LibreOffice-Suite-Base/C2/Tables-and-Relationships/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो ट्युटोरियलमा, हामीले लिब्रे अफिस बेसको टेबलहरू र यसका सम्बन्धहरु जान्नेछौं
00:10 यहाँ,हामीले टेबलमा डाटा थप्न सिक्नेछौ
00:16 सम्बन्धहरू परिभाषित गर्न र बनाउन
00:19 अघिल्लो लिब्रे अफिस बेस ट्युटोरियलमा हामीले बेस, डाटाबेसको मूल आधारहरूको परिचय र कसरी एउटा डाटाबेस र एउटा टेबल बनाउने सिक्यौं
00:31 ट्युटोरियलको क्रममा,हामीले लाइब्रेरी नामक डाटाबेसको एउटा उदहारण संगै एउटा बुक्स नामक टेबल पनि बनायौं
00:42 यो ट्युटोरियलमा हामीले लाइब्रेरी डाटाबेसबाट सुरु गर्छौ र कसरी टेबलमा डाटा थप्ने सिक्नेछौं
00:51 यसको लागि लिब्रे अफिस बेस प्रोग्राम खोलौ
00:57 तल्लो बायाँ स्क्रीनको स्टार्ट बटन क्लिक गरौ
01:03 All programs मा क्लिक गरौ त्यसपछि लिब्रे अफिस सुइट र लिब्रे अफिस बेसमा क्लिक गरौ
01:12 हामीले पहिले नै अन्तिम ट्युटोरियलमा लाइब्रेरी डाटाबेस बनाएकोले अहिले हामी मात्र खोल्ने छौ
01:21 यसो गर्न 'open an existing database file' विकल्पमा क्लिक गरौ
01:28 'Recently Used' ड्रप डाउन बक्समा हाम्रो लाइब्रेरी डाटाबेस देखिनुपर्छ
01:35 त्यसैले अब फिनिश बटनमा क्लिक गरौ
01:38 यदि तपाईले देख्नु भएन भने हामीले लाइब्रेरी डाटाबेस सेभ गरेको Windows डिरेक्टरी मा जान स्क्रीन बीचको ओपन बटनमा क्लिक गरौ
01:50 एकपटक भेटेपछि, फाईलनेममा क्लिक गरौ र ओपन बटनमा क्लिक गरौ
01:57 अब यदि लिब्रेअफिस प्रोग्राम पहिला नै खोलेको छौ भने, हामीले यहाँबाट लाइब्रेरी डाटाबेस खोल्न सक्छौं
02:07 माथिल्लो फाईल मेनुमा क्लिक गरौँ र त्यसपछि ओपनमा क्लिक गरौँ
02:14 हामीले लाइब्रेरी डाटाबेस फाईल सेभ भएको विन्डो डिरेक्टरीमा जानुपर्छ
02:21 फाइलको Library.odb मा क्लिक गरौ र तलको ओपन बटनमा क्लिक गरौ
02:31 अब हामी लाइब्रेरीडाटाबेसमा छौ
02:35 बायाँ प्यानलको डाटाबेस सुचीको टेबल आइकनमा क्लिक गरौ
02:42 याद राखौ दायाँ प्यानलको टेबलहरूको सुचीमा बुक्स टेबल देखिन्छ
02:48 अब बुक्स टेबलमा राइट क्लिक गरौ
02:53 याद राखौ यहाँबाट हामीले विभिन्न विकल्पहरू छान्न सक्छौ
02:58 अब यो टेबलमा डाटा थप्न 'open'मा क्लिक गरौ
03:04 वैकल्पिक रुपमा,हामीले यसलाई खोल्नको लागि टेबल नाममा दुई क्लिक गर्नसक्छौ
03:10 'Books – Library – LibreOffice Base: Table Data View' भन्ने शिर्षकमा एउटा नयाँ विन्डो टाइटलमा खुल्छ
03:20 अब हामीले बुक्स टेबलमा डाटा राखेर सुरु गर्नेछौ
03:31 याद राखौ Bookidमा 'AutoField' छ
03:37 यसको मतलब हामीले इन्सर्ट गरेको हरेक डाटाको पंक्ति, बेसले स्वतः आरोही नम्बरको रुपमा दिन्छ
03:48 अब स्क्रीनमा देखे झैँ एक एक पङ्क्तिहरुको सेलमा डाटा इनपुट गरौ
04:22 त्यसले यहाँ हामीसंग हाम्रो टेबलमा ५ वोटा पंक्तिमा नमुना डाटा छ
04:29 माथिल्लो फाईल मेनुको क्लोजमा क्लिक गरेर विन्डोलाई बन्द गरौ
04:39 यहाँ तपाईको लागि एउटा कार्य छ
04:42 सदस्यहरूको टेबल बनाऊ जसले हरेक सदस्यको जानकारी राख्छ उदाहरणको लागि सदस्यको नाम र फोन नम्बर
04:53 निम्न तीन क्षेत्रहरु समावेश गरौ
04:57 फिल्ड टाइप इन्टिजर सहितको मेम्बर आइडी र यसलाई प्राइमरी की बनाउ
05:06 फिल्ड टाइप टेक्स्ट सहितको नाम
05:10 फिल्ड टाइप टेक्स्ट सहितको फोन
05:15 ल,तपाईले गरिसकेपछि मेम्बर्स टेबल यस्तो देखिन्छ
05:22 यो विन्डोलाई बन्द गरौ
05:25 अब स्क्रीनमा देखाए जस्तै मेम्बर्स टेबलमा ४ ओटा नमुना सदस्य थपौ
05:35 हामी बुक्स टेबलमा गरेको जस्तै गरौँ <१० सेकेन्ड रोकौ>
05:46 भइसकेपछी,यो विन्डोलाई बन्द गरौ
05:50 अब फेरी मुख्य विन्डोमा जाऊ र टेबलहरूको आइकनमा क्लिक गरौ
05:57 र Books Issued भने तेस्रो टेबल बनाऊ
06:04 When done, the Books Issued table will have the following fields: यो भइसकेपछि Books Issued टेबलको निम्न फिल्डहरू हुनेछ
06:09 Field type Integer सहितको Issue Id जुन प्राइमरी कि हुनेछ
06:16 फिल्ड टाइप इन्टिजर सहितको बुक आइडी
06:20 फिल्ड टाइप इन्टिजर सहितको मेम्बर आइडी
06:24 फिल्ड टाइप डेट सहितको Issue Date
06:28 फिल्ड टाइप डेट सहितको Return Date
06:31 फिल्ड टाइप डेट सहितको Actual Return Date
06:35 फिल्ड टाइप Yes/No Boolean सहितको Checked In
06:42 ल,हामीले Books Issued टेबल बनाएका छौ
06:47 र हामीले स्क्रीनमा देखे झैँ अब यसमा निम्न नमुना डाटा थपौ
06:56 यसले अहिले नै पूर्ण रुप नलिए पनि हामीले चाडै नै के भइरहेको बुझ्ने छौ
07:17 अब हामीसंग नमुना डाटा संगै हाम्रो लाइब्रेरी डाटाबेसमा तीनवोटा टेबलहरू छ
07:25 अब डाटाबेसमा सम्बन्धहरु परिभाषित गर्ने बारे सिकौ
07:31 त्यसैले हामी तीन अलग अलग जानकारीको सेटलाई राख्न तीनवोटा टेबलहरू बनाउछौ
07:38 Books, Members र Issue of Books to Members.
07:44 अब हामीले यी तीन टेबलहरूमा अलग पहिचान गर्ने हरेक पुस्तक, हरेक सदस्य र हरेक जारी पुस्तकको कोलम पनि सेट गरौ
07:57 तिनीहरु प्राइमारी कीहरू हुन
08:00 प्राइमरी किको विभिन्न फाईदाहरु मध्येको एक फाइदा यो हो कि यसले टेबलहरूबिच सम्बन्ध स्थापित गर्छ
08:10 तर हामीलाई किन सम्बन्ध चाहिन्छ?
08:13 Books Issued टेबलमा हेरौ, अब हामीले बुक आइडी र Member Id fields हेर्न सक्छौ
08:23 तिनीहरूको Books Issued टेबलमा कुनै पनि मूल्य हुनसक्छ
08:28 तर क्रमशः Books र Members टेबलहरू भएको जस्तै गरी तिनीहरूले सोहि मान जनाउनु पर्छ
08:38 यदि Macbeth बुकको बुकटेबलमा आफ्नो बुक आइडी ३ छ भने
08:45 Books Issued टेबलमा बुक आइडी 3 प्रयोग गरेर हामीले सोहि किताबलाई जनाउन सक्छौ
08:56 त्यसैले यी दुई टेबलहरूलाई स्पष्ट जोड्न हामीले अझ पनि तिनीहरुलाई केहि तरिकाले जोड्न आवश्यक छ
09:05 उदाहरण,तपाईले कसरी 'Macbeth' 2nd जुन २०११ मा रवि कुमारलाई जारी गरिएको भन्ने स्थापित गर्न सक्नुहुन्छ?
09:16 अथवा तपाईले लाइब्रेरीको सदस्यलाई मात्र किताब जारी गरिएको कसरी पक्का गर्नुहुन्छ ?
09:25 यी कुराहरु हामीले सम्बन्धहरू स्थापित गरेर गर्न सक्छौं जसले डाटाहरुलाई एक-आपसमा जोड्न मद्दत गर्छ
09:34 हामीले सहि क्षेत्रहरु जोडेर बेसलाई Books टेबल र Members टेबलको मात्र मान प्रयोग गर्न लगाउनु पर्छ
09:46 हामी यो कसरी गर्ने हेर्नेछौं
09:48 लिब्रे अफिस बेसको मेन विन्डोमा Tools मा क्लिक गरौ र त्यसपछि Relationship मा क्लिक गरौ
09:58 यसले एउटा सानो विन्डो खोल्छ
10:03 यहाँ माथिल्लो टेबल छानौ र एड बटनमा क्लिक गरौ र अन्य दुई टेबलहरूको लागी पनि सोहि प्रक्रिया दोहोराऊ
10:15 विन्डोलाई बन्द गरौ
10:18 अब हामीले तीनवटा टेबलहरु Books, Books Issued र Membersलाई एउटै लाईनमा देख्छौ
10:26 हामी क्लिक गरेर, तानेर र ड्रप गरेर टेबलहरू बिचमा बढि ठाउँ देखाउन सक्छौ
10:35 अब Books टेबलको बुक आइडीमा क्लिक गरौ र यसलाई Books Issued टेबलको बुक आइडीमा तानेर ड्रप गरौ
10:48 Notice a line connecting these two field names. So there, we have set up one relationship! याद राखौ यी दुई फिल्ड नामहरूलाई जोड्ने एउटा लाईन छ त्यसैले हामीले एउटा सम्बन्ध स्थापित गर्यौं
10:57 Member Id को लागि पनि सोहि दोहोराऊ
11:02 मेम्बर्स टेबलको Member Id मा क्लिक गरौँ र यसलाई तानेर Books Issued टेबलमा छोडौं
11:11 तपाईले हेर्न सक्नु हुनेछ हामीले दुईवटा सम्बन्धहरु बनाएका छौ
11:16 र यसरी हामीले सम्बन्धहरु स्थापित गर्यौं
11:20 र हामीले रिलेसनल डाटाबेसको विभिन्न टेबलहरूमा जम्मा भएको अर्थपूर्ण डाटा एकआपसमा जोडेका छौं
11:30 यसले हामीलाई यो लिब्रे अफिसको ट्युटोरियलको अन्त्यमा ल्याएको छ
11:36 संक्षेपमा हेर्दा हामीले यो ट्युटोरियलमा कसरी टेबलमा डाटा थप्ने, सम्बन्धहरू परिभाषित गर्ने र बनाउने सिक्यौं
11:45 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:57 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
12:03 यस सम्बन्धि थप जानकारी तलको लिन्कमा उपलब्ध छ
12:08 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सर्ब-शिक्षाबाट म मन्दिरा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya