LaTeX-Old-Version/C2/Report-Writing/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 Report Writing using LaTeX ट्युटोरियलमा स्वागत छ
00:06 स्क्रिनको तीन विन्डोहरु याद गरौँ, एडिटरमा सोर्स फाइल छ, म Emacs एडिटर प्रयोग गर्दै छुँ
00:14 टर्मिनलमा म सोर्स फाइल कम्पाइल गर्ने छुँ र एउटा पिडिएफ फाइल सिर्जना हुनेछ, म यो पिडिएफ फाइल पिडिएफ रिडरमा हेर्नेछुँ
00:23 म Mac OS X मा “skim” नामक एउटा पिडिएफ रिडर प्रयोग गर्दैछुँ, यो रिडरले पिडिएफ फाइलको सबैभन्दा नयाँ संस्करण लोड गर्नेछ
00:33 जब तपाई लेटेक प्रयोग गरि आफ्नो डकुमेन्ट सिर्जना गर्नुहुन्छ, तपाईले यी विन्डोहरुलाई नखप्टीने तरिकाले मिलाउनु पर्दैन
00:41 तपाई एउटा भिन्न एडिटर र भिन्न पिडिएफ रिडर पनि प्रयोग गर्न सक्नुहुन्छ
00:48 लिनक्स लगायत सम्पूर्ण युनिक्स सिस्टममा लेटेक प्रयोग गर्ने प्रक्रिया एकै हुन्छ
00:53 यो विन्डोजमा अलि भिन्न हुन सक्छ, तर सम्पूर्ण अपरेटिंग सिस्टममा सोर्स फाइल एकै हुन्छ
01:01 परिणामको रुपमा तपाईको विन्डोजको लेटेक सोर्स फाइलले कुनै परिवर्तन विना युनिक्स लगायत अन्यमा काम गर्ने छ
01:11 यो शृंखलाको पहिलो स्पोकन ट्युटोरियल कम्पाइल गर्ने हो, जसले लेटेकको छोटो परिचय दिन्छ
01:19 यदि तपाईले पहिले नै हेरेको छैन भने तपाई यो हेर्न सक्नुहुन्छ
01:23 म टेक्स्ट साइजमा 12pt र article class प्रयोग गर्दैछुँ
01:30 मैले सेक्सन, सब-सेक्सन र सब-सब-सेक्सनको शिर्षक तोकेको छुँ
01:36 यिनीहरु प्रत्येकको आर्गुमेंट आउटपुटमा सुहाउँदो स्थानमा देखापर्छन्
01:44 यी सेक्सन शिर्षकहरुको भिन्न बिशेषताहरु हेरौं
01:49 सोर्स फाइलमा खाली लाइनहरु भएपनि आउटपुट उहीं रहन्छ
01:55 म यहाँ केहि खाली लाइनहरु थप्ने छुँ
02:00 सेभ र कम्पाइल गरौँ, कुनै भिन्नता छैन
02:08 सोर्स फाइल मूल अवस्थामा राखौं, कम्पाइल गरौँ
02:20 शिर्षकको साइजहरु अनुपातमा र स्वत: सिर्जना गरिएको छ, उदाहरणको लागि सेक्सन शिर्षक सबैभन्दा ठूलो र सब-सब-सेक्सन सबैभन्दा सानो छ
02:32 मैले फन्ट साइज बदल्दा पनि बिशेषता उहीं रहन्छ
02:36 यसलाई 11pt मा बदलौं, सेभ गरौँ र कम्पाइल गरौँ
02:46 सम्पूर्ण रुपमा साइज घटे पनि माथि उल्लेखित शिर्षकका गुणहरु बदलिने छैन
02:52 म फन्ट साइज पुन:12pt मा बदल्ने छुँ
03:03 शिर्षकहरुको थप जानकरी दिने बिशेषता भनेको स्वत: सेक्सन नम्बर सिर्जना गर्ने हो, उदाहरणको लागि म यहाँ अर्को सेक्सन इन्सर्ट गर्छु
03:25 सेभ र कम्पाइल
03:30 म आउटपुटमा ‘inserted section’ नामक एउटा नयाँ सेक्सन सिर्जना गर्ने छुँ, यो सुहाउँदो नम्बर सहित देखापर्ने छ
03:39 सारांशमा स्पेसिंग, साइज र भिन्नता जस्तै शिर्षक गाढा देखाउने आदि लेटेकले स्वत: मिलाउने छ
03:50 म अब कन्टेन्टस टेबल कसरी सिर्जना गर्ने वर्णन गर्ने छुँ, सबैभन्दा पहिले त्यहाँ Report.toc नामक कुनै फाइल नभएको याद गरौँ
04:05 यहाँ यसले ‘no such file or directory’ भन्छ, याद गरौँ report.tec सोर्स फाइल हो
04:12 म यो कमाण्ड यहाँ थप्ने छुँ, table of contents, सेभ र कम्पाइल गरौँ
04:31 मैले यसलाई कम्पाइल गर्दा, आउटपुटमा खाली ‘contents’ मात्र देखापर्ने छ
04:44 अब हामीसंग Report.toc नामक फाइल छ
04:54 सेक्सनको शिर्षकहरु यो toc फाइलमा लेखिएको छ, यो हेरौं
05:05 ल, यसलाई पुन: कम्पाइल गरौँ
05:12 अब सम्पूर्ण शिर्षकहरु पेज नम्बर सहित कन्टेन्टस पेजमा रहन्छन
05:18 यहाँ पेज नम्बर 1 छ; यो टेबल अफ कन्टेन्टसमा देखापर्छ, यो डकुमेन्टमा एउटा मात्र पेज छ
05:23 यो दुई कम्पाइल गर्ने प्रक्रिया शिर्षकको परिवर्तनमा पनि लागु हुन्छ
05:33 यहाँ एउटा नयाँ शिर्षक इन्सर्ट गरौँ, यसलाई ‘modified section’ नाम दिउँ
05:45 यसलाई कम्पाइल गरौँ, तपाई यो यहाँ बदलिएको देख्न सक्नुहुन्छ तर यहाँ अझ सामग्रीहरु बदल्नुपर्छ
05:54 म यसलाई दोस्रो पटक कम्पाइल गरि यो समस्या समाधान गर्नेछुँ, हामी टेबल अफ कन्टेनटसको स्थान पनि बदल्न सक्छौं
06:02 म यसलाई डकुमेन्टको अन्त्यमा सार्ने छुँ, कम्पाइल गरौँ
06:18 अब हामी देख्न सक्छौं कि यो डकुमेन्टको अन्त्यमा आएको छ, अब यसलाई पुन: माथि सारी डकुमेन्टमा फर्काउ
06:38 अब हामी डकुमेन्टको लागि एउटा शिर्षक राख्ने छौं
06:44 म यो यहाँ डकुमेन्ट क्लास पछि गर्ने छुँ,Author
07:03 म यहाँ नयाँ लाइनहरु समाबेस गर्न सक्छु
07:11 मिति, आजको मिति, अनि ‘First created on 13th July 2007’, यसलाई कम्पाइल गरौँ
07:29 त्यहाँ कुनै परिवर्तनहरु छैनन्, यो किनभने मैले लेटेकलाई यो जानकारीले के गर्ने भनेको छैन
07:35 त्यसैले म यहाँ डकुमेन्ट पछि ‘make title’ कमाण्ड थप्ने छुँ
07:45 मैले शिर्षक राख्न चाहेको स्थानमा यो लेखौं
07:50 जुन डकुमेन्टको सुरुमा छ, कम्पाइल गर्दा यो शिर्षक आउटपुटमा देखापर्छ
07:58 हामी यो डकुमेन्टको क्लास article बाट report मा बदल्ने छौं, त्यसैले म यो यहाँ गर्ने छुँ, म यसलाई कम्पाइल गर्ने छुँ
08:14 कम्पाइल गर्दा शिर्षक पुरै पेजमा देखापर्छ, सामग्रीहरु पेज 1 सहित नयाँ पेजमा देखापर्छ, यसको नम्बर 1 छ
08:33 अर्को भाषामा भन्दा शिर्षक पेजको कुनै नम्बर छैन, हामीले सेक्सन शिर्षकमा यसको नम्बर जिरो भएको देख्छौं
08:44 हामीले कुनै च्याप्टर परिभाषित नगरेको हुनाले रिपोर्ट क्लासमा च्यापटर चाहिन्छ जसको डिफल्ट मान जिरो छ
08:52 सब-सब सेक्सन मा जोडिएको कुनै नम्बर छैन
09:01 कन्टेन्टसको जानकारी सहि छैन, यसमा अझ पुरानो नम्बरहरु छन्
09:07 हामी यो समस्या पुन: कम्पाइल गरी समाधान गर्नेछौं, अब हामीसँग नयाँ नम्बरहरु छन्
09:13 हामी यहाँ एउटा नयाँ च्याप्टर सुरु गर्नेछौं
09:25 हामी यसलाई ‘First chapter’ भन्ने छौं, यसलाई दुईपटक कम्पाइल गरौँ, सामग्रीहरु परिवर्तन हुदैनन् तर अन्य कुराह्हरु छुटेका छन्
09:40 कारण भनेको chapter कमाण्ड एउटा नयाँ पेज अनुसार सुरु हुन्छ
09:48 अर्को पेजमा जाउँ र यो पक्का गरौँ
09:52 नयाँ पेजमा ‘chapter’ शब्द हेरौं
09:58 यो यहाँ हेरौं, म यहाँ फर्कन्छु
10:04 म यसलाई कम्पाइल गर्छु, तपाई एकपटक पुन: नयाँ च्याप्टर जानकारी सामग्रीहरुमा देख्न सक्नुहुन्छ
10:14 यदि तपाई एपेन्डिक्सहरु थप्न चाहनुहुन्छ भने ‘appendix’ कमाण्ड इन्सर्ट गरौँ
10:23 Appendix, र म अब एपेन्डिक्समा एउटा नयाँ च्याप्टर सुरु गर्ने छुँ
10:37 ‘First chapter in the appendix’, यसलाई दुईपटक कम्पाइल गरौँ
10:47 तपाई यहाँ पहिलो च्याप्टर देख्न सक्नुहुन्छ
10:51 त्यहाँ जाउँ र यो कस्तो देखिन्छ हेरौं
11:00 Appendix A नयाँ पेजमा सरेको छ
11:05 र तपाई पेज नम्बर 4 भएको देख्न सक्नुहुन्छ
11:10 र यहाँ तपाई यो शब्द ‘appendix’ देख्न सक्नुहुन्छ, एउटा थप च्यापटर थपौं र यसलाई कम्पाइल गरौँ
11:27 तपाई पेज नम्बर 5 भएको देख्न सक्नुहुन्छ, यो एउटा नयाँ पेजमा छ, यसको सुरुमा जाउँ
11:38 यदि मैले यसलाई दोस्रो पटक कम्पाइल गरेमा सामग्री सहि हुनेछ
11:49 यदि हामी रिपोर्ट क्लास पुन: article मा बदल्न चाहन्छौं भने के हुन्छ
11:53 यहाँ जाउँ, यसलाई कम्पाइल गरौँ
12:09 कम्पाइल गर्दा लेटेकले त्यहाँ केहि गलत भएको जनाउँछ
12:19 ल, यसरी लेटेक बन्द हुँदा हामीसँग दुई तरिकाहरु छन्
12:24 पहिलो तरिका भनेको ‘X’ टाइप गरि निस्कने हो
12:32 साधारणतया पिडिएफ फाइलमा सम्पूर्ण अघिल्ला पेजहरु हुन्छन् तर यो अवस्थामा यसले आउटपुटको कुनै पेज नभएको भन्छ
12:40 हामी तुरुन्त सोर्स फाइलमा जान, समस्याहरु परिमार्जन गर्न र अघि बढ्न सक्छौं
12:48 यदि सिकारुले सुरुमा कम्पाइल बारम्बार गरेमा एररहरु पहिचान गर्न सजिलो हुन्छ
12:56 कुनै पनि गल्ति तुरुन्तै पहिल्याउन सकिन्छ, कहिलेकाहीँ जब गल्तिले गर्दा लेटेक रोकिन्छ म त्यसै समयमा त्यहाँ डकुमेन्ट एण्ड गर्नेछुँ
13:06 साथै सम्पूर्ण ओपन एन्भाईरोमेन्टहरु पनि बन्द गरौँ र गल्ति पहिचान र ठिक गर्ने कोसिस गरौँ
13:12 लेटेकमा एण्ड डकुमेन्ट कमाण्ड पछि आएका सामग्रीहरुले कुनै असर नगर्ने हुनाले त्यो भाग बदल्नु पर्दैन
13:20 एकपटक गल्ति ठिक गरेपछि बिचका ‘end document’ कमाण्ड र क्लोज एन्भाईरोमेन्टको कमाण्ड हटाउन सकिन्छ
13:28 जब लेटेकले कुनै गल्ति भेटेर रोकिन्छ, हामी यसलाई छोडी अघि बढ्ने बनाउन पनि सक्छौं
13:44 यो रिटर्न वा इन्टर कि थिची गरिन्छ
13:48 मैले यो भर्खर गरें, अहिले हामीसँग दुई पेजहरु छन्
13:59 पहिलो पेजमा जाउँ, हामीसँग सबै जानकारीहरु छरपस्ट छन्
14:07 हामी यी गल्तिहरु सुधार्न यसो गर्न सक्छौ – गल्ति यो हो कि यसमा यहाँ च्याप्टर छ
14:16 यसलाई हटाउ
14:22 यो कम्पाइल गरौँ, ल, यो पुन: गरौँ, दोस्रो पटक कम्पाइल गरौँ
14:33 यसले प्रतिक्रिया दिन्छ र प्रतिक्रिया जारी राख्छ कि त्यहाँ एउटा च्याप्टर छ र यो टेबल अफ कन्टेन्टस र एपेन्डिक्समा छ
14:47 ल अब यसबाट पनि छुटकारा पाउँ, यसलाई कम्पाइल गरौँ
14:56 ल, अब यो कुनै समस्या विना चल्छ र पुरै डकुमेन्ट एकै पेजमा अट्छ
15:05 र कन्टेन्टसमा भएको जानकारी पनि सहि छ
15:15 सोर्स फाइलमा परिवर्तन गर्नुहोस्, तपाई मुख्य टेक्स्ट, साथै एपेन्डिक्स र रिपोर्ट स्टाइलमा नयाँ सेक्सन, सब-सेक्सन थप्न सक्नुहुन्छ
15:26 यो ट्युटोरियलमा चर्चा गरिएका कमाण्डहरु गरेर हेरौं, तपाईले नजाने सम्म गरिरहनुहोस
15:34 प्रत्येक परिवर्तन पछि तपाईको भर्खरको परिवर्तन कम्पाइल गरि सहि भएको पक्का गर्नुहोस्
15:40 यो नियम बिर्सने धेरै सिकारुहरु धेरै समस्याहरुमा पर्छन्
15:45 कृपया यो याद गरौँ, लेटेक इन्जिनको सवालमा, Emacs मा देखिने सोर्स फाइलको रंग, शिर्षकहरुको साइज आदि महत्वहीन हुन्छन्
15:57 लेटेकमा सोर्स फाइल सहि हुनुपर्छ न कि यो कसरी बनेको हो
16:04 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, सहभागिताको लागि धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछु , नमस्कार

Contributors and Content Editors

Mandira, Nancyvarkey, PoojaMoolya