Drupal/C2/Displaying-Contents-using-Views/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Displaying Contents using Views स्पोकन ट्युटोरियल मा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं:

भ्यूहरू एउटा टिजर सहितको पेज र एउटा साधारण ब्लक भ्यू

00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:

उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ

00:31 पहिले, भ्यू को बारेमा सिकौं

भ्यू एकै प्रकारको सामग्रीहरू प्रदर्शन गर्न प्रयोग गरिन्छ भ्यू विभिन्न फर्म्याटहरूमा देखाउन सकिन्छ जस्तै -

00:43 Table

List Gallery आदि

00:49 यसले क्रम, फिल्टर छान्न सक्छ र सामग्रीहरूलाई हामीले उल्लेख गरेको आधारमा प्रस्तुत गर्छ

भ्यू हरू मूलतः अन्य सफ्टवेयरहरूमा भनिने Reports वा Query Results नै हुन्

01:04 उदाहरणको लागि, हामी लाइब्रेरी गएर लाइब्रेरियन लाई यस्तो कुनै आधारमा किताब मागौं:

सन् १९०५ भन्दा अगाडी प्रकाशित जसको लेखकको थर “M” बाट सुरू हुन्छ

01:19

किताबको पेज १०० वा बढि छ र

  • गाता रातो छ
01:25 त्यस्तो आधारमा किताब मागेमा तपाई समस्यामा पर्न सक्नुहुन्छ, तर ड्रुपलमा भ्यू प्रयोग गरी यो सजिलै गर्न सकिन्छ
01:34 हाम्रो भ्यू हरू सेट गर्न साधारण ५ चरणको प्रक्रिया अपनाउने छौं, भ्यू को कार्यबहाव -

हाम्रो डिस्प्ले छानौं फर्म्याट सेट गरौँ

01:45

फिल्ड हरू पत्ता लगाऊ एउटा फिल्टर लागू गरौँ र परिणामहरू सर्ट गरौँ

01:53 अब हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं
01:58 अब साधारण ड्रुपल साइटमा स्ट्यान्डर्ड भ्यू सृजना गर्न सिकौं
02:04 Structure मा क्लिक गरौँ र Views मा क्लिक गरौं
02:09 ड्रुपल मा धेरै बिल्ट इन् भ्यूहरू रहेका छन्, उदाहरणको लागि - Content View ले एड्मिनिस्ट्रेटर लाई सामग्रीहरू व्यवस्थापन गर्न दिन्छ
02:20 Custom block library, Files, Frontpage, People, Recent comments, Recent content, Taxonomy term, Who’s new Who’s online मा पनि सोहि कुरा लागू हुन्छ
02:37 यी सबै ड्रुपलमा उपलब्ध हुने भ्यू हरू हुन् जुन हामी अपडेट वा एडिट गर्न सक्छौं
02:44 पहिले हामी टिजर हरू सहितको एउटा साधारण पेज सृजना गर्ने छौं, यो हाम्रो Events कन्टेन्ट टाइप को मुख्य पृष्ठ हुने छ
02:54 Add new view क्लिक गरौं र यसलाई "Events Sponsored" नाम दिऊ
03:02 Content of type लाई "All" बाट "Events" मा बदलौं र sorted by मा "Newest first" छानौं
03:11 Create a page क्लिक गरौं अनि Display format लाई "Teaser" को "Unformatted list" नै राखौं
03:20 यो किनभने हामीले पहिले नै हाम्रो Manage display मा Teaser mode सेट गरिसकेका छौं
03:26 Create a menu link हेरौं, अनि Menu ड्रप डाउन भित्रको "Main navigation" छानौं
03:35 यसले हाम्रो साइट मा थपेको सम्पूर्ण इभेन्ट हरू हेर्न सघाउँछ
03:41 Save and edit क्लिक गरौं, अहिले हामीले सूरूमा उल्लेख गरेको स्क्रिन मा पुगेका छौं
03:51 यो स्क्रिनमा एउटा "Unformatted list of teasers " Format को एउटा पेज देखिने छ
03:59 यहाँ हामीलाई कुनैपनि फिल्डहरू चाहिदैन किनभने हामीले हाम्रो टिजर मोड सेट गरेका छौं
04:05 FILTER CRITERIA भनेको Published events हो र SORT CRITERIA घट्दो क्रमको प्रकाशनको मिति हो
04:16 हामी तल स्क्रोल गरी यहाँ एउटा प्रिभ्यु हेर्न सक्छौं
04:21 तपाईलाई यो मन पर्दैन भने यो परिवर्तन गर्न एकदम सजिलो छ, हामी यसको बारेमा अर्को ट्युटोरियलमा चर्चा गर्ने छौं
04:28 अहिलेको लागि, Save मा क्लिक गरौं अनि Back to site क्लिक गरौं
04:35 मेन् मेनुमा हामीसँग Events नामक नयाँ ट्याब छ जसमा हाम्रो सम्पूर्ण इभेन्ट हरूको सूची छ
04:44 यहाँ विभिन्न आकार र साइजका इभेन्ट लोगो हरू छन्
04:50 हामीसँग इभेन्ट वेबसाइट Event Date
04:55 यदि हामी यसलाई बदल्न चाहन्छौं भने इभेन्ट कन्टेन्ट टाइप को हाम्रो टिजर मोड मा यसो गर्न सकिन्छ
05:04 यो सम्पूर्ण हाम्रो इभेन्ट हरूको मुख्य पृष्ठ हो
05:09 ड्रुपल को एउटा मुख्य विशेषता भनेको हाम्रो वेबसाइटको ब्लक क्षेत्र हरू वा साइडबार हरूमा जानकारीहरू राख्न सक्नु हो
05:19 अघिल्लो पटक हामीले एउटा नयाँ Event थपेमा हामी प्रत्येक पेज को साइडबार मा गएर साइडबार अपडेट गर्नुपर्ने हुन्थ्यो
05:31 अहिले,भ्यूहरूले हाम्रो सामग्री स्वत: अपडेट गर्ने छन्
05:36 Structure अनि Views मा क्लिक गरौं
05:41 यहाँ हामी धेरै पटक फर्किन परेकोले स्टारमा क्लिक गरी एउटा सर्टकट थपौं, अब, Add new view मा क्लिक गरौं
05:53 View name मा टाइप गरौं: "Recent Events Added", यो हामीले हालै हाम्रो साइट मा थपेका इभेन्टहरूको सूची हुने छ
06:04 अब, Content of type लाई All बाट Events मा बदलौं
06:09 Create a block छानौं र sorted by मा "Newest First" राखौं
06:18 Block title मा टाइप गरौँ: "Recently Added Events", यो हामीले एउटा भिन्न नाम र शिर्षक राख्न सक्ने देखाउन मात्रै हो
06:28 ड्रुपलले विभिन्न भ्यू का स्टाइल हरू सृजना गर्न दिन्छ, हामी यसलाई 5 Items per block सहितको "Unformatted list" of titles को रूपमै छोड्ने छौं
06:40 Use a pager मा ठीक नगरौं, यसो गरेमा हाम्रो ब्लक को तल– पेज वान अफ थ्री, टु अफ थ्री आदि पेज नम्बर प्राप्त गर्ने छौं
06:53 Save and edit क्लिक गरौं, हाम्रो प्रिभ्यु हेरौं, यसले हालै थपिएका इभेन्टहरूको सूची प्रस्तुत गर्ने छ
07:05 यहाँ, एउटा ब्लक देखिने छ, FORMAT एउटा Unformatted list हो र FIELDS भनेको Title फिल्डहरू हुन्
07:16 FILTER CRITERIA प्रकाशन मितिको घट्दो क्रममा रहेको Published Events हो
07:24 Save क्लिक गरौं, हामीले कुनै ब्लक नराखेको हुनाले अहिले केहि पनि देखिदैन
07:33 Structure Block layout मा क्लिक गरौं, ब्लक लाई पहिलो साइडबार क्षेत्रमा राखौं
07:43 Place block मा क्लिक गरौं, तल स्क्रोल गर्दा हामी Recent Events Added नामक ब्लक देख्न सक्छौं Place block क्लिक गरौं
07:54 हामीले ब्लकहरू को बारेमा विस्तृत रूपमा जानी नसकेकोले अहिले Save क्लिक गर्ने छौं, यो प्रत्येक पेजमा देखापर्ने छ, पछि हामी त्यो एडिट गर्ने छौं
08:06 यो Search पछिको क्रममा देखिने छ, Save blocks क्लिक गरौं
08:13 Back to site क्लिक गरौं र अब हामीसँग प्रत्येक पेज मा हामीले हालै हाम्रो साइट मा थपेका इभेन्टहरू दिने एउटा ब्लक
08:24 यसलाई पुन: कन्फिगर गर्न आवश्यक छैन, हामी यसलाई आफूले चाहेको कुनै पनि स्थानमा राख्न सक्छौं, यो सधै स्वत: अपडेट हुने छ
08:33 यो Events कन्टेन्ट टाइप प्रयोग गरी प्रकाशनको मितिको क्रममा एउटा ब्लक भ्यू को उदाहरण भयो
08:42 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
08:46 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं:

भ्यू हरू टिजर सहितको एउटा पेज र एउटा साधारण ब्लक भ्यू

09:01 यो भिडियोलाई AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बेले संशोधन गरेको हो
09:12 यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्

स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस्

09:29 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन bikas मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको सहयोग रहेको छ
09:42 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira