LibreOffice-Suite-Base/C2/Create-a-simple-form/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:03 यो टुटोरियलमा, हामी लिब्रे आफिस बेसको सिम्पल फर्म्सको बारेमा हेर्नेछौं
00:09 यहाँ हामी यी कुराहरु सिक्नेछौं
00:12 फर्म के हो?
00:14 विजार्ड प्रयोग गरि कसरी फर्म बनाउने
00:17 हालसम्म हामीले लिब्रे आफिस बेस प्रयोग गरी डाटा भण्डार गर्न डाटाबेस र टेबलहरु बनाउन सिकेका छौ
00:27 तर कसरी हामी डाटालाई डाटा बेसमा इन्ट्री गर्छौं त?
00:33 एउटा तरिका डाटालाई सिधै टेबलहरुको सेलमा टाइप गर्ने हो जुन हामीले अगाडिको टुटोरियलमा गर्यौं
00:42 अर्को तरिकाले डाटालाई राम्ररी र कम गल्तिका साथ इन्ट्री गर्न मद्दत गर्छ
00:49 र त्यो फर्मको प्रयोगले गरिन्छ, फर्म डाटा इन्ट्री र सम्पादनको लागि अग्रभाग वा युजर इन्टरफेस हो
01:00 उदाहरणको लागि, एउटा साधारण फर्मको टेबलमा फिल्डहरु हुन्छन्
01:06 हामीले पहिला बनाएको ट्युटोरियलमा लाइब्रेरी डाटाबेसलाई उदाहरण मानौं
01:15 त्यसैले, बुक्स टेबलको एउटा साधारण फर्ममा फिल्डहरु हुन्छन्
01:21 र यो फर्म, अब हामी बुक टेबलमा डाटा इन्ट्रीको लागि प्रयोग गर्न सक्छौं
01:27 अब, हामी फर्म कसरी बनाउने सिक्छौं
01:33 पहिले हामी लिब्रे अफिस बेस प्रोग्राम खोल्नेछौं
01:38 यदि बेस प्रोग्राम खोलेको छैन भने, हामी तल्लो बायाँको स्टार्ट बटनमा क्लिक गर्नेछौं, अनि All programs मा क्लिक गरौँ, त्यसपछी लिब्रे अफिस सुइट र लिब्रे अफस बेसमा क्लिक गरौ
01:57 अब 'open an existing database file' विकल्पमा क्लिक गरौ
02:04 'Recently Used' ड्रप डाउन बक्समा, हाम्रो लाइब्ररी डाटाबेस देखिनुपर्छ
02:11 अब, यसलाई छानौं र Finish बटनमा क्लिक गरौँ
02:17 यदि लिब्रे अफिस बेस पहिले नै खुलेको छ भने
02:21 हामी लाइब्रेरी डाटाबेस फाइल Library.odb लाई माथि फाईल मेनूको ओपनमा क्लिक गरेर खोल्न सक्छौं
02:36 अथवा, फाइल मेनूको रिसेन्ट डकुमेन्टमा किल्क गरेर Library.odb छानौ
02:48 अब हामी लाइब्रेरी डाटाबेसमा छौ
02:52 बायाँ प्यानलमा रहेको डाटाबेस सुचीको फर्म आइकनमा क्लिक गरौ
03:01 याद गरौँ, नयाँ फर्म बनाउने दुई तरिकाहरु यी हुन्: डिजाइन भ्युमा फर्म बनाउने र विजार्ड प्रयोग गरी फर्म बनाउने
03:12 दोस्रो विकल्पमा क्लिक गरौ: Use Wizard to create form
03:19 अब हामी लिब्रे अफिस राइटर जस्तै एउटा नयाँ विन्डो देख्न सक्छौ
03:26 र यसको माथि हामी 'Form Wizard' नामक पप-अप विन्डो देख्न सक्छौ
03:33 बुक्स टेबलको आधारमा हाम्रो पहिलो फर्म बनाउन यो विजार्डमा जाऊ
03:40 हामीले पार गर्ने बायातिरको आठ चरणहरु याद गरौ
03:46 हामी पहिलो चरणमा छौ जसलाई 'Field Selection' भनिन्छ
03:53 Tables or Queries ड्रप डाउनबाट Tables:Books छानौं
04:03 यसको मुनि, हामी बायातिर उपलब्ध फिल्डहरुको सुची देख्न सक्छौ
04:09 बाया हात तिर हामी फर्ममा भएको फिल्डहरु देख्न सक्छौ
04:14 हामीलाई फर्ममा चाहिएको जति फिल्डहरु मात्र सार्नुपर्नेछ
04:21 अहिलेको लागी, दोहोरो एरो चिन्ह भएको बटनमा क्लिक गरौँ
04:27 याद राखौं, हामीले सबै फिल्डहरुमा बायाँ देखि दायाँ सारेका छौं
04:35 हामीले Blocked फिल्डलाई आफ्नो नम्बरहरु आफै उत्पादन गर्न मिलाएकोले यो हामीलाई फर्ममा चाहिदैन
04:46 त्यसैले, यो फिल्डलाई पुन बायातिर सारौँ
04:51 दाया हाततिरको BookId मा क्लिक गरौ र एउटा 'Less than' चिन्ह भएको बटनमा क्लिक गरौँ
05:02 ल अब अर्को चरणमा जाऊ, तलको Next बटनमा क्लिक गरौ
05:10 दोस्रो चरण, हामी साधारण फर्म बनाउदै गरेको हुनाले, अहिलेको लागि हामी यस चरणलाई छोडछौ र Next बटनमा क्लिक गर्छौ
05:21 हामी अहिले पाँचौं चरण, 'Arrange controls' मा छौ
05:26 पृष्ठभूमिको विन्डो याद गरौ, हामीले बुक्स टेबल सुन्तला रंगको पृष्ठभूमिमा देख्न सक्छौं
05:35 लेबल मुनिको 'Arrangement of the Main form' नामक चार आइकनहरुमा किल्क गरौ
05:44 हामी क्लिक गर्दै जाँदा टाइटल, अथर जस्ता लेबल र टेक्स्ट बक्सहरुको पृष्ठभूमि विन्डो बदलिरहेको देख्नेछौं
05:57 हामी सुरुको व्यवस्थीत 'Columnar – Labels left'लाई प्रयोग गर्छौ र सुरुको आइकन मा क्लिक गर्छौ
06:08 एउटा ठेठ कागजी रुप जस्तै यहाँ लेबलहरु बायातिर र टेक्स्ट बक्सहरु दायातिर छन्
06:17 अब हामी अघि बढ्नलाई Next बटनमा क्लिक गरौ
06:22 हामी 'Set Data Entry' नामक छैठौं चरणमा छौं
06:28 अहिलेकालागी हामी यो चरण छोडछौ, र अर्को चरणमा प्रवेश गर्छौ
06:33 सातौं चरण , 'Apply Styles'
06:36 हामीले सूचीमा भएका रंगहरु क्लिक गर्दा विन्डोको पृष्ठभूमिको रंग बदलेको याद गरौँ
06:45 Ice Blue मा क्लिक गरी यसलाई छानौं
06:50 अब हामी अन्तिम चरणमा जान्छौ
06:53 आठौँ चरण, हाम्रो फर्मलाई एउटा नाम दिउँ
06:59 हामी आफ्नै तरिकाले नामांकरण गर्नसक्छौ
07:03 तर अहिलेको लागि हामी ‘Name of the form’ मुनिको टेक्स्ट बक्समा एउटा 'Books Data Entry Form' नामक व्याख्यात्मक नाम टाईप गर्छौ
07:16 अब, फर्म बनेपछि हामी कसरी अघि बढ्न सक्छौ?
07:20 पहिले'Work with the form' मा काम गरौँ
07:23 मतलब हामी फर्म प्रयोग गरि डाटा इन्ट्री गर्न सुरु गर्छौ
07:29 फर्म डिजाइन लागि, हामी 'Modify the form' छान्न सक्छौं, जुन हामी पछी हेर्नेछौ
07:37 अहिलेको लागि यति नै, त्यसैले तलको फिनिश बटनमा क्लिक गरौँ
07:44 हामीले हाम्रो 'Books Data Entry Form' नामक विन्डो टाइटल सहितको पहिलो साधारण फर्म बनाईसकेका छौ
07:54 टेक्स्ट बक्सहरुमा मान भरिएको देखिन्छ, जस्तै 'An autobiography', 'Jawaharlal Nehru' आदि
08:05 यी मानहरु कहाँबाट आए त?
08:08 हामीले बेस ट्युटोरियलको अघिल्लो खण्डमा यी मानहरु सिधैं बुक्स टेबलमा टाइप गरेका थियौं
08:17 अब यो फर्म डाटा इन्ट्रीको लागि तयार छ
08:22 हरेक मानबारे बुझ्नको लागि ट्याब की थिचौं
08:27 फर्मले दोस्रो पुस्तकको जानकारी देखाएको छ र अब टाईटलको नाम ‘Conquest of self' छ
08:37 हामी हरेक बुक को तथ्य जान्न सक्छौ, अथवा Forms Navigation टुलबारको तल दायाँको कालो त्रिकोण आइकनमा क्लिक गरि 'record' कल गर्न सकिन्छ
08:54 यहाँ रेकर्ड नम्बर ५ को ३ देखा पर्दछ
09:01 जब हामी आफ्नो कर्सरलाई यी कालो एरो आइकनतिर लैजान्छौं, बेसले टुल टिप्स देखाउछ
09:09 First Record, Previous Record, Next Record, र Last Record
09:16 हामी यिनीहरुको प्रयोग गरी रेकर्डहरुमा जान सक्छौं
09:22 हामी लिब्रे अफिस बेसको यस सिम्पल फर्म्स, ट्युटोरीयको अन्तयमा आइपुगेका छौ
09:27 संक्षेपमा भन्दा, हामीले फर्म भनेको के हो? यसलाई विजार्ड प्रयोग गरी कसरी बनाईन्छ भन्ने सिक्यौं
09:35 स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:47 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ
09:52 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:56 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ

सर्ब-शिक्षाबाट म मन्दिरा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble