Jmol-Application/C2/Structures-from-Database/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Jmol को Structures from Databases ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामीले सिक्यौं
00:10 PubChem डाटाबेसबाट केमिकल संरचना लोड गर्न र
00:14 GChemPaint मा कोरिएको 2D संरचनालाई Jmol मा 3D मोडलमा बदल्न
00:21 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग Jmol Application को ज्ञान हुनुपर्छ
00:27 यदि छैन भने हाम्रो वेबसाइटको सान्दर्भिक ट्युटोरियलहरु हेर्नुहोस्
00:33 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:35 उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४
00:40 Jmol संस्करण १२.२.२
00:44 Java संस्करण ७
00:46 GChemPaint संस्करण ०.१२.१०
00:51 Mozilla Firefox ब्राउजर २२.०
00:56 मैले एउटा नयाँ Jmol Application विन्डो खोलेको छुँ
01:00 Jmol मा डाटाबेसमा सुचिकृत कम्पाउण्डहरुको संरचना लोड गर्ने सुबिधा छ
01:07 मेनुबारको 'File' मेनुमा एउटा 'Get MOL' विकल्प छ
01:12 यसले केमिकल संरचनाको डाटाबेस 'PubChem' बाट मलिक्युल लोड गर्छ
01:17 यसमा Protein Data Bank बाट प्रोटिन संरचनाहरु लोड गर्न अर्को विकल्प 'Get PDB' पनि छ
01:26 यो सुबिधा बिस्तृत रुपमा अर्को ट्युटोरियलमा वर्णन गरिनेछ
01:31 प्यानलमा केमिकल संरचना लोड गर्न 'Get Mol' मा क्लिक गरौँ
01:36 स्क्रिनमा 'Input' डाइलग बक्स खुल्छ
01:40 डाटाबेसमा सुचिकृत कुनैपनि मलिक्युललाई टेक्स्टबक्समा तलको टाइप गरी लोड गर्न सकिन्छ
01:48 Common name वा IUPAC name
01:51 CAS number
01:54 CID number
01:56 InChi identifier
01:58 SMILES identifier
02:01 कुनै एउटा निश्चित केमिकलको आइडेन्टिफिकेसन नम्बरको जानकारीको लागि कृपया Pubchem डाटाबेस वेबसाइटमा हेर्नुहोस्
02:09 स्क्रिनमा phenol देखाऊ
02:13 त्यसैले Input टेक्स्ट बक्समा 'phenol' टाइप गरौँ
02:16 OK बटनमा क्लिक गरौँ
02:20 प्यानलमा phenol को एउटा मोडल देखाइएको छ
02:24 हामी विभिन्न रेंडरिंग विकल्पहरु प्रयोग गरि phenol को डिस्प्ले परिमार्जन गर्न सक्छौं
02:30 यी विकल्पहरु Menu bar पप-अप मेनु मा सुचिकृत छन्
02:36 हामी phenol को benzene ring मा सब्सटिचुएन्ट्स पनि थप्न सक्छौं
02:41 पहिले मोडलका एटमहरु लेबल गरौँ
02:45 display मेनुमा क्लिक गरौँ र label छानौं, number विकल्पमा क्लिक गरौँ
02:52 अब कार्बन नम्बर 4 मा जोडिएको एउटा हाइड्रोजन नम्बर 10 लाई कार्बन नम्बर 4 एउटा एमिनो ग्रुपले प्रतिस्थापित गरौँ
03:00 modelkit menu खोलौं विकल्पहरुबाट nitrogen छानौं
03:06 हाइड्रोजन नम्बर 10 मा क्लिक गरौँ
03:09 प्यानल मा यो Para-Amino Phenol को एउटा मलिक्युल हो
03:14 हामी डिस्प्ले Sticks display मा बदल्ने छौं
03:18 modelkit मेनुबाट निस्कौं
03:21 पप-अप मेनु खोलौं, तल Style मा स्क्रोल गरौँ र Scheme छानौं र Sticks विकल्पमा क्लिक गरौँ
03:30 प्यानलमा हामीसँग Para-Amino-phenol को मोडल स्टिक्स डिस्प्ले मा छ
03:36 सिर्जना गर्न गाह्रो हुने कम्प्लेक्स संरचनाहरु प्यानलमा सजिलै लोड गर्न सकिन्छ
03:42 उदाहरणको लागि cholesterol
03:45 File मेनुमा क्लिक गरौँ
03:47 Get Mol विकल्पमा क्लिक गरौँ, टेक्स्ट बक्समा टाइप गरौँ, Cholesterol
03:54 OK बटनमा क्लिक गरौँ
03:57 प्यानल मा एउटा Cholesterol को मलिक्युल देखाइएको छ
04:02 हामी मलिक्युलमा double-bondside-chain जस्ता बिशेषताहरु हाइलाइट गर्न सक्छौं
04:08 डबल बन्ड हाइलाइट गर्न, पहिले कार्बन एटमहरुको डबल-बन्डको रंग बदलौं
04:15 टूलबारको 'Select atoms' आइकनमा क्लिक गरौँ
04:19 अनि डबल बन्डमा संलग्न carbon एटमहरु क्लिक गरौँ
04:24 एटमहरुको वरिपरि एउटा पहेँलो ह्यालो देखापर्छ
04:28 पप-अप मेनु खोलौं
04:30 तल Colorमा स्क्रोल गरौँ Atoms छानौं र Orange विकल्पमा क्लिक गरौँ
04:37 अब टूलबारको “Rotate molecule” विकल्पमा क्लिक गरौँ
04:42 cholesterol मोडलको डबल बन्ड अहिले सुन्तला रंगमा छ
04:49 यसैगरी, हामी साइडचेनको कार्बनहरु हाइलाइट गर्न सक्छौं
04:54 Pop-up मेनु प्रयोग गरि रंग बैजनीमा बदलौं
04:59 प्यानल मा हामीसँग महत्वपूर्ण बिशेषताहरु हाईलाइट गरिएको एउटा Cholesterol को मोडल छ
05:06 कार्यको रुपमा,
05:08 Pubchem डाटाबेसबाट caffeine को संरचना लोड गरौँ
05:11 मलिक्युलमा महत्वपूर्ण बिशेषताहरु हाइलाइट गरौँ
05:15 डिस्प्ले लाई wireframe मा परिमार्जन गरौँ
05:19 अब म Jmol' को अर्को एउटा महत्वपूर्ण बिशेषताको चर्चा गर्नेछुँ
05:24 हामी अर्को सफ्टवेयरमा कोरिएका 2D मलिक्युलको संरचनाहरुलाई 3D मोडलमा परिणत गर्न सक्छौं
05:31 यहाँ मसँग प्यानलमा aminoacid Alanine को मोडल छ
05:36 यो मलिक्युलको 2D संरचना GChemPaint नामक सफ्टवेयरमा कोरिएको हो
05:42 संरचना एउटा .mol फाइलको रुपमा सेभ गरिएको थियो
05:46 GchemPaint 2D केमिकल संरचनाहरु कोर्ने एउटा ओपन सोर्स सफ्टवेयर हो
05:51 GChemPaint का ट्युटोरियलहरु तलको लिंकमा उपलब्ध छन्
05:56 संरचनाहरु कोर्न र .mol फर्म्याटमा सेभ गर्न Analysis of Compounds ट्युटोरियल हेर्नुहोस्
06:05 यो Gchempaint डिस्प्ले मा यी 2D चित्रहरु छन्
06:10 Amino acid -Alanine
06:12 Nuclioside -Adenosine न्युक्लिओसाइड एडिनोजिन
06:14 Saccharide -Alpha-D glucopyranose सयकराइड ग्लुकोपाइरानोस
06:19 मैले तिनीहरुलाई मेरो Desktop मा .mol फर्म्याटमा सेभ गरेको छुँ
06:24 पहिले Alanine को 2D संरचना Jmol Application' मा 3D मोडलको रुपमा हेरौं
06:32 त्यसैले म एउटा Jmol ' विन्डो खोल्ने छुँ
06:36 टूलबारको 'Open a file' आइकनमा क्लिक गरौँ
06:40 Desktop फोल्डर छान्ने छुँ र Open मा क्लिक गर्ने छुँ, Alanine.mol फाइल छानौं र Open बटनमा क्लिक गरौँ
06:51 स्क्रिनमा 'Alanine' को एउटा 3D मोडल खुल्छ
06:55 modelkit menu खोलौं र 'fix hydrogens and minimize' विकल्प क्लिक गरौँ
07:03 संरचनामा हाइड्रोजनहरु थपिएका छन् र इनर्जी न्यूनीकरण गरिएको छ
07:08 अन्य कुनै .mol फाइल जस्तै हामी मेनुबार साथै Pop-up मेनु प्रयोग गरी डिस्प्ले बदल्न सक्छौं
07:15 यहाँ Jmol मा Adenosine.mol को 3D मोडल छ
07:19 Jmol' मा यो Alpha-D-glucopyranose.mol ग्लुकोपाइरानोस को एउटा 3D मोडल हो
07:25 संक्षेपमा हेरौं
07:27 यो ट्युटोरियलमा हामीले सिक्यौं
07:32 Pubchem डाटाबेसबाट केमिकल संरचनाहरु लोड गर्न
07:34 PhenolCholesterol को डिस्प्ले परिमार्जन गर्न
07:38 GChemPaint मा कोरिएका 2D संरचनाहरुलाई Jmol मा 3D मोडलमा परिणत गर्न
07:44 Alanine, AdenosineAlpha-D-glucopyranose को 2D संरचनाहरुलाई 3D मोडलमा परिणत गर्न
07:53 यहाँ तपाईको लागि अर्को कार्य छ
07:56 #GChemPaint मा तलको Amino acid हरुको 2D संरचनाहरु कोर्नुहोस्
08:01 Cysteine
08:03 Histidine ,Phenylalanine
08:06 #फाइलहरु .mol को रुपमा मा सेभ गर्नुहोस्
08:09 # फाइलहरु Jmol मा खोल्नुहोस् र डिस्प्ले परिमार्जन गर्नुहोस्
08:12 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस् ttp://spoken-tutorial.org/What_is_a_Spoken_ Tutorial
08:16 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:19 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
08:26 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:29 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:33 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:40 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:45 यसलाई नेशनल मिसन अन एजुकेसन अन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:52 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ [1]
08:57 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya