चाहन्छु
03.33 त्यसको लागि मैले Fixed Aspect ratio मा यहाँ ठिक गरे र 3:2 टाइप गरे
03.39 त्यो बक्सबाट बाहिर निस्कन क्लिक मात्र गरौ
03.43 अब म क्रपिंग सुरु गर्न सक्छु
03.45 म मान्छेको खुट्टा यहाँ राख्न चाहन्छु तर इमेजको यो भाग हटाउन चाहन्छु
03.52 त्यसैले मैले यहाँ यो बिन्दुबाट सुरु गरें र लेफ्ट माउस बटन थिचेर म क्षेत्र छान्न लेफ्ट तिर माथि जानेछु
04.01 याद गरौँ, aspect ratio एकै छ
04.06 र अब मैले कति पर तान्ने हो निर्णय गर्नुपर्छ
04.12 मलाई लाग्छ यो धेरै राम्रो छ
04.18 अब बोर्डर जाचौं
04.21 हामीले यो भाग हटाएका थियौं, त्यहाँ एकजना मान्छे बसिरहेका छन
04.28 मलाई लाग्छ मान्छेलाई चित्रमा राख्ने ठाउँ छ
04.35 म यसलाई यसै छोड्छु किनकि यो राम्रो देखिएको छ
04.41 त्यहाँ माथि झ्याल छ
04.44 र त्यहाँ झ्यालको रुपमा देख्नको लागि चित्रमा पुग्ने छन
04.50 तर मलाई लाग्छ यहाँ खुट्टानिर पुग्ने ठाउँ छैन
04.54 त्यसैले म यो इमेज क्लिक गर्नेछु र यसलाई केहि तल तान्नेछुँ
04.58 यो अहिले राम्रो भएजस्तो लाग्छ
05.01 तर यहाँ पुग्दो झ्याल देखिएको छैन र यहाँ बसेको मान्छे बोर्डर नजिक भयो
05.08 त्यसैले इमेजलाई केहि ठुलो पारौं
05.11 हामी यहाँ एउटा समस्यामा जादैछौं, सायद तपाई यो देख्न सक्नुहुन्छ
05.18 यो रोटेसनको क्रममा भयो
05.21 यहाँ एउटा सानो भाग छ जुन पारदर्शी छ
05.25 म यसलाई राख्न चाहन्न
05.33 त्यसैले क्रप टूलमा फर्कौं
05.35 म यहाँ केहि ठुलो ठाउँ चाहन्छु; त्यसैले म यसलाई माथि सार्दैछुँ
05.38 त्यति माथि पनि होइन
05.40 मलाई लाग्छ यो धेरै राम्रो छ
05.44 अब इमेजमा क्लिक मात्र गरौँ र यहाँ हामीले इमेज क्रप र रोटेट गरेका छौं
05.50 Shift + Ctrl + E ले फुल भ्युमा फर्काउनेछ
05.56 अर्को कदम भनेको कलर र कनट्रास्ट अलि सुधार्ने हो
06.02 यहाँ बिभिन्न तरिकाहरु रहेका छन, म यहाँ कलर लेभल देख्न सक्छु – यहाँ छ कर्भ वा केहि स्लाइडर
06.11 तर म यो लेयर सहित गर्ने प्रयास गर्नेछु
06.18 म यसको एउटा कपि यहाँ बनाउनेछुँ
06.23 अनि लेयर मोडलाई Overlay मा बदल्ने छुँ
06.30 र तपाई देख्न सक्नुहुन्छ यसको असर एकदमै प्रभाबकारी छ, म यो यति धेरै चाहन्न
06.36 त्यसैले म opacity स्लाइडर एउटा मानमा झार्नेछु, जहाँ मलाई राम्रो लाग्नेछ
06.42 सायद केहि बढि
06.46 ल, मलाई लाग्छ यो सुहाउदो छ
06.50 म यसलाई जहिले पनि बदल्न सक्छु जबसम्म मैले यहाँ राइट क्लिक गरेर च्यानललिस्ट मा जान्छु र

मानौ 'Flatten image' वा 'Merge visible layers' छान्छु

07.01 अनि सबै बदलावहरु स्थायी हुनेछन
07.03 यदि मैले यहाँ History मा गएर हिस्ट्री अंडू गरे भने मात्रै हो
07.10 तर यो हामी पछि हेर्नेछौं
07.13 अर्को कदमResizing हो
07.16 म मेनुमा क्लिक गर्नेछुँ र Scale Image अप्सन छान्नेछु
07.27 यहाँ 800 पिक्सलमात्र टाइप गर्नेछु
07.32 र म उचाईको मान स्वत पाउनेछु
07.36 जब मैले यो लिंक यहाँ अनलक गर्छु, म इमेजलाई रिसाइज गर्दा फेरबदल गर्न सक्दिन
07.44 Interpolation
07.45 म Cubic छान्ने छुँ, मैले यहाँको सबैभन्दा उच्चतम लेयर राख्दा इँटाको भवनमा केहि कलात्मक इफेक्ट पाएँ
08.02 अब, स्केलमा क्लिक गरौँ
08.04 र हामी नतिजा हेर्नेछौं
08.08 Shift + Ctrl + E ले पुरै इमेज दिनेछ
08.13 र जब मैले 1 थिच्छु, मैले शतप्रतिशत जूम पाउनेछु
08.19 अब, हामी इमेजमा केहि साह्रै समस्याजनक वा अल्मल्याउने खराबी छ/छैन हेर्नेछौं, तर मलाई व्यक्तिगत रुपमा यसले राम्रो कम गरे जस्तो लाग्छ
08.32 अर्को कदम Sharpening हो
08.35 मेरो लेन्स राम्रो छ र मेर क्यामेरा पनि, तर हामीले इमेजमा बदलाव ल्याएका छौं, त्यसैले यो केहि निखारिएको छ
08.49 म Filters छान्नेछु
08.53 र Enhance मा क्लिक गरौँ र यहाँ Sharpening छ, म Unsharp मास्क पनि प्रयोग गर्न सक्छु जुन एकदमै शक्तिशाली निखार्ने साधन हो, Sharpening नै पुग्छ
09.06 यो टूलमा मुख्यत एउटा विकल्प छ जुन sharpness slider हो, यसलाई मिलाउन सकिन्छ र यो एउटा इमेजको लागि पर्याप्त छ
09.16 यो unsharpened इमेज हो र म यो स्लाइडर तान्दै छुँ, इमेज थप निखारीदै छ, यदि तपाईले यसलाई धेरै पर तानेमा तपाइले हासउठ्दो इमेज पाउनुहुनेछ
09.31 मलाई लाग्छ यो इमेजको लागि यो मान राम्रो छ
09.38 कपाल अहिले अझ सफा देखिन्छ तर यहाँ तपाई केहि विकृत र मिश्रण देख्नुहुनेछ
09.46 त्यसैले हामी यसलाई तल स्लाइड गर्नेछौं र यो राम्रो छ
09.52 म इमेजमा विकृति र मिश्रण भन्दा पनि केहि हल्का इफेक्ट चाहन्छु
10.00 यी तपाइले इमेज हेरफेर गरेको प्रमाण हो
10.06 त्यसैले नतिजा हेरौं
10.09 यो साह्रै राम्रो देखिन्छ
10.11 र अब अन्तिम कदम भनेको यो इमेज सेभ गर्ने हो
10.15 म File मा जानेछु र Save As क्लिक गर्नेछु र मूल फाइल एक्सटेन्सन ‘tif’ बाट ‘jpg’ मा बदल्ने छुँ
10.29 र सेभ बटनमा क्लिक गरौँ
10.32 मैले एउटा चेतावनी पाएँ जसले JPEG can't handle images with multiple layers भन्छ, Ok गरौँ, ल हामीले तिनीहरु एक्पोर्ट गरेका छौं
10.44 मलाई लाग्छ, 85% यो इमेजको लागि एउटा राम्रो स्ट्याण्डर्ड मान हो
10.53 त्यसैले मैले यो इमेज JPEG को रुपमा यहाँ सेभ गरेकी छुँ
11.01 तपाई यो फुलस्क्रिनमा देख्न सक्नुहुन्छ
11.04 ल यो भयो Meet the GIMP को पहिलो टुटोरियल, पछिका टुटोरियलहरुमा हामी कसरी GIMP सेट गर्ने, कसरी कोर्ने, बदल्ने आदि र टूल्स र अन्य धेरै हेर्नेछौं
11.17 यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला
11.25 थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
11.31 म तपाइको प्रतिक्रियाको स्वागत गर्नेछु, तपाईलाई के मन पर्यो , के मा राम्रो गर्न सकिन्छ र तपाई भबिष्यमा के देख्न चाहनुहुन्छ भन्नुहोला
11.41 स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana