KiCad/C2/Designing-printed-circuit-board-in-KiCad/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 प्यारा साथीहरु, KiCad मा Designing printed circuit board स्पोकन टुटोरियलमा स्वागत छ
00:07 यो टुटोरियलमा हामी सिक्नेछौं,
00:09 KiCad मा printed circuit board बनाउन
00:12 हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
00:16 साथै यो टुटोरियलको लागि KiCad भर्सन: 2011 हाइफन 05 हाइफन 25
00:25 यो टुटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको ज्ञान आधारभुत रहेको छ
00:30 युजरलाई KiCad मा कसरी सर्किटको खाका डिजाइन गर्ने पनि ज्ञान हुनुपर्छ
00:35 इलेक्ट्रिक रुल जाँच्न,
00:37 नेटलिस्ट जेनेरेसन गर्न,
00:39 फुटप्रिन्टहरु सहितको कम्पोनेन्ट म्यापिंग गर्न
00:43 सान्दर्भिक टुटोरियलको लागि कृपया spoken हाइफन tutorial.org मा हेर्नुहोला
00:50 KiCad सुरु गर्न
00:52 उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो दायाँ कुनामा जाउँ
00:56 पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
01:01 सर्च बारमा KiCad लेखौं र इन्टर थिचौं
01:09 यसले KiCad मुख्य विन्डो खोल्नेछ
01:12 EEschema खोल्न, माथिल्लो प्यानलमा जाउँ र EEschema ट्याबमा क्लिक गरौँ
01:19 एउटा इन्फो डायलग बक्स देखापर्छ, जसले खाका भेट्टाउन नसकेको बताउछ
01:25 OK मा क्लिक गरौँ
01:28 म पहिले नै बनाएको Astable multivibrator प्रयोग गर्नेछौं
01:35 यसो गर्न, म फाइल मेनुमा जानेछुँ, Open मा क्लिक गरौँ
01:42 फाइल सेभ गरिएको फोल्डर छानौं
01:49 project1.sch छानौं र Open क्लिक गरौँ
01:56 म विन्डो रिसाइज गर्नेछुँ
02:00 त्यसैले, म Open मा क्लिक गर्छु
02:06 यसले सर्किटको खाका खोल्नेछ
02:08 म यसलाई माउसको स्क्रोल बटन प्रयोग गरि जूम गर्नेछुँ
02:13 हामीले पहिले नै यो सर्किटको नेटलिस्ट बनाएका छौं
02:16 र कम्पोनेन्टहरुको सम्बन्धित फुटप्रिन्टहरुसंग म्यापिंग पनि भएको छ
02:20 अर्को प्रक्रिया भनेको प्रिन्टेड सर्किट बोर्ड लेआउट बनाउने हो
02:26 यो सुरु गर्न, EEschema विन्डोको माथिल्लो प्यानलको Run PCBnew बटनमा क्लिक गरौँ
02:36 यसले PCBnew विन्डो खोल्नेछ
02:39 एउटा इन्फो डायलग बक्स देखापर्छ जसले project1.brd नभेटेको भन्छ
02:44 यो डायलग बक्स बन्द गर्न OK मा क्लिक गरौँ
02:49 तपाई अब PCBnew विन्डोको टप प्यानलमा Read netlist बटनमा क्लिक गरि नेटलिस्ट इम्पोर्ट गर्न सक्नुहुन्छ
02:57 यहाँ नेटलिस्ट विन्डो खुल्छ
03:01 सबै डिफल्ट सेटिंगलाई जस्ताको तस्तै राखौं
03:03 Browse netlist Files बटनमा क्लिक गरौँ
03:07 यसले Select netlist विन्डो खोल्नेछ
03:13 म राम्रो हेराईको लागि यो विन्डो रिसाइज गर्ने छुँ
03:20 चाहेको फोल्डरबाट project1.net फाइल छानौं र Open मा क्लिक गरौँ
03:27 Read Current Netlist बटनमा क्लिक गरौँ
03:30 यसले project1.cmp not found भन्ने चेतावनी देखाउछ
03:35 OK मा क्लिक गरौँ
03:37 Close बटनमा क्लिक गरि नेटलिस्ट विन्डो बन्द गरौँ
03:42 सबै फुटप्रिन्टहरु इम्पोर्ट भएको र PCBnew विन्डोको माथिल्लो बायाँ कुनामा राखिएको छ
03:49 अब हामीलाई सबै फुटप्रिन्टहरु PCBnew विन्डोको बीचमा राख्नुपर्छ
03:56 यसको लागि PCBnew विन्डोको माथिल्लो प्यानलको Manual and Automatic move and place of modules बटनमा मा क्लिक गरौँ
04:08 अब PCBnew विन्डोको बीचमा एकचोटी क्लिक गरौँ
04:14 Glob Move and Place मा जाउँ अनि Move All Modules मा क्लिक गरौँ
04:22 यसले एउटा Confirmation विन्डो खोल्नेछ, Yes मा क्लिक गरौँ
04:28 म राम्रो हेराईको लागि मेरो माउसको स्क्रोल बटनले जूम गर्नेछु
04:35 तपाई फुटप्रिन्टहरुको टर्मिनल जोड्ने सेतो तार देख्न वा नदेख्न सक्नुहुन्छ
04:39 यदि तपाई तिनीहरुलाई देख्नुहुन्न भने PCBnew विन्डोको बायाँ कुनाको Show or Hide board ratsnest बटनमा क्लिक गरौं
04:51 सेतो तारलाई airwires पनि भनिन्छ
04:55 हामी मोड्युलहरु यसरि मिलाउछौँ कि सबै भन्दा कम संख्यामा airwires एक-अर्कामा काटीउन
05:01 अब IC 555 फुटप्रिन्टमा क्लिक गरौँ
05:07 Footprint अप्संनमा जाउँ र Move मा क्लिक गरौँ
05:12 तपाई फुटप्रिन्टमा कर्सर देख्नुहुनेछ
05:16 हामी कम्पोनेन्ट पृष्ठभूमिमा देखाइएको ग्रिड अनुसार सरेको देख्छौं
05:25 अब, कम्पोनेन्ट आवश्यक ठाउँमा राख्न एक चोटी क्लिक गरौँ, म यसलाई यहाँ राख्न जादैछु
05:33 PCBnew विन्डोको माथिल्लो प्यानलको Grid अप्संस ड्रप डाउन मेनु प्रयोग गरि ग्रिड स्पेसिंग बदल्न सकिन्छ
05:44 अहिलेको लागि हामी डिफल्ट मान Grid 1.270 सँगै अघि बढ्नेछौं
05:53 कम्पोनेन्ट सार्न शर्टकट कि M पनि प्रयोग गर्न सकिन्छ
05:58 उदाहरणको लागि, म तपाईलाई क्यापासिटर सारेर देखाउछु
06:02 क्यापसिटरमा कर्सर पोइन्ट गरौँ
06:05 M थिचौं, मोड्युलमा कर्सर रहनेछ, तपाई यसलाई आवश्यक ठाउँमा सार्न सक्नुहुन्छ
06:14 कम्पोनेन्ट राख्न एकचोटी क्लिक गरौँ
06:17 कम्पोनेन्ट रोटेट गर्न, R थिचौं
06:22 उदाहरणको लागि, म रेजिस्टर रोटेट गर्दैछु, रेजिस्टरमा कर्सर राखौं र R थिचौं
06:29 यसैगरि, तपाई सबै कम्पोनेन्टहरु मिलाउन सक्नुहुन्छ
06:32 मैले पहिले नै airwires सबैभन्दा कम काटिने गरि मिलाएकी छुँ, यो यहाँ देखाईएको छ
06:41 अब हामीले यी airwires लाई वास्तविक ट्रयाकमा बदल्नुपर्छ
06:46 PCBnew विन्डोको दायाँको Layer ट्याबमा Back layer छानिएको छैन भने छानौं, Back layer हरियो रंगले जनाइन्छ
07:01 छानिएकोLayer सानो निलो एरोले देखाउछ
07:06 ट्रयाकहरु बनाउन, PCBnew विन्डोको दायाँपट्टिको Add tracks र vias बटन छानौं
07:17 अब R1को एउटा नोड़मा क्लिक गरौँ
07:22 अनि हामी R2 को नोड़मा दुइपटक क्लिक गर्नेछौं जहाँ सच्च्याउन आवश्यक छ
07:31 यसैगरी हामी Resistor R3 र capacitor C1 बीच अर्को एउटा तार जोड्ने छौं
07:38 R3 को एउटा नोड़मा क्लिक गरौँ
07:41 वाइर को दिशा बदल्न एकचोटी क्लिक गरौँ
07:46 अनि जब तार जोडिनुपर्छ हामी C1 को नोड़मा दोहोरो क्लिक गर्नेछौं
07:51 हरियो बनेको ट्रयाकले प्रिन्टेड सर्किट बोर्डमा बनाएको कपर पाथ जनाउछ
07:59 यसले ट्रयाकको चौडाई पनि बदल्न सकिन्छ
08:02 यो PCBnew विन्डोको मेनुबारको Design Rules मेनु अप्सनमा क्लिक गरि गर्न सकिन्छ
08:10 Design Rules मा क्लिक गरौँ
08:14 तपाइले चौडाई बदल्न चाहनुभएको स्थानमा Design Rules Editor खुल्नेछ
08:19 हामी ट्रयाकको चौडाई 1.5मा बदल्दैछौं, यसो गर्न Track Widthको मानमा दोहोरो क्लिक गरौँ, 1.5 टाइप गरौँ र Enter थिचौं
08:34 ट्रयाक् बनाउन, हामी किबोर्डको X कि पनि प्रयोग गर्नेछौं
08:39 म यो तपाइलाई देखाउदैछु, LED D1को एउटा नोड़मा कर्सर राखौं र Xकि थिचौं
08:48 अनि हामी नोड़ R3 मा दोहोरो क्लिक गर्नेछौं जहाँ तार जोडिनुपर्छ
08:54 तपाई देख्न सक्नुहुन्छ कि ट्रयाक् को चौडाई बढेको छ यसै हामी बोर्डको डिजाइन पूरा गर्छौं
09:03 मैले यहाँ यो बोर्ड डिजाइन गरेर सके
09:08 म सकिएको डिजाइन बोर्ड फाइल खोल्दैछुँ
09:19 हामीले यो डिजाइन पूरा गर्न PCB edges पनि कोर्न पर्छ
09:25 यसको लागि PCBnew विन्डोको लेयर ट्याबमा PCB Edges अप्सन छान्नुपर्छ
09:34 लेआउट एडिटर विन्डोको दायाँ प्यानलमा रहेको Add graphic line or polygon बटनमा क्लिक गरौँ
09:44 अब, यो प्रिन्टेड सर्किट बोर्ड वरिपरी एउटा आयात बनाऊ
09:49 लेआउटको माथि बायाँ क्लिक गरौँ
09:52 कर्सर दायाँतिर तेर्सो सारौँ
09:56 रेखाको दिशा बदल्न एकचोटी क्लिक गरौँ
10:00 कर्सर ठाडो तलतिर सारौँ
10:04 यसैगरी हामी आयत पूरा गर्न सक्छौं
10:11 म यो आयत पूरा गर्दैछु
10:16 लेफ्ट माउस बटन दुई चोटी थिची आयत अन्त्य गरौँ
10:24 अब, File मेनुमा क्लिक गरौँ र Save विकल्पमा क्लिक गरौँ, कृपया ध्यान दिउँ, यो फाइल .brd एक्सटेन्सनमा सेभ भएको छ
10:38 यसले Astable multivibrator सर्किटको बोर्ड लेआउट पूरा गर्छ
10:44 यो टुटोरियलमा हामीले KiCad मा PCBnew प्रयोग गरि प्रिन्टेड सर्किट बोर्ड डिजाइन गर्न सिक्यौं
10:50 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
10:54 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:56 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:00 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
11:03 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
11:06 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
11:10 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:15 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
11:19 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:25 यो मिसन सम्बन्धि थप जानकारी
11:29 स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
11:35 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
11:38 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble