LibreOffice-Suite-Base/C2/Build-a-complex-form-with-form-controls/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन टुटोरियलमा स्वागत छ
00:04 यो Complex Forms टुटोरियलमा, हामी यी कुराहरु सिक्नेछौं
00:08 Complex Form बनाउन र फर्म फेरबदल गर्न
00:13 अघिल्लो टूटोरियलमा, हामीले फर्म प्रयोग गरि डाटा इन्टर गर्न र कसरी लिब्रे अफिस बेस प्रयोग गरि फर्म फेरबदल गर्ने सिक्यौं
00:22 यो टुटोरियलमा, हामी एउटा complex form बनाउन सिक्छौं
00:28 यदि पहिले खोलेको छैन भने लिब्रे अफिस बेसलाई खोलौं
00:44 र Library डाटाबेस खोलौं
00:47 यदि बेस पहिले नै खुलेको छ भने हामी फाइल मेनू भित्रको ओपन क्लिक गरेर Libraryडाटाबेस खोल्न सक्छौं
00:57 वा फाइल मेनू भित्रको Recent Documents क्लिक गर्न सक्छौं
01:03 लाइब्रेरी सदस्यहरुलाई जारी गरिएको पुस्तकहरु ट्रयाक गर्न एउटा नयाँ फर्म बनाउ
01:12 यो फर्म हामी स्क्रिन इमेजमा देखाए जस्तै कसरी बनाउने हेरौं
01:18 लिब्रे अफिस बेसको मेन विन्डोमा जाउँ, र बायाँ प्यानलको डाटाबेस सूचीको फर्म्स आइकनमा क्लिक गरौँ
01:29 र त्यसपछि 'Use Wizard to create form'मा क्लिक गरौँ
01:34 यसले फर्म्स विन्डो खोल्छ र माथि एउटा परिचित विन्डो
01:41 हामीले यो विजार्ड बारे बिस्तृत रुपमा जानकारी पाइसकेको हुनाले, अब हामी यो प्रक्रियालाई शिघ्र अघि बढाउने छौँ
01:49 पहिलो चरण,Field Selection, Tables or queries लेबल मुनिको ड्रप डाउन बक्सबाट 'Tables:BooksIssued' छानौं
02:02 डबल एरो बटन प्रयोग गरेर सबै फिल्डलाई बायाँ देखि दायाँ सारौँ
02:10 Next मा क्लिक गरौँ
02:12 यो दोस्रो चरण हो, तर अहिलेकोलागी हामी यो चरण छोड्ने छौँ, र next बटन मा क्लिक गर्छौं
02:20 अहिले हामी पाँचौं चरणमा छौँ! सुरुको व्यवस्थीत 'Columnar – Labels Left' छानौं र Next बटन मा क्लिक गरौँ
02:30 Next बटनमा क्लिक गरेर छैठो चरण छाडछौँ
02:36 सातौं चरण, Ice blue छानौं, र Next बटनमा क्लिक गरौँ
02:42 आठौँ चरण, फर्मको नाम 'Books Issued to Members' राखौं
02:53 र 'Modify the form'विकल्पमा क्लिक गरौँ
02:57 अब फिनिश बटन मा क्लिक गरौँ
03:00 विजार्ड पप-अप विन्डो गइसकेको याद राखौं र हामी फर्म डिजाइन विन्डोमा हेर्दै छौँ
03:07 अब हामी डाटा इन्ट्री गर्नू अघि केही फेरबदल गर्न गइरहेका छौं
03:15 फर्म मा देखापरेका सबै तत्वहरुलाई समूहबाट निकालौं
03:22 यसो गर्दा, हामी फर्ममा भएका प्रत्येक बस्तुहरुको बिशेषताहरु सजिलैसंग सम्पादन गर्न सक्छौं
03:31 सबै फर्मका तत्वहरुलाई एकैचोटी ungroup गर्नको लागि, हामी सुरुमा सबै फर्म elements सेलेक्ट गर्छौं
03:40 यसो गर्नलाई, सुरुमा फर्म डिजाइन टुलबार खोलौं
03:46 माथिको View मेनुमा क्लिक गरौँ, त्यसपछि टूलबार्स र फर्म डिजाइनमा क्लिक गरौँ
03:56 यो टूलबारमा, बायाँपट्टिको पहिलो माउस पोइन्टर आइकनमा पुन क्लिक गरौँ
04:05 अबबाट हामी यसलाई सेलेक्सन् आइकन भन्नेछौं
04:11 यो form elements क्लिक गरेर र तानेर छान्न प्रयोग गरिन्छ
04:18 अब माथिको बायापट्टि फर्ममा क्लिक गरौँ र डाइगनलबाट तानेर मुनि दायामा राखौं
04:26 अब तपाईहरु सेतो र कालो लाइनहरुले बनेको एउटा आयत देख्नु सक्नुहुन्छ
04:32 सबै फर्महरुको तत्व आयत भित्रै हुनुपर्छ भन्ने याद राखौं
04:38 फर्म तत्वहरुको समूह छान्न हामी बारम्बार यो तरिका अपनाउनेछौं
04:46 अब हामी यी तत्वहरुलाई सानो हरियो बक्सहरुमा घेरिएको देख्छौं
04:53 अब हामीले यहाँ केही गर्यौं भने,क्षेत्र भित्र रहेको तत्वहरुलाई असर पनेर्छ
05:02 अब यहाँ माउस पोइन्टरलाई कुनै लेबलमा सारौँ
05:08 याद गरौँ माउस पोइन्टर लेबलहरु र टेक्स्ट बक्सहरुमा हुने प्लस चिन्ह जस्तै देखिन्छ
05:18 लेबलमा राइट क्लिक गरौँ र तलको 'Group' अनि 'Ungroup' क्लिक गरौँ
05:28 अब सबै फर्म तत्वहरुको माथि रहने एउटा हेडिंग टाइप गरौँ
05:35 यसको लागि, form elements लाई तल लगी तिनीहरुलाई फर्म बीचमा राखौं
05:43 सुरुमा डाउन एरो की सात पटक थिचौं
05:50 त्यसपछि राइट एरो की चौध पटक थिचौं
05:57 यसले सबै छानिएका फर्म तत्वहरु फर्मको दायाँ र बीचमा सारेको याद राखौं
06:07 अब हेडिंग टाइप गर्ने ठाउँमा कर्सर ल्याऊ
06:14 यसो गर्नलाई, हामी माथि दायाँ पट्टीको फर्म विन्डो क्षेत्रमा क्लिक गर्छौं
06:21 र इन्टर कि दुईपटक थिचौं,
06:26 त्यसपछि ट्याब की चार पटक थिचौं र 'Form to track Books Issued to Members'टाइप गरौँ
06:38 अब हामीले प्रत्येक लेबलहरु र टेक्स्ट बक्सहरुमा क्लिक गर्यौं भने यी तत्वहरु सेलेक्ट भएको वा रंगिन भएको देख्छौं
06:52 ल अब हामी फर्मको BookId र MemberId लेबलहरुको फेरी नाम दिउँ
07:00 यसो गर्न, BookId लेबलमा दोहोरो क्लिक गरौँ जसले अब परिचित Properties विन्डो खोल्छ
07:12 लेबलमा, Book Title टाइप गरौँ
07:18 अब फर्मको MemberId लेबलमा क्लिक गरौँ
07:25 Properties विन्डो रिफ्रेश भएको याद गरौँ, यहाँ हामी फेरि लेबल मा 'Member Name' टाइप गर्नेछौं
07:34 हामीले ट्याब की थिच्दा फर्ममा नयाँ लेबल बदलिएको याद गरौँ
07:43 अर्को, अब हामी यी तत्वहरुको फन्ट साइजहरु फेरबदल गरौँ
07:49 फेरी सबै तत्वहरु छानौं
07:54 हामी click, drag र drop `प्रक्रिया अपनाउनेछौं
07:59 र अब हामी कुनै लेबलमा दोहोरो क्लिक गर्छौं जसले Properties विन्डो खोल्नेछ
08:08 फन्ट पत्ता लगाउन तल स्क्रोल गरौँ र दायाँपट्टिको स्क्वार बटनमा क्लिक गरौँ
08:18 नयाँ पप-अप विन्डोमा,Bold र size 8 मा क्लिक गरौँ
08:26 र Ok बटनमा क्लिक गरौँ
08:29 अब फर्मको फन्ट Bold र size 8 मा बदलिएको याद गरौँ
08:38 अब हामी सबै form elements लाई विन्डो को बीचमा सार्छौं
08:45 यसकोलागि, हामी सबै elements छान्नेछौँ
08:49 अब हामी form design window को बीचमा गएर कुनै लेबलमा क्लिक गर्छौं र तान्छौँ
09:00 अब हामी फर्म सेभ गर्छौं
09:03 र यो विन्डो बन्द गर्छौं, हाम्रो फर्म अहिले कस्तो देखिएको छ हेर्न
09:10 बेस मेन विन्डोमा गएर फर्मको दायाँ पट्टि 'Books Issued to Members'मा दोहोरो क्लिक गरौँ
09:20 यसले डाटा इन्ट्री प्रयोगको लागि तयार फर्म खोल्छ
09:26 अब हामी यो फर्ममा केहि नमुना डाटा हेर्न सक्छौं
09:31 र, हामी बुक टाइटल र मेम्बर नेममा केही अंकहरु देख्छौं
09:37 जुन Books र Members टेबलको प्राइमरी नम्बरहरु हुन् तर अंक सजिलो छैन
09:46 तपाई कुन वास्तविक नाम र पुस्तकको शिर्षक हेर्न चाहनुहुन्छ
09:50 र, हामी यो कसरी गर्नेछौं?
09:53 एउटा तरिका भनेको List box नामक एउटा फर्म कन्ट्रोल थप्ने हो
09:59 हामी अर्को टूटोरियलमा कसरी एउटा लिस्ट बक्स थप्ने र प्रयोग गर्ने र अन्य फर्म कन्ट्रोलहरु हेर्नेछौं
10:08 यसरी हामी लिब्रे अफिस बेसको Complex Formsट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
10:13 संक्षेपमा हेर्दा, हामी यी बारे सिक्यौं एउटा कम्प्लेक्स फर्म बनाउन र फर्म फेरबदल गर्न
10:20 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ! यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ! यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:40 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सर्ब-शिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागीतको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya